- Loading...
बेलायतमा मंगलबार काेरोना भाइरसबाट एक हजारभन्दा बढीको मृत्यु
- पुनहिल डट कम
- ४ साल अघि
- ३६३ पटक पढिएको

बेलायतमा केही महिना अघिदेखि शुरु भएको कोरोना भइरसको दोस्रो लहर तथा पछिल्ला केही हप्तामा देखिएको कोरोनाको नयाँ स्वरुपको भाइरसपछि मृत्यु हुनेको संख्यामा कमी आएको छैन ।
यहाँ यो भाइरसबाट मृत्यु हुनेको संख्या करिब सात माहिना पछिकै धेरै देखिन थालेको यहाँको सरकारी तथ्यांकले देखाएको छ ।लायतको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार गएको २४ घन्टामा थप १ हजार ५२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख १३ हजार ८५० जना पुगेको पनि बताइएको छ । यहाँ अहिले पनि संक्रमणको संख्या बढीरहेका समाचारहरु आइरहेका छन् । मृतक तथा कोरोना संक्रमितको संख्या पहिलेका तुलनामा केही कमी देखिएको भए पनि उल्लेखनीय रुपमा कमी आउन भने सकेको छैन ।
यहाँ नयाँ स्वरुपको भाइरसको संक्रमण शुरु भएको केही हप्ता अघिको तुलनामा संक्रमित संख्या कम देखिए पनि उल्लेख्य रुपमा कमी आउन भने सकेको छैन । यहाँका स्वास्थ्य सम्बन्धी अधिकारीहरुले दिएको जानकारी अनुसार गएको २४ घन्टामा १२ हजार ३६४ जना संक्रमित थपिएका छन् ।
यहाँको सरकारी तथ्यांकमा उल्लेख भएअनुसार योसँगै बेलायतमा यो भाइरसबाट संक्रमित हुनेको संख्या ३९ लाख ७२ हजार १४८ जना रहेको छ । यसैगरी बेलायतबाट प्राप्त भएको अर्को एक समाचारमा बेलातमा मंगलबारसम्मको तथ्यांकमा यहाँका १ करोड २० लाखभन्दा बढी नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप दिइएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
