- Loading...
आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस
- पुनहिल डट कम
- ४ साल अघि
- २१९ पटक पढिएको

आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस । हरेक वर्षको २५ नोभेम्वर देखि १० डिसेम्वरसम्म १६ दिनसम्म लैङ्गिक हिंसाका विरुद्ध एैक्यबद्धता जनाउन र जनचेतना कायम राख्न यो दिवस मनाइँदै आइएको छ ।
संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्वर २५ लाई महिला हिंसा विरुद्धको दिवसकारुपमा मनाउने निर्णय गरेको हो । नेपालमा पनि यो दिवस विभिन्न क्रियाकलाप र कार्यक्रमहरुको आयोजना गरी अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस मनाइँदै छ । विभिन्न अध्यनहरु अनुसार संसारभरिका प्रत्येक तिन मध्ये एक महिलाले आफ्नो जीवनकालमा कुनैनकुनै प्रकारको हिंसा भोगेका हुन्छन् र धेरैजसो हिंसा भने उनिहरुका निकट, प्रेमी, विश्वासपात्र या जीवनसाथीबाट भोगेका हुन्छन् भन्ने जनाइएको छ ।
त्यस्तै अर्को अध्यनले संसारभरिका ३५ प्रतिशत महिलाहरुले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको शारीरीक या यौनजन्य हिंसाको शिकार भएका हुन्छन् भन्ने तथ्याङ्कले देखाउँछ । अर्कोतर्फ पुरुषहरुबाट कहिलेकाँही जानअञ्जानमा महिलाको संवेदनामा ठेस पुग्ने महिला हिंसाजन्य कार्यहरु भईरहेको हुन्छ । महिला हिंसाका क्रियाकलापहरु फराकिलो दायरा अन्तर्गत महिलाहरुको स्वीकृती बेगैर उनिहरुलाई असहज र अश्लिल कुरा सुनाउने कार्यहरू यौनजन्य हिंसाभित्र पर्दछ ।
विपरित लिङ्गि प्रति आकर्षित हुनु स्वभाविक हो तर आकर्षणको अर्थ हिंसा हैन । शरीर हैन मन जित्ने कला सिकाउन जरुरी छ अनि नारी पुरुष सँगै हिंड्ने समान समाज आजको आवश्यक्ता हो । नारी पात्र अर्थात महिलाको भूमीका मानव जीवनको विकासक्रममा अभूतपूर्व छ, पूज्य छ । आमाको कोंखबाट शुरुहुने मान्छेको जिन्दगी क्रमशः दिदी-वहिनीको माया, श्रीमतीको साथ, समाजको सह-अस्तित्व हुँदै अगाडी बढ्दछ । अझै पनि दिनँहुजसो पत्रपत्रिका, टिभी या रेडियोका समाचारहरुमा महिलामाथीको हिंसाका खबरहरु तारन्तार आउने गर्दछ । फलाना ठाँउमा दाईजो नल्याएको झोँकमा यसो भयो रे ? बोक्सीको आरोपमा यसो गरियो रे अनि बालिकामाथी जबरजस्ती यसो गरियो भन्ने समाचारहरुले मुटु चिर्दछ । नेपालमात्र नभई संसारका धेरै विकसित देशहरुमा पनि महिला हिंसा र असमानताका ध्वनीहरु सुनिन्छ ।
महिला विरुद्धको हिंसा नितान्त रुपमा मानव अधिकारको हनन हो, हामी सबै यसप्रति सजग रहन जरुरी छ । महिला विरुद्धको हिंसा लैगींक असमानताको उपज पनि हो र यसका विरुद्धमा कानुनहरुले सम्वोधन पनि नगरेका होइनन तथापि यो विकसित संसारमा अझैपनि कुनै न कुनै अवयवकारुपमा महिला हिंसा र लैङ्गिक असमानता कायमै छ ।आजको दिनले महिला विरुद्धको हिंसाका विरुद्ध समग्र विश्व समूदाय भेला भएर एैक्यवद्धता जनाउने गर्दछ ।
इतिहास साक्षी छ कि जुन समूदायमा महिला र पुरुषकाबिचमा समान व्यवहार छ र मिलेर घर व्यवहारमा हातेमालो गरिएको छ भने त्यो परिवार, त्यो समूदाय विकासका पूर्वाधार र जागरणका अभ्यासहरूमा सदैव अगाडि रहने गर्दछ । एउटी आमालाई शिक्षा दिनु सम्पूर्ण परिवारलाईनै शिक्षा दिनु हो भनेर महिला शिक्षा, प्रौढ शिक्षा अनि विभिन्न अनौपचारीक शिक्षा मार्फत् महिलाहरुलाई साक्षर र जागरुक बनाइने कार्यक्रमहरु जनस्तरमा सरकारी र गैरसरकारी माध्यमबाट चलायमान छन् । शान्ति, सुरक्षा र संभावनाकालागि लैङ्गी समानता अपरिहार्य छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
