- Loading...
बाग्लुङ पनि एक हप्ता लकडाउन
- पुनहिल डट कम
- ४ साल अघि
- ४०३ पटक पढिएको

उद्योग वाणिज्य संघको अनुरोध र बाग्लुङ नगरपालिकाको शिफारिसमा जिल्ला प्रशासन कार्यालयले बाग्लुङ नगरपालिकाको बाग्लुङ्ग वजार क्षेत्रमा एक हप्ता लकडाउन घोषणा गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको सर्वदलिया/पक्षिय बैठकले म्याग्दीको बेनी नगरपालिका तथा पर्वतको कुस्मा नगरपालिकाबाट अनुभव सिको गर्दै राती १२ बजेदेखि कात्तिक २४ गतेसम्म बागलुङ नगरपालिकाको मुख्य बजार क्षेत्रमा लकडाउन गरेको छ ।
प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा बसेको सुरक्षा निकाय, राजनीतिक दल, व्यवसायी, जनप्रतिनिधि समेतको बैठकले बन्दाबन्दी गराउन निर्णय गरेको हो । यो बन्दाबन्दीमा अत्यावस्यक बाहेकका सबै पसल, व्यवसाय, शैक्षिक संस्था, सवारी साधन समेत बन्द गराउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका प्रसाशकीय अधिकृत धिरेन्द्रराज पन्तले बताए ।
आइतवार बागलुङ उद्योग बाणिज्य संघले अनुरोध गरेपछि बागलुङ नगरपालिकाले पनि प्रशासनमा बन्दबन्दी गराउन सिफारिस गरेको थियो । सिफारिस अनुसार बानपा वडा नं. १, २, ३ र ४ को क्षेत्रमा लकडाउन लागु हुने छ । लकडाउनको समयमा एम्बुलेन्स, अत्यावस्यक सामाग्री ढुवानी, दूध र फलफूलका सवारीलाई चल्न दिइनेछ ।
त्यस्तै प्रेस पास भएका सवारी र औषधिजन्य बस्तुको ढुवानीपनि चल्नेछन् । बजार क्षेत्रमा अधिकांस पसल बन्द रहनेछन् । दैनिक उपभोग्य बस्तु खरिदकालागि बिहान ७ देखि ९ बजेको समय तोकिएको छ । यो समयमा सबैले सामान खरिद गरिसक्नुपर्नेछ । दशैपछि बागलुङ बजार भित्र व्यवसायी लगायत समुदाय तहमा कोरोना संकमण देखिएपछि लकडाउन गराउनुपर्ने माग बढेको हो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
