- Loading...
वीमको खरिभीरमा ट्याक्टर दुर्घटनाहुँदा एक जनाको मृत्यु
- पुनहिल डट कम
- ४ साल अघि
- १३८ पटक पढिएको

मालिका गाउँपालिका,७ विमको खरिभीरमा ध १ त ५२६ नम्बरको ट्याक्टर सडकदेखी करिव ५ सय मिटर तल खस्दा रघुगंगा गाउँपालिका, ३ मौवाफाँटका सहचालक २३ बर्षिय आशिष खत्रीको उपचारक्रममा मृत्यु भएको छ ।
हिंड्न, वोल्न नसक्ने अवस्थामा उद्धार गरिएका खत्रीलाई अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषणा गरेका थिए । दुर्घटनामा गम्भीर घाईते ट्याक्टर चालक जलजला गाउँपालिका, २ बस्ने प्रविन परियारको बेनी अस्पतालमा उपचार संभव नभएपछि मणीपाल शिक्षण अस्पताल पोखरा पुर्याईएको छ ।
दरवाङबाट गिट्टी लिएर सोही गाउँपालिका, ६ दिच्याममा निर्माणाधिन भगवती आधारभुत विद्यालय भवन तर्फ जाँदै गरेका ट्याक्टर आईतवार राती ११ बजे वस्तीबाहिर एकान्त स्थलमा दुर्घटना समयमै स्थानीय र प्रहरीले खवर नपाउँदा विहान मात्र उद्धारगरी अस्पताल पुर्याएको थियो ।
‘दुर्घटनाको समयमै जानकारी प्रहरी तथा स्थानीय उद्धारकर्तासम्म पुग्न ढिला हुँदा घाईतेको समयमै उपचार हुन समस्या भै मृत्यु हुन सक्छ । घट्नाको अनुसन्धान भैरहेको छ’ जिल्ला प्रहरी प्रमुख किरण कुँवरले बताए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
