FLASH NEWS
  • Loading...

जैविक तरकारी डौंडेबाट मनग्य आम्दानी

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १८७ पटक पढिएको
जैविक तरकारी डौंडेबाट मनग्य आम्दानी

अहिले सहरका प्रायः सवै तरकारी पसलका प्लाष्टिक टनेल र खेतमा विषादी छर्केर उत्पादन गरिएका तरकारीस“गै महंगो मुल्यमा विक्रि भैरहेको अर्गानिक तरकारी हो, डौंडे । खेतवारीका कान्ला र खोल्सामा आफै उम्रने उन्यु प्रजातिको डौंडे (एक प्रकारको निउरो) जैविक र मौषमी तरकारी हो ।
१ हजार ४ सय मिटरदेखी २ हजार मिटर सम्मको उचाईको क्ष्ँेत्रका पानी भएको ठाउ“मा डौंडे उम्रन्छ । तर बेनी, बाग्लुङ र पोखराको तरकारी बजारमा दोवा, हिदी, भर्जुला, कुहुं, झिं, पाखापानी, बेग, दग्नाम, दर्मिजा क्ष्ँेत्रबाट डौंडे तरकारी बजारमा आउने गरेका छ ।
‘गाउ“को खेतवारीका कान्ला र खोल्साहरुमा प्रशस्त पाईने डौंडेलाई गाउ“लेहरुले गै टिपेर ल्याउ“छन । हामीले कृषकबाट किनेको मुल्यमा ढुवानी खर्चबाहेक केजीमा ५ रुपैया“ जोडेर ब्यापारीलाई दिन्छौं तर ब्यापारीले उपभोक्तालाई बढी मुल्य लिन्छन’ अन्नपूर्ण गाउ“पालिका, १ दोवाका स्थानिय सकलक जनक पुनले भने, ‘कृषकले पनि विना लगानीको जंगली तरकारीमा राम्रो पैसा फलेको छ ।’
मध्य असारदेखीमध्य असोजसम्म खेतवारीका कान्ला र खोल्सा, तथा झाडीमा आफै उम्रने डौंडे वेचेर यहा“का धेरै कृषकले मनग्य आम्दानी गर्छन । आफै उम्रने र जस्ले जति सक्यो उत्ति टिप्न पाईने डौंडेको बजार मुल्य भने अचाक्लि महंगो छ । कृषकले गाउ“मा सिजनको सुरुमा ६० रुपैया“ प्रतिकेजी विक्रि गर्दा बजारमा एक सय २० रुपैया“ केजी मुल्य थियो । जंगलमा बढी उपलब्धताले कृषकबाट ४० रुपैया“ प्रति केजी खरिद गरेको डौंडे उपभोक्ताको भान्सामा पुग्दा ९० रुपैया“ तल ओर्लेको छैन ।

‘आफै उम्रने र विना लगानीको डौंडेको ब्यापारमा राम्रो मुल्य छ । कृषकले नै सदरदर केजीमा ५० रुपैया“ मुल्य दैलोमा पाएका छन । मुल्य महंगो भएपनि अर्गानिक उत्पादन तथा मिठो स्वादले गर्दा उपभोक्ताको रोजाईको तरकारी हो’ बेनी नगरपालिका, ८ पिपलचोक स्थित तरकारीका थोक विक्रेता देवेन्द्र सुवेदीले भने, ‘साउनदेखी भदौ पहिलो सातासम्म म एक्लैले १० लाखबढीको डौंडे विक्रि गरें ।’
पहाडी क्ष्ँेत्रमा मुना टिपेर तरकारी÷अचारको रुपमा प्रयोग गरिने उन्यू प्रजातिको निउरोलाई उम्रने सयम, उचाई, रंग र आकारले लुते, माछे, काली निउरो र डौंडे गरी चार प्रकारका हुन्छन । लुते निउरो चैत–वैशाखको सुख्खा बारीको कान्लामा उम्रन्छ । यो निउरो चिल्लो र झुस हु“दैन । वैशाख अन्तिमदेखी जेठसम्म ओसिलो वनजंगलमा पाईने माछे निउरो हो । यो निउरोको मुनाको माथील्लो वेरिएरको भागको दुवैपट्टी कालो भुत्ला टा“सिएको हुन्छ । अचारको रुपमा बढी प्रयोग गरिने माछे निउरो पनि सिजनमा निक्कै विक्रि हुन्छ ।
‘सवैले खेत र खोल्सामा आफै उम्रेको डौंडेको मुल्य महंगो भयो भन्छन । वास्तवमा जुका लाग्ने झाडीमा पसेर सर्प समेत किराले टोक्ने डर मान्दै संकलन गर्यो । फेरै एउटै झाडीबाट भारीका भारी टिप्ने पनि हाईन, खोज्दै दिनभरीमा १२–१५ किलो संकलन गर्यो त्यैपनि महंगो भन्छन’ स्थानीय संकलक गौमति पाईजाले भनिन, ‘वास्तवमा डौंडे÷निउरोको अर्गानिक स्वाद चिन्नेकालागी कृषकले वेच्ने मुल्य धेरै सस्ता हो । तर विचौलिया नभै उपभोक्ताको भान्सामा नपुग्ने रहेछ ।’
त्यस्तै जेठ–असारमा पानी नभएको वारीको कान्लामा पलाउने कालो रङको निउरोलाई कालीनिउरो भनिन्छ । कालनिउरीलाई औषधीको रुपमा पनि लिईन्छ । साउन–भदौमा पानी हुने खेतको कान्ला, खोल्सा तथा झाडीमा प्रशस्त पाईने डौंडेको मुनामा झुस पलाएको हुन्छ । यो आकारले मोटो र वोट अरु निउरो भन्दा अग्लो झाडी हुन्छ । मान्छेले मुना भा“चेर खानामा प्रयोग गरेपनि यो वनस्पतीलाई गाई, भैसी, भेडावाख्राले भने खा“दैनन ।
निउरो तथा डौंडे खानुको फाईदा धेरै छन । पूर्ण जैविक तथा अर्गानिक तरकारी भएकोले विषादी रहित छ । पोषण विदहरुका अनुसार कोलेस्टोर एवं वोसोजन्य पदार्थ नहुने निउरोमा प्रोटिन, कयाल्सियम, भिटामिन ए लगाएत पोषक तत्व पाईन्छ । यो वालबालिका र गर्भवती महिलाकालागी अझ लाभदायक छ ।
नेपाली भान्सामा अर्गानिक तरकारी÷अचारको रुपमा स्वादमा कहलिएको डौंडे÷निउरो टिप्न भने सजिलो हु“दैन । बर्खायामको झरीवालदमा जुकाको टोकाई सहेर खोल्साखाल्सीको झाडिमा पुग्नु पर्छ । सर्पले टोक्न सक्ने र अन्य वन्यजन्तुले आक्रमण गर्न सक्ने जोखिम पनि उत्तिकै हुन्छ ।
निउरो स्वादिलो वनस्पती भएपनि पकाउन भने सीप चाहिन्छ । पकाउने तरिका नमिल्दा यो टर्रो स्वादको वन्छ । निउरोको तरकारी वा अचार जे पकाउ“दा पनि अमिलो भने चाहिन्छ ।
कसरी पकाउने डौंडे÷निउरोको अचार ?
आवश्यक डौंडे वा निउरोलाई आलुस“गै छोपेर वफाउने । केही वेलपछि आलु र डौंडे वा निउरोलाई छाम्दा ल्याच्च भै पाकेपछि निकाल्ने । आलुको वोक्रा फालेर ठाडो पारेर काट्ने । पाकेको आलु र डौंडे÷निउरोमा हरियो खुर्सानी स्वाद अनुसार चिरेर राख्ने । अव भा“गो, तील वा सिलम आदीलाई हल्का भुटेर सिलौटोमा मसिनो गरी पिस्ने वा मिक्सचरमा पिसेर हाल्ने, नुन, वेसार र मसला स्वाद अनुसार मिसाउने । अन्तिममा केही मात्रामा तेल तताई मेथीको दाना केही फुराएर मिसाउने । अन्तिममा चुक अमिलो वा कागती निचोरेर हाल्ने र सवै तिर मरमसला पुग्ने गरी मोल्ने । यो समाचारमा अचार तयार भयो । बजारबाट किनेर ल्याई पकाउने तयारी थाल्नुस ।