- Loading...
रघगंगा गाउँपालिकाको नीति, कार्यक्रम र बजेट स्वीकृत
- पुनहिल डट कम
- ४ साल अघि
- ३१० पटक पढिएको

रघुगंगा गाउँपालिकाको आठौं गाउँसभाले आर्थिक बर्ष ०७७/०७८ कालागी नीति, कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ ।
रघुगंगा गाउँपालिकाको बुधवार सम्पन्न आठौं सभामा अध्यक्ष भववहादुर भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई वाचन लगत्तै निर्णयार्थ प्रस्तुत गर्दा सभाले सर्वसम्मत अनुमोदन गरेको थियो ।
लगत्तै उपाध्यक्ष कमला तिलिजाले प्रस्तुत गरेको ३९ करोड ७४ लाख ३५ हजार २ सय ४० रुपैयाँको बजेट (अनुमानित आयब्यय विवरण) पनी स्वीकृत गरेको हो । जसमध्य चालु तर्फ (प्रशासनीक खर्च) २८ करोड १९ लाख ४५ हजार २ सय ४० र पुँजीगत (विकास तर्फ) आधाभन्दा थोरै अर्थात ११ करोड ५४ लाख ९० हजार विनियोजन गरिएको छ । उपाध्यक्ष तिलिजालाई वाचनमा समस्या भएपछि ‘स्वास्थ्य अवस्था’ ठिक नभएको भन्दै बजेट गाउँसभा सदस्य रिती थजालीले बाचन गरेकी थिईन ।
बजेट बक्तब्यमा कोरोना उपचार तथा रोकथाम कोषमा रु १ करोड बजेट विनियोजन गरिएको छ । स्वास्थ्य क्षेत्रमा रु ५ करोड ७४ हजार बजेट विनियोजन भएको छ । पूर्वाधार तर्फ रु १० करोड ३७ लाख , शिक्षा क्षेत्रतर्फ रु १२ करोड ७३ लाख, कृर्षितर्फ रु १ करोड २ लाख, गरिबी निवारणतर्फ रु १२ लाख, उद्यमशिलता, श्रम तथा रोजगार तर्फ रु ६३ लाख , पर्यटनतर्फ रु १२ लाख, पशुपालनतर्फ रु ५८ लाख , वन, वातावरण तथा विपद् व्यवस्थापन तर्फ रु ६० लाख, शुसासन तथा संस्थागत क्षमता विकासमा रु ९५ लाख बजेट विनियोजन गरेको छ ।
आ व २०७७-०७८ को नीति तथा कार्यक्रम
गंगा गाउँपालिकाको बजेट बक्तब्य २०७७-०७८

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
