FLASH NEWS
  • Loading...

मंगला गाउँपालिकाले आव ०७७/०७८ कालागी ३९ करोड ३३ लाखको बजेट सार्वजनिक

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ८६ पटक पढिएको
मंगला गाउँपालिकाले आव ०७७/०७८ कालागी ३९ करोड ३३ लाखको बजेट सार्वजनिक

मंगला गाउँपालिकाले आगामी आर्थिक बर्ष ०७७/०७८ कालागी ३९ करोड ३३ लाख २५ हजार ५ सय ६० रुपैयाँको आयब्यय अनुमान (बजेट) सार्वजनिक गरेको छ ।
बुधवार बसेको ९ औं गाउँसभामा चालु तर्फचालु तर्फ २१ करोड ३४ लाख ४० हजार र पुँजीगततर्फ १७ करोड आठलाख ८५ हजार पाँचसय ६० रुपैयाँ प्रस्ताव सहित प्रस्तुत गरेको आव ०७७/०७८ को अनुमानित आयब्ययको विवरण सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको बजेट वक्तब्यमा आर्थिक विकासतर्फ ६९ लाख २५ हजार रुपैयाँ र सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ९७ लाख ८० हजार रुपैयाँ बजेट विनियोजन भएको छ ।
प्रस्तुत नीति तथा कार्यक्रममा विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)का कारण रोजगारी गुमाएका विपन्न परिवारलाई लक्षित गरेर स्वास्थ्य शिक्षा सिप विकास तालिमसहित रोजगारी एवं आयआर्जनका लागि एक वडा एक कृषि÷पशु पकेट क्षेत्र निर्धारण कार्यक्रम सञ्चालनमा ल्याइने भएको छ ।
कोभिड–१९ कारण सबै क्षेत्रमा प्रत्यक्ष असर परेको हुँदा मंगलाले आगामी आर्थिक वर्षमा करको दायरा चालु आर्थिक वर्षकै दरलाई यथावत राख्ने नीति तथा कार्यक्रम बनाएको छ । त्यसैगरी भोकमरी अन्त्यका गर्नका लागि गाउँपालिकास्तरीय खाद्य बैंक स्थापना गरी एकद्वार प्रणालीमार्फत खाद्यपदार्थमा पहुँच नपुग्ने नागरिकलाई खाद्य उपलब्धताको सुनिश्चित गरिने छ । पालिकाले आउँदो वर्षमा कृषियोग्य भुमिको अधिकतम प्रयोग गरेर उत्पादन बढाउने तथा सडक नपुगेका गाउँवस्तीमा सडकको सञ्जाल पु¥याइने जस्ता योजनालाई नीति तथा कार्यक्रममा समावेश गरेको जनाएको छ ।
 उपाध्यक्ष  श्री सृजना के.सी. ज्युको अनुपस्थितिमा गापा अध्यक्षय श्री सत प्रसाद रोकाज्यू वाट  पस्तुत बजेट तथा  कायक्रमको पूर्ण अंश : 
सम्मानित गाउ सभाका  सदस्य  ज्यूहरु, प्रमुख प्रशासकिय अधिकृत ज्यु, लगाएत सम्पूर्णलाइ मंगला गाउपालिकाको नवौ गाउ सभामा  बजेट तथा कार्यक्रम प्रस्तुत समाहरोहमा गाउपालिकाकेा बजेट तर्जुमा समितिका संयोजकको अनुपस्थीतिमा गाउपालीकाको अध्यक्षयको तर्फवाट  हार्दिक स्वागत गर्न चाहान्छु  ।
विश्वमा फैलिरहेको कोविड १९को यो महामारीले अर्थतन्त्रलाइ  शिथिल वनाएको छ। यस वाट नेपाल को अर्थीक वृद्धि दर ज्यादै न्युन रहेको सम्मानित सभालाइ अवगतनै छ ।यस्तो विषम परीस्थीतिमा समेत यस मगला गाउपालीकाको विकास निर्माणको कामले पूर्णता पाएकोमा यसमा प्रत्क्षय तथा अप्रतक्षय रुपमा सहयोग र समन्वयन गर्नु  हुने  सवैलाइ धन्यवाद दिन चाहान्छु । कोविड१९ को नियन्त्रण  संक्रमणको न्युनिकरण व्यवस्थापन जस्ता चूनौतिलाइ समेत मध्यनजर गरी शिथिल अर्थ तन्त्रलाइ प्रगतिशिल वनाउनको लागी सिमीत स्रोत र  साधनलाइ अधिकतम प्रयोग गरी वजेट निर्माण गर्ने एतिहासिक यो अवसर जनमत  मार्फत मलाई पाप्त भएकेामा म आफुलाई अतेन्तै भाग्यमानी  ठानेको  छु ।
गाँउ सभा  सदस्य ज्युहरु,
विश्वमा फैलिरहेको कोविड १९को यो महामारीवाट नेपाल पनि अछुतो रहन सकेन यस सकटको  घडीमा कोविड १९ को नियन्त्रण  संक्रमणको न्युनिकरण व्यवस्थापनमा  हामी सवै एक भएर लाग्ने छौ भन्ने प्रण गर्दछू । सिमीत सोंत र साधनलाइ अधिकतम प्रयोगवाट  समृद्ध, समुन्नत र शान्त गाउँपालिका बनाउँन सबै आधारभूत समस्याहरुको एकीकृत रुपमा व्यवस्थापन गरीने छ  । भौगेालिक, प्राकृतिक,  एतिहासिक, सास्कृतिक  एव पर्यटकीय महत्वका दृष्टिले अत्यन्त प्रवल सम्भावना भएको गाउपालिका भएर पनि  भौगोलिक विकटता   प्राकृतिक एवं पर्यटकीय महत्वका दृष्टीले विभिन्न चुनौती विद्यमान हुदाहुदै पनि यस मगला गाउपालीकामा   विकासका लागि हामी  सामु आएका चुनौतीहरुलाइ  अवसरको रुपमा  वदल्ने  प्रयासमा हामी सवै एक भएर लागी रहेकाछौ । विकासको क्रममा पछाडी परेका वर्ग तथा  समुदायलाई विकासको मुल  प्रवाहमा ल्याउन, उत्पादनशील  क्षेत्रमा लगानी अभिबद्धि  गरी  आर्थिक गतिविधिहरुको  माध्यम द्वारा   रोजगारी  विस्तार गर्न,  कृषि क्षेत्रकेा व्यवसायिकिकरण र आधुनिकिकरण गर्न,सुशासन  प्रवर्द्धन गरी सेवा प्रवाहमा प्रभावकारीता कायम गर्न ,कृषिबाट प्रयाप्त  लाभ लिई सवै  क्षत्रेसम्म पुर्‍याउन, वन  जंगलको सरक्षण गर्दै  वातावरणीय सन्तलुनलाई कायम राख्न, भौतिक पुर्वाधारको  विकासमा लगानी वृद्धि गर्न तथा  सामाजिक विकासलाई संस्थागत गरी अपेक्षित  विकासका प्रतिफल हासिल गर्न  एव आन्तरिक आयका दायरालाई फराकिलेा बनाउन र आन्तरिक ब्यवस्थापनलाई सुशासन मैत्री  बनाई संस्थागत सुदृढिकरण गर्न  तथा संविधानको अनुसुची ८ मा भए वमेाजिमको कानुन निर्माण तथा  कार्यन्वयन  गरि आत्मनिर्भर उन्मुख हुनर्पेर्ने समग्र चुनौतीहरु हामी सामु रहेका छन्  ।
स्थानीयतहहरुको  विकासको माध्यमद्वारा अपेक्षित उदेश्यहरु हासिल गर्न जन निवार्चित प्रतिनिधिहरुको कुशल नेतृत्व अति नै आवश्यक भए वमोजिम नेपालको सविधान २०७२ ले स्थानिय सरकारको परिकल्पना  गरे अनुसार २०७४  वैशाख ३१ गते आम निर्वाचन सम्पन्न  भई  जनताको मतले हामी निवार्चित भइ यस गाउपालिकाको नेतृत्व  सम्हालेको तेस्रो आर्थिक वर्ष पार गरि चौथो आर्थिक वर्षमा प्रवेश गरेको कुरा यस गरिमामय सभामा अवगत गराउन चाहन्छौ ।  गाउपालिकाको  विकास  तथा स्थानीय तहको सञ्चालनमा रचनात्मक एव सिर्जनात्मक सहयोगका लागि म सवै प्रति हार्दिक कृतज्ञता व्यक्त गदै आगामी दिनमा समेत हामी  जनप्रतिनिधी लाई यस्तै सहयेागको निरन्तरताको अपेक्षा गर्दछु । साथै हामी जननिर्वाचीत सवै सदस्यहरु फाटेर होइन जुटेर वहुमतिय मात्र नभै सहमतिय अभ्यास वाट एक भई अगाडि बढनु पर्छ, र बढने छौ भन्ने  सम्मानित सभा समक्ष प्रण गर्दछु ।

  • विश्वमा फेलिरहेको कोविड १९को यो महामारीमा शिथिल अर्थत्तन्त्रलाइ चलाए मान हुने गरी असिमीत सोंत र साधनलाइ अधिकतम प्रयोग गरी स्थानीय सरकारको तर्फबाट आर्थिक वर्ष २०७७/७८ को वजेट यस सम्मानित सभामा प्रस्तुत गर्न पाउँदा अत्यन्त गौरवान्दीत भएको  महशुस गरेको छु ।
  • मंगला गाउँपालिकाले आ.व. ०७७/०७८ मा गाउँपालिका भित्र उपलब्ध श्रोत, साधन र अवसरहरुको अधिकतम सदूपयोग गर्दै यस मंगला गाउँपालिकाको बजेट तथा कार्यक्रमहरुको तर्जूमा तथा सफल कार्यान्वयनको दिशा तर्फ अग्रसर हुने प्रयास गरिएको छ । यसै सन्दर्भलाई आत्मसात गर्दै मंगला गाउँपालिकाको बजेट तथा कार्यक्रम तर्जूमाका लक्ष्य तथा उद्धेश्यहरुलाई निम्न अनुसार संक्षिप्तमा उल्लेख गर्न चाहन्छु ।

(क) लक्ष्यः
विश्वमा फेलिरहेको कोविड १९को यो महामारीमा प्राप्त सिमीत सोंत र साधनलाइ अधिकतम प्रयोग गरी  आर्थिक–सामाजिक रुपान्तरणसहित स्थानीय पूँजिको विकास गर्दै सामाजिक न्याय, समानता र सामाजवादी अर्थतन्त्रको आधार खडा गर्ने अभियानमा पूर्णरुपमा समाहित हुँदै मंगला गाउँपालिकालाई  कृषिमा आत्मनिर्भर समृद्ध, समुन्नत र शान्त गाउँपालिका बनाउँन सबै आधारभूत समस्याहरुको एकीकृत रुपमा व्यवस्थापन गरीने छ  ।
(ख) उद्धेश्यहरुः

  • गाउँपालिकामा स्वदेशमा तथा विदेशमा समेत रोजगारी गुमाएकाहरुलाइ स्थानीय स्तरमा नै रोजगारी उपलव्ध गराउनको लागी  एक वडा एक कृषि /पशु सेवा पकेट श्रेत्र धोषण गरि कृषिमा आत्म  निर्भर गाउपालीका  बनाउँने उदेश्य लिएको छ ।
  • विश्वमा फैलिरहेको कोविड १९को यो महामारीवाट नेपाल पनि अछुतो रहन सकेन यस सकटको घडीमा केविड १९ को नियन्त्रण  संक्रमणको न्युनिकरण व्यवस्थापनमा मगला गाउपालिकामा मानविय क्षेति हुन नदिन प्रर्याप्त वजेको व्यवस्था मिलाइ अगाडी वढिने छ ।
  • मंगला गाउँपालिका क्षेत्रको विकास प्रकृयालाई स्थानीय समुदायको सक्रिय सहभागितामा दिगो भौतिक पूर्वाधार विकासका संरचनाहरुलाई अगाडि बढाउने,
  • मंगला गाउँपालिकाको सदरमुकाम देखि सबै वडाहरुमा नमूना सडक निर्माण सहित हरेक टोलवस्तिलाई सडक सञ्जालमा जोड्ने,
  • गाउँपालिकाको आन्तरिक आय बढाउनको लागि विद्यमान श्रोतको पहिचान गरी कर प्रणालीमा सवैको सहभागीताको लागी आव्हान गरीने छ  ।,
  • कृषि, पशुपालन तथा वन क्षेत्रको विकासमा सहयोग गरी आय–आर्जनका क्रियाकलापहरु सृजना गर्दै पारिवारिक आम्दानीको वृद्धिमा टेवा पुर्याउने,
  • वन, वातावरण तथा विपद् व्यवस्थापनमा आम नागरिकलाई सचेत गर्दै दिगो व्यवस्थापनमा आवश्यक सहयोग गर्ने,
  • विद्यालयहरुलाई भौतिक पूर्वाधारको विकास सहित शैक्षिक गुणस्तरमा अभिवृद्धि गर्ने,
  • यूवा, महिला, वालवालिका, जेष्ठ नागरिक, दलित, अपाङ्गता भएका नागरिकहरुलाई सामाजिक समावेशीकरण तथा सशक्तिकरण गर्दै मुल प्रवाहीकारणमा टेवा पुर्र्याउने,
  • पर्या–पर्यटन विकासका लागि आधारभूत पूर्वाधारहरु तयार पार्ने,
  • विभिन्न भाषा तथा सँस्कृतिको संरक्षण तथा सम्बर्द्धन गर्ने,
  • गाउँपालिकाको सँस्थागत विकास र आम नागरिकहरुको क्षमता विकासका कार्यहरु सञ्चालन गर्ने,

गाउँसभा सदस्यज्यूहरु !
अब म चालु आर्थिक वर्ष २०७७/२०७८ को वार्षिक योजना तर्जूमा, योजना/कार्यक्रम प्राथमिकिकरणका आधारहरु तथा प्रकृयाका वारेमा संक्षिप्तमा प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
(क) योजना तर्जूमाका आधारहरुः

  • नेपालको संविधानको अनुसूची ८ र ९ मा उल्लिखित स्थानीय तहको एकल तथा साझा अधिकारको सूची,
  • नेपालको संविधानमा उल्लिखित मौलिक हकहरु,
  • नेपालको संविधान भाग ४ अन्तर्गतका राज्यका आर्थिक, सामाजिक विकास, प्राकृतिक श्रोतको उपयोग, वातावरण संरक्षण सम्वन्धि नीतिहरु, धारा ५९ को आर्थिक अधिकार, भाग १९ को आर्थिक कार्य प्रणाली,
  • नेपाल सरकारबाट स्वीकृत संघ, प्रदेश र स्थानीय तहको कार्यविस्तृतिकरणको प्रतिवेदन,
  • संघीय तथा प्रदेश सरकारले अंगिकार गरेको र आवधिक योजनाले लिएका नीति तथा प्राथमिकताका क्षेत्रहरु,
  • संघीय सरकारले अवलम्वन गरेका आर्थिक तथा वित्तीय नीतिहरु साथै मार्गदर्शनहरु,
  • स्थानीय तहको आवधिक योजनाले तय गरेका प्राथमिकताहरु,
  • नेपालले अन्तराष्ट्रिय जगतमा जनाएका प्रतिवद्धताहरु,
  • स्थानीय सरकार संचालन ऐन २०७४, गाउँपालिकाले हाल सम्म बनाएका ऐन, नियम एवम् प्रचलित ऐन र नियमावलीका प्रावधानहरु,
  • स्थानीय तहको आवधिक योजनाहरु, क्षेत्रगत नीति, रणनीति, योजना तथा अध्ययन प्रतिवेदनहरु,
  • विकासका समसामयिक मुद्धाहरु जस्तै सामाजिक संरक्षण, दीगो विकास, जलवायू परिवर्तन र विपद् व्यवस्थापन, खाद्य तथा पोषण सुरक्षा, लैंगिक सशक्तिकरण तथा समावेशी विकास, वाल मैत्री स्थानीय शासन, वातावरण मैत्री स्थानीय शासन, पुर्ण सरसफाई, उर्जा संकट व्यवस्थापन लगाएतका अन्तर सम्बन्धित विषयहरु,
  • स्थानीय तहको मध्यकालिन खर्च संरचना (MTEF) अनुरुप प्राथमिकतामा परेका कार्यक्रमहरु,
  • स्थानीय तहले आवश्यक देखेका अन्य विषयहरु ।

चालु आ.व. मा योजना कार्यान्वयनका सिकाइ तथा उपलब्धीहरु ।
(ख) योजना/कार्यक्रम प्राथमिकिकरणका आधारहरुः

  • विश्वमा फैलिरहेको कोविड १९को यो महामारीवाट नेपाल पनि अछुतो रहन सकेन यस सकटको घडीमा केविड १९ को  रोकथाम नियन्त्रण  व्यवस्थापनमा प्रत्यक्ष योगदान पुर्र्याउने
  • आर्थिक विकास र गरिवी निवारणमा प्रत्यक्ष योगदान पुर्र्याउने,
  • उत्पादनमूलक र छिटो प्रतिफल दिने (ठूला आयोजनाहरुको हकमा बढिमा २ वर्ष भित्र सम्पन्न हुने),
  • राजश्व परिचालनमा योगदान पुर्र्याउने,
  • कृषिमा आत्मनिर्भर हुन योगदान पर्याउने
  • सेवा प्रवाह, संस्थागत विकास र सुशासनमा योगदान पुर्र्याउने,
  • स्थानीय श्रोत साधनमा आधारित भई जनसहभागिता अभिवृद्धि गर्ने,
  • लैङ्गिक समानता तथा सामाजिक समावेशीकरमा अभिवृद्धि हुने,
  • स्थानीय स्तरमा नै रोजगारी सृजना गर्न योगदान पुर्याउने
  • दिगो विकास, वातावरण संरक्षण र विपद व्यवस्थापनमा प्रत्यक्ष योगदान पुर्र्याउने,
  • समुदायलाई विपद तथा जलवायु परिवर्तनको प्रभाववाट उत्थानशिल (Resilience) बनाउने,
  • स्थान विशेषको संस्कृति र पहिचानको संरक्षण र प्रवर्ध्दन गर्ने,
  • स्थानीय तहको आवश्यकताका अन्य विषयहरु ।

(ग) वार्षिक बजेट तथा योजना तर्जूमाका प्रकृयाहरुः

  • कार्यपालिकाले पेश गरेको नीति तथा कार्यक्रमको स्वीकृती,
  • राजश्व परामर्श समितिको गठन तथा समितिले दिएका अगामी वर्षको लागि प्रस्तावित राजश्व/करका दरहरु, सुझाव तथा निष्कर्षहरु,
  • श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले दिएका सुझाव तथा निष्कर्षहरु,
  • बजेट तथा कार्यक्रम तर्जूमा समितिले उपलब्ध गराएका सुझाव, कार्यक्रम तथा निष्कर्षहरु,
  • हरेक वडा समितिहरुले गाउँवस्ति र टोल टोलमा छलफल, छनौट तथा प्राथमिकिकरण गराई प्राप्त भएका कार्यक्रमहरु,
  • गैर सरकारी संस्था तथा नीजि क्षेत्रको सहकार्यमा सम्पन्न हुने कार्यक्रमहरुको विवरण माग तथा छलफल,
  • प्राप्त योजना तथा कार्यक्रमहरुलाई विषयगत समितिहरुमा छलफल तथा प्राथमिकिकरण,
  • समितिहरुबाट प्राप्त बजेट तथा योजना/कार्यक्रमहरुलाई मंगला गाउँ कार्यपालिकामा व्यापक छलफल तथा गाउँसभामा पेश हुनका लागि स्वीकृति ।

गाउँसभाका सदस्य ज्यूहरु,

  • यस महत्वपूर्ण अवसरमा म सर्वप्रथम राष्ट्रहित,लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक-पटक गर्दै आएका ऐतिहासिक जन आन्दोलन,सशस्त्र सङघर्ष,त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण एवं शहीदहरु तथा बेपत्ता र पीडित नागरिकहरु प्रति स्थानीय सरकारको तर्फबाट हार्दिक सम्मान व्यक्त गर्न चाहान्छु ।
  • संघ,प्रदेश र स्थानीय तहवीचको सहकारिता,सहअस्तित्व र समन्वय लाई प्रवर्दन गर्दै जनसहभागिता,उत्तरदायित्व,पारदर्शिता सुनिश्चित गरी सुलभ र गुणस्तरीय सेवा प्रवाह गरी सिंहदरवार गाउँमै आएको अनुभूति जनतालाई दिनुपर्ने अवसर, दायित्व र चुनौती हाम्रीले स्वकार गर्दै आएको कुरा हामी सवैलाइ विदितै छ ।
  • आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा मैले यो वर्ष सम्म हासिल भएका उपलव्धिहरु संस्थागत गर्दै जनप्रतिनिधमूलक लोकतान्त्रिक पद्धतिबाट नेपाली नागरिकले खोजेको सेवा,चाहेको विकास र परिकल्पना गरेको समतामूलक समाजको निर्माण गर्ने प्रणालीबाट निर्देशित हुँदै समाजवाद उन्मुख उदीयमान गाउँपालिकाको रुपमा स्थापित गर्न यो बजेट केन्द्रित गरेको छु ।
  • बजेट तर्जुमा गर्दा मैले मूलत: नेपालको संविधान र कानूनहरु, नेपाल सरकार तथा प्रदेश सरकारको नीति, कार्यक्रम तथा बजेट वक्तव्य, विनियोजन विधेयक,२०७७को सिद्धान्त र प्राथमिकता, निर्मित विविध कानुनहरु, गाउँकार्यपालिका निर्णयहरु तथा दीगो विकास लक्ष्यलाई मुख्य आधार बनाएको छु ।साथै, विभिन्न क्षेत्रका सरोकारवालाबाट प्राप्त हुन आएका महत्वपूर्ण सुझावलाई समेत बजेट निर्माण गर्दा विशेष ध्यान दिएकोछु ।
  • स्थानीय सरकारको आन्तरिक स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट हस्तान्तरित अनुदान तथा राजस्व वाँडफाँटलाई मुल आधार मानी यो बजेट तथा कार्यक्रम तर्जुमा गरेको छु । साथै,यस बजेटमा गाउँपालिकाको आफ्नो क्षेत्राधिकारभित्र कर तथा गैर कर राजस्व परिचालन र व्यवस्थापनलाई प्राथमिकतामा राखेको छु ।
  • अनुत्पादक तथा अनावश्यक खर्च घटाउने,पुँजीगत बजेटको अंश बढाउने र चालु खर्चलाइ नियन्त्रण गर्दै मितव्ययिता ल्याउने गरी बजेट प्रस्ताव गरेकोछु । साथै कार्यक्रमको छनौट,साधन स्रोतको बाँडफाँट र विनियोजनमा देखिने दोहोरोपनलाई न्यूनीकरण गर्न प्रशासनिक तथा प्राविधिक क्षमता,स्रोत तथा विनियोजनका वीचमा सन्तुलन कायम हुने गरी स्रोत व्यवस्थापन गर्ने व्यवस्था मिलाएकोछु ।
  • समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण, परिपूरक कानुन तर्जुमा, भौतिक पूर्वाधारको निर्माण र व्यवस्थापन,आन्तरिक स्रोतको आधार विस्तार, उत्पादन र उत्पादकत्व बृद्धि,आयोजनाको प्राथमिकीकरण,असल शासन प्रवर्दन र अन्तरसरकारी समन्वय हाम्रो सरकारको प्रमुख चुनौती रहेका छन् ।

सभाका सदस्यज्यूहरु,
अव म चालु आर्थिक वर्ष २०७६/७७ को आय व्ययको यथार्थ स्थिति प्रस्तुत गर्न चाहन्छु ।
१०  चालु आर्थिक वर्षमा रु ५४ लाख राजस्व परिचालन हुने अनुमान रहेकोमा चालु आर्थिक वर्षको ज्येष्ठ मसान्त सम्म अनुमानित आन्तरिक आयको ७५.६३ प्रतिशत ले रु ४० लाख ८३ हजार ८ सय वाउन्न रुपैया राजस्व संकलन भएको छ । राजश्वको प्रक्षेपण अनुसार प्रगति हुन नसक्नु कोविड १९ को संक्रमणले भएको वन्दा वन्दी लकडाउको असरले  प्रभाव परेको  छ । त्यसैगरी चालु आर्थिक वर्षको जेष्ठ मसान्त सम्म नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदानबापत रु 7 करोड 73 लाख  संघीय राजस्व वाँडफाँडबाट रु ३ करोड 12 लाख 7६ हजार ५ सय २६ रुपैया९४ पैसा प्राप्त भएको छ   संघीय समपुरक पूजीगत अनुदान  वाट रु १ करोड ३३ लाख रुपैया आय प्राप्त भएको छ । त्यस्तै प्रदेश वित्तिय समानीकरण अनुदान वापत रु १ करोड २१ लाख १२ हजार आय प्राप्त भएको छ । प्रदेश राजस्व बाँडफाँड बाट प्राप्त हुने आय २५ लाख ५४ हजार प्राप्त हुन आएको छ प्रदेश सर्सत अनुदान वाट प्राप्त  रकम रु ५० लाख प्राप्त हुन आएको छ ।विभिन्न कार्यक्रम वापत  गरीव घर पहिचान राष्ट्रिय परीचयपत्र वितरण सुचनाप्रविधी अधिकृत तलव भत्ता वापको रकम संघिय सरकार अन्तर सरकारी हस्तान्तरण वाट रु २७ लाख ५५ हजार रुपया मात्र प्राप्त भएको छ । सघिय सरकार वाट कोरना रोकथाम नियन्त्रण तथा व्यवस्थापनको लागी रु २ लाख ६७ हजार ८ सय २५ तथा प्रदेश सरकार वाट रु ५ लाख रुपया प्राप्त भएको छ  ।

  • चालु आर्थिक वर्षको सशर्त अनुदान तर्फ रु १३ करोड ८६ लाख 9५ हजार रुपैया प्राप्त भएको छ। त्यस्तै सामाजिक सुरक्षा भत्ता बापत रु 4 करोड २९ लाख  2६ हजार६ सय रुपैया प्राप्त भएको छ ।
  • अनुदान तथा राजस्व बाँडफाँटका अतिरिक्त झोलुङ्गे पुल निर्माण तर्फ रु ४८ लाख, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम तर्फ रु ८३ लाख ९४ हजार, प्रधानमन्त्री रोजगार कार्यक्रम तर्फ रु १० लाख प्रदेश सामाजिक विकास मन्त्रालय तर्फ रु १२ लाख, ५० हजार सार्वजनिक निर्माण स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम तर्फ रु ५० हजार प्राप्त भएको छ ।
  • चालु आर्थिक वर्ष २०६७/७७को ज्येष्ठ मसान्त सम्म चालु खर्च करिव रु 13 करोड 55 लाख 53 हजार 9 सय 9 रुपैया तथा पूँजीगत खर्च रु 5 करोड 32 लाख 55 हजार 1 सय 31 मात्र  गरी 18 करोड 88 लाख 9 हजार 40 रुपैयाँ व्यय भएको छ । आर्थिक वर्ष २०७5/७6को राजस्व र व्ययको यथार्थ विवरण ,ज्येष्ठ मसान्त सम्मको आर्थिक वर्ष २०७६/७७ को आय तथा व्यय विवरण तथा संशोधित अनुमान र आर्थिक वर्ष २०७७/७८ को अनुमानित आयव्ययको विवरण अनुसूचीहरुमा उल्लेख गरेको छु ।

सभाका सदस्य ज्यूहरु,
अब म क्षेत्रगत रुपमा आगामी वर्ष २०७७/७८ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्न चाहन्छु ।
सडक पूर्वाधार भौगोलिक आवद्धता कायम गर्न, कृषि तथा उद्योग व्यवसायको विकास गर्न, जनजीवन सहज गर्न र उच्च आर्थिक वृद्धि हासिल गर्न सघाउ पुग्ने गरी ग्रामिण सडक निर्माण तथा स्त्तोरन्नतिको लागि पुर्वाधार विकास कार्यक्रम

क्र.सं.कार्यक्रम/आयोजनाको नामजम्मा
सिम-कोत्रावाङ्-खुम्लिया-पैँयुपाटा-कुहुँ-अँधेरीखोला-पूर्णगाउँ-टोड्के नमूना सडक निर्माण, मरमत तथा स्तरोन्नती क्रमागत   सम्पुरक 50 लाख
बाबियाचौर-काफलचौर-सल्यान-भर्जुला-थाईवाङ्-हिदि नमूना सडक निर्माण, मरमत तथा स्तरोन्नती क्रमागत 36 लाख
सिमलचौर कुकुरबिसौना तल्लोडडुवा मोटरबाटो मर्मत 15 लाख
पोक-सातबिसे-ज्यामिरे-तोरीडाँडा-खस्रुपानी- ३ नं. वडा कार्यालय हुँदै ४ नं. वडा कार्यालय जोड्ने नमूना सडक मरमत तथा स्तरोन्नती क्रमागत सम्रपुरक 1करोड67 लाख
साम्तुङ्-टुनीवोट-वाखु-दह-आर्भाङ्-३ नं. वडा कार्यालय-थर्पुगाउँ झाँक्रीपानी-किमचौर नमूना सडक मरमत तथा स्तरोन्नती क्रमागत 10 लाख
पुल्चोक- पिपलवोट -पाँखु-धारा- सिर्कुम- टिकाबाङ्ग मोटर बाटो स्त्तरोन्नती 36 लाख
पखेर -पिङ्गे-कजेली-आहालडाँडा हुँदै वडा कार्यालय मोटरबाटो स्तरोन्नति क्रमागत 10 लाख
घोपाताल-पँधेरा  खम्वाङ मोटरवाटो 5 लाख
गाउपालीकाको प्रशासनिक भवन तथा वहुउदेशिय सभा हल निर्माण को लागी जग्गा व्यवस्थापन को लागी रकम रु१ करोड 15 लाख
१०भर्चुला वास्कोट घट्टेचिउरे आर्वाङ कृषि सडक वडा न १ 8 लाख
११वावियाचौर ढल निकास १० लाख
१२हाडे भिर  खेलकुद मैदान निर्माण ५ लाख
१३पुल्चोक पोक गहते नेटा झाक्रेपानी पदमार्ण ५ लाख
  १४खरको छाना विस्थापन 8 लाख
१५रातो माटो खेल मैदान ३लाख
१६मंगला यूवाक्लव खेल मैदान निर्माण ५ लाख
17मंगला इन्द्रणि पार्क निर्माण28 लाख

सडक तर्फ रु. 7 करोड 89 लाख १५ हजार विनियोजन गरेको छु । ।वडा गत रुपमा विनियोजन गरीएका योजनाहरु सयै साथ पेश गरेको छु । अव म गाउँपालिका स्तरवाट विनियोजन गरीएका सडकका नाम र वजेट प्रस्तुत गर्न चाहन्छु
सामाजीक विकास
सामाजीक विकास तर्फ रु. 2 करोड 60 लाख 60  हजार  रुपया  विनियोजन गरेको छु

  • विद्यालय, युवा क्लव लगाएत विभिन्न संघ संस्थाहरुको भवन निर्माण तथा मर्मत सम्भारका   समग्र खेलकुद विकासको लागि रकम रु. 32  लाख 25 हजार रुपैयाँ  पुर्वाधार विकास क्षेत्रमा विनियोजन गरेको छु ।

सिंचाइ तथा खानेपानी

  • स्वच्छ खानेपानी नपुगेको गाउँवस्तीमा खानेपानी पुर्याउने कार्यक्रमलाई निरन्तरता दिदै एक घर एक धारा कार्यक्रमलाई समेत अगाडि बढाउने व्यवस्था गरेकोछु साथै कृषि व्यवसायलाइ प्रवर्द्धन गर्दै उत्पादकत्व वृद्धिका लागि सिंचाइ व्यवस्थालाइ व्यवस्थित गर्नका लागि वडा स्तरको मागमा आधारित योजनाका लागि खानेपानी तथा सिंचाइ पुर्वाधार विकास क्षेत्रका लागि रकम रु. 26 लाख ८० हजार  विनियोजन गरेकोछु ।
  • मंगला गाउँपालिका उज्यालो गाउँपालिका घोषणालाई साकार पार्न आगामी आर्थिक वर्षमा राष्ट्रिय प्रशारण लाइन तत्काल पुर्याउन नसकिने तथा हाल सम्म बत्ती बाल्न आधुनिक उर्जाको पहुँच नपुगेका ठाउँ र घरधुरीको यथार्थ विवरणका आधारमा उपयुक्त कार्ययोजना बनाई अगाडि बढिनेछ । सो प्रयोजनका लागि संघीय र प्रदेश सरकार संग समन्वय गरि आवश्यक वजेट समपुरक कोषवाट सह लगानी गर्नेको लागी सम्पूरक रकम रु 2 करोड 59 लाख व्यवस्था मिलीएको छु ।

शहरी विकास

  • आधुनिक सभ्यताको मानक नै सुविधायुक्त शहर भएको तथा स्थानिय सरकारको विकासको स्वरुप शहरी पूर्वाधारबाटै प्रतिविम्वित हुने यथार्थतालाई ध्यान दिदै विभिन्न वडामा माग वमोजिमको वजेट तथा वावियाचौर वजारमा ढल निकास योजनाको लागी  रु १० लाख समेत भवन तथा अन्य पुर्वाधार  निर्माण गरी  रकम रु. 1 करोड 89 लाख 40 हजार विनियोजन गरेकोछु ।

पर्यटन

  • गाउँपालिका भित्रका ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक सम्पदाहरुको पहिचान, संरक्षण, प्रवर्दन एवं प्रचार प्रसार मार्फत स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधारको रुपमा पर्यावरण अनुकूल पर्यटन उद्योगको विकास गर्न पर्यटकलाई अतिथिको रुपमा सम्मान गर्ने अतिथिदेवो भव:अभियानलाई थप प्रभावकारी वनाउनका प्रधानमन्त्री रोजगार कार्यक्रम सग आवद्ध गरी  निर्माण गरीने छ  सो प्रयोजनका लागी रकम रु. 56 लाख ७० हजार रुपया मात्र  विनियोजन गरेकोछु ।
  • उच्च आर्थिक वृद्धि, उत्पादकत्व रोजगारी र आयको वितरणलाई तत्काल टेवा पुर्याउने पर्यटन क्षेत्रको विकासलाई मैले जोड दिएको छु । मंगला गाउँपालिकालाई आकर्षक, मनोरम र साहसिक पर्यटकीय गन्तव्यको रुपमा पहिचान स्थापित गराउने टोड्के, झाँक्रीपानी, चिनाकोट र चाँगा, लगायतको व्यापक प्रचारप्रसार तथा व्यवस्थापनका गरिनेछ । पूर्णगाउँ टोड्के पर्यटन प्रवर्दन योजना, पुलचोक गहँते झाँक्रीपानी पर्यटन  पदमार्ग निर्माणका लागि  वजेट विनियोजन गरेको छु  ।

कृषि/पशु क्षेत्र

  • नागरिकको खाद्य अधिकार सुरक्षित गर्दै गरिवीको अन्त्य स्वदेश तथा विदेशमा रही रोजगारी गुमाएका व्यक्तीहरुको रोजगारीके सुनिश्चितता तथा कृषिमा आत्मनिर्भर गाउपालीका वनाइ ठुलो संख्यामा रहेका कृषक परिवारको आयस्तर वृद्धि गर्न तथा सवल अर्थतन्त्रको निर्माण गर्न कृषिको आधुनिकीकरण, विशिष्टीकरण र व्यवसायीकरण  प्रविधी मैत्री पुर्वाधार सहीतको कृषि पेशा वनाउन जरुरी छ । यसका लागि उन्नत बीउविजन, मलखादको व्यवस्था, कृषि सामाग्री सहयोग, पशुपालन व्यवसायका लागि उन्नत जातको नश्ल सुधार र उच्च मूल्यका बालीको विकास प्रविधी मैत्री पुर्वाधार विकास गर्न रकम रु. 92 लाख ७० वजेटको व्यवस्था गरेकोछु ।

सहकारी

  • गाउपालीका श्रेत्रमा कार्यक्षेत्र रहेका उत्पादन तथा सेवामुलक सहकारी संस्थानहरु र वित्तिय क्षेत्रको सुदृढीकरण साथै खोलौ वैक खाता भन्ने अवधारण कार्न्वयनको लागी जनचेतना कार्यक्रम सञ्चालन गरीने छ  साथै सहकारी क्षेत्रको नियमन र पुँजी परिचालनको माध्यमबाट सहकारी क्षेत्रलाई वित्तिय उत्प्रेरकका रुपमा विकास गरी स्थानीय अर्थतन्त्रको महत्वपूर्ण स्तम्भको रुपमा विकास गरी सहकारीहरुको प्रवर्द्धन कार्यक्रम सञ्चालनको लागी रकम रु. 3 लाख विनियोजन गरेकोछु  ।

वन,वातावरण र विपद व्यवस्थापन

  • यस संकटको घडीमा केविड १९ को नियन्त्रण  संक्रमणको न्युनिकरण व्यवस्थापन को लागी वडा गत रुपमा  ४० लाख तथा गाउपालीका वाट 40 लाख गरी जम्मा रकम रु 80 लाख मंगला कोरना प्रकोप कोषमा जम्मा गरीने छ
  • जनसाधारणमा वातावरणीय स्वच्छता सम्वन्धी चेतना बढाई भौतिक विकासबाट वातावरणमा पर्न सक्ने जोखिमलाई न्यूनीकरण गर्दै वन,वन्यजन्तु,पंक्षी,वनस्पति तथा जैविक विविधताको संरक्षण,संवर्दन र दिगो उपयोग सम्वन्धी कार्यक्रमका कार्यविधि समेत पेश गरी कार्यन्वयनको लागी शुसासन तथा अन्तर सम्वन्धीत श्रेत्र समेतका लागी  रकम रु. 98 लाख 46 हजार वजेट विनियोजन गरेको छु ।
  • मंगला गाउँपालिकाको असाह्य, सहाराविन वालवालिका र असाध्य रोग (मुटु, मृगौला, क्यान्सर, एच आइ भी एड्स आदि) लागेको प्रमाणित भएको नागरिकका लागि अध्यक्ष संग सहायता कार्यक्रम संचालन सँगसँगै ।प्राकृतिक प्रकोपको मर्मलाई जुधेर हैन, बुझेर काम गरेमा मात्र विपदको नियन्त्रण तथा न्यूनीकरणमा ठूलो सहयोग पुग्दछ भन्ने अवधारणालाइ मध्यनजर गरि अध्यक्ष संग राहत उद्धार तथा विपद् व्यवस्थापन कार्यक्रमका लागि रु 6 लाख  वजेट विनीयोजन गरेको छु ।

शिक्षा तथा प्रविधि

  • आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दा मैले सामाजिक रुपान्तरण र आर्थिक विकासको आधारशिला रहेको शिक्षाको विकासमा सर्वोपरी जोड दिएको छु । शिक्षालाई प्राविधिक, व्यवसायिक तथा रोजगारमूलक बनाउँदै सक्षम, नैतिक एवं राष्ट्रिय हितप्रति समर्पित जनशक्ति निर्माण गर्न आवश्यक वजेट मिलाएको छु ।
  • सामुदायिक विद्यालयको शैक्षिक पूर्वाधार निर्माण, मर्मत सम्भार, सञ्चालन र व्यवस्थापन गर्न विद्यालयमा खुद भर्नादर, टिकाउदर तथा लैगिक सुचकमा उल्लेखनीय सुधार गर्न विद्यालय सुधार योजना तथा गाउँ शिक्षा सुधार योजना निर्माण गर्न आवश्यक वजेट विनियोजन गरेको छु । सामुदायिक विद्यालयमा शैक्षिक सुशासन कायम रु.1  करोड १३ लाख 11 हजार रुपैया  वजेट विनियोजन गरेको छु ।
  • आगामी आर्थिक वर्ष समेत अन्तर-माध्यमिक विद्यालय राष्ट्रपति रनिङशिल्ड प्रतियोगता संचालनको लागी रु ७ लाख वजेट विनियोजन गरेको छु
  • आधारभूत तहको परीक्षा सञ्चालन, अनुगमन तथा व्यवस्थापनका लागि आवश्यक वजेट विनियोजन गरीएको छ । विद्यालयको शुसासन, प्रवद्धनको लागि विद्यालयको प्रधान अध्यापकलाइ जवाफदेही र उत्तरदायि वनाउन आवश्यक कार्यक्रमको व्यवस्था गरिनेछ ।
  • प्रधान अध्यापकलाइ दिइदै आएको मासिक प्र.अ. भत्तामा माध्यामिक तहका र आधारभुत तहका लागि मासिक दिदै आएको प्रोत्साहन भत्ता लाइ निरन्तताको लागी  रकम रु.1 लाख 61 हजार रुपैया विनियोजन गरेकोछु ।
  • विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न  प्रारम्भिक वाल विकास केन्द्रका सहयोगी कार्यकर्ता तथा विद्यालयका कर्मचारीहरुको लागी मासिक प्रोत्साहन  भत्तालाइ रकम रु. 800 प्रति व्यक्ती  मासिकको लागी रु 8 लाख 73 हजार ६ सय  विनियोजन गरेको छु ।
  • मागमा आधारीत तालिम तथा क्षमता विकासका कार्यक्रमका लागि रु १५ लाख 88 हजार १ सय २० रुपैया विनियोजन गरेको छु ।
  • सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न विद्यालयको तहगत रुपमा सुन्य दरवन्दी भएका विद्यालयलाइ शिक्षक व्यवस्थापनका लागि रु. 3६ लाख 50 हजार विनियोजन गरेकोछु । विद्यार्थी संख्या समेतलाई आधार लिई सामुदायिक विद्यालयको मौजुदा दरवन्दी मिलान कार्यलाई अगाडि वढाइनेछ । उच्च शिक्षा व्यवस्थापनका लागि मंगला शिक्षा क्याम्पसलाइ उपलव्ध गराउदै आएको अनुदान रकमको निरन्तरताको लागी रु. ४ लाख अनुदानको लागि वजेट व्यवस्था गरेकोछु ।
  • मंगला मा.विमा सञ्चालीत प्राविधीक धारको कक्षा सञ्चालन तथा व्यवस्थापनको लागी रु ६लाख अनुदानको लागी वजेट व्यवस्था गरेको छु ।
  • सूचना, संचार र प्रविधिको विकास मार्फत विधुतीय शासनको दिशामा विद्यालय तथा गाउपालीकालाइ अगाडि बढाउन आवश्यक पर्ने बजेट रकम रु. 7 लाख रुपैया बजेट विनियोजन गरेको छु ।

स्वास्थ्य

  • केविड १९ को नियन्त्रण संक्रमणको न्युनिकरण व्यवस्थापनमा सम्लग्न स्वाथ्य कर्मी स्वयम सेवीका तथा अन्य कर्मचारीहरुको लागी प्रोत्साहन भत्ताको व्यवस्थाको लागी आवश्यक वजेट विनीयोजन गरेको छू  ।
  • विकासको साध्य र साधन दुवै नागरिक नै भएकाले सवै नागरिकलाई स्वस्थ बनाई उत्पादकत्व अभिवृद्धि गर्न र सवल मानव पुँजी निर्माण गर्न स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिई आवश्यक वजेट रु 66 लाख १० हजार रुपया विनियोजन गरेको छु ।
  • समाजमा पछि परेको वर्ग महिला, दलित, जनजाति, वालवालिका, जेष्ठ नागरिक अपाङ्ताभएका ब्यङ्कतिलाइ प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमलाइ प्राथमिकता दिइने छ ।महिला शसक्तीकरण सुरक्षित गर्भपतन र प्रजनन स्वास्थ तथा सरसफाइ बालबालिकाको पोषणमा सुधार जस्ता महिला लक्षीत कार्यक्रमलाइ महिला सग उपाध्यक्ष कार्यक्रम सग आवद्ध गरीने छ । गाउपालिका भित्रका स्वाथ्य स्थामा सुत्केरीहुने आमा हरुका लागी उपाध्यक्षय उपाहार कार्यक्रम मार्फत प्रोत्साहान गरीने छ ।वालविलकाको लागी पोषण सुधार कार्यक्रम ल्याइ आ व ०७७।०७८ लाइ वृहत स्वाथ्य सचेतना वर्षको रुपमा घोषणा गर्दै महिला संग उपाध्यक्ष कार्यक्रमका लागि रु 6 लाख बजेटको व्यवस्था गरेको छु ।
  • गाउँपालिका भित्रका स्वास्थ्य सेवा प्रदायक संस्थाबाट प्रदान गर्न तोकिएका आधारभूत स्वास्थ्य सेवा भरपर्दो, सर्वसुलभ र गुणस्तरीय बनाउन औषधि खरिद तथा पोषण सुधार कार्यक्रमका लागि रु 15 लाख विनियोजन गरेको छु ।
  • योग गरौ स्वाथ्य रहौ स्वाथ्य हाम्रो जिवन भन्ने नाराका साथ सुरु गरीएको गाउपालीका स्तरीय कार्यक्रमको प्रभावकारी सञ्चालनको लागी योग कक्षा सञ्चालन कार्यक्रम लाइ प्रभावकारीता ल्याउन व्यवस्था मिलाएको छु

सामाजिक संरक्षण र नागरिक संरक्षण

  • आर्थिक र सामाजिक रुपमा जोखिममा रहेका नागरिकलाई सुरक्षा प्रदान गर्न तथा सभ्य र लोककल्याणकारी शासन व्यवस्था मार्फत मर्यादित जीवन र सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा आवश्यक भएकाले यसलाई स्थानीय सरकारले समेत विशेष चासोका साथ लिनेछ ।
  • आधारभूत सामाजिक संरक्षणका सेवा सुविधाहरुमा सवै नागरिकहरुको पहुँचबाट सवल समाज निर्माण गर्न सामाजिक सुरक्षा भत्ता पाईरहेका विपन्न नागरिक लाई सम्मान तथा वस्तुगत सहायता वितरण, सुकुम्वासी व्यवस्थापन, विपन्न कृषक प्रवर्दनात्मक कार्यक्रम लगायतका कार्यक्रम संचालन गरी हाम्रो सरकारको जनता माझ वलियो उपस्थिति देखाउन गाउँपालिकाले सामाजिक संरक्षण, सुरक्षा तथा वचाउ कार्यक्रमका लागि   आवश्यक वजेट विनियोजन गरेको छु ।
  • लैंगिक समानता तथा सामाजिक समावेशिकरण महिला, बालवालिका, अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिकका लागि विशेष कार्यक्रम संचालन गर्न रकम रु. 9 लाख वजेट विनियोजन गरेको छु ।

संस्कृति

  • स्वस्थ र सभ्य संस्कृतिको विकास गरी समाजिक सु सम्वन्धमा आधारित समाजको निर्माण गर्न धर्म,संस्कृति,संस्कार,प्रथा,परम्परा,प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सवै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गरिनेछ ।
  • गाउँपालिका भित्र रहेका प्राचीनकला, साहित्य र संस्कृति विशिष्ट पहिचानका रुपमा रहेका छन । यसर्थ सामाजिक र सांस्कृतिक रुपले हाम्रो समाज जीवित संग्रहालय हो । त्यसैले संस्कृतिको साझा सुन्दर फुलवारीको रुपमा रहेको हाम्रो समाजको तस्विर झल्काउन र अन्तर संस्कृतिको सम्मान गर्न गाउँपालिका केन्द्रमा सांस्कृतिक संग्राहालय पुर्वाधार स्थापनाका लागि रकम रु. ५ लाख र सांस्कृति संरक्षणका लागि रकम रु. 9 लाख 50 हजार गरि रु. 14 लाख 50 हजार विनियोजन गरिएकोछ ।

सुशासन र सार्वजनिक सेवा प्रवाह

  • शासकीय स्वच्छता र सुशासन प्रवर्दनलाई प्राथमिकतामा राखी सवै क्षेत्रमा सदाचार पद्धति अवलम्वन  गर्नको लागी आ.व ०७७/७८ मा 98 लाख 46 हजार ४४ सय रुपया वजेट विनियोजन गरेको छु ।
  • सार्वजनिक प्रशासनको कार्य संस्कृतिमा आमूल परिवर्तन गरी संघीय शासन प्रणाली अनुरुपको सोच र कार्य शैलीको विकास गरिनेछ । सार्वजनिक पदाधिकारीहरुको जवाफदेहिता सुनिश्चित गर्ने तालिम तथा अन्य कार्यक्रमको लागी आवश्यक वजेटको व्यवस्था गरीएको छ ।
  • कर्मचारी तथा शिक्षकहरुको गाउँपालिका भित्र सरुवा, पुरस्कार, सजाय, वृत्ति विकास र क्षमता अभिवृद्धिको अवसरलाई कार्यसम्पादनमा आधारित बनाइनेछ ।
  • आ.व ०७५/०७६ वाट कार्यान्वयनमा आएरहेको अवकास पछिको  सुविधा सुनिस्चितताको लागी कर्मचारीहरुको हितलाइ ध्यानमा राखी  कर्मचारी कल्याण कोष स्थापना गरी वजेटको सुनिश्चितता गर्दै लगिएको छ ।आगामी आर्थिक वर्षका लागि उत्कृष्ट उपभोक्ता समिती जनप्रतिनिधी कर्मचारी पुरस्कारका लागि रु 1लाख 50 हजार कर्मचारी कल्याण कोषका लागि रु १ लाख 50 हजार वजेट विनियोजन गरेको छु  ।
  • न्यायीक समितीको क्षमता विकास गरीनुको साथै न्यायीक कार्य सम्पादनलाइ सहज सरल र प्रभावाकरी वनाउन कानुनी साक्षरता, मेलमिलाप लगाएतका कार्यक्रम सञ्चालन गर्नका लागि रु. 5 लाख रुपैयाँ विनियोजन गरिएकोछु ।
  • खेलाडीहरु राष्ट्रका गौरव, ईज्जत र प्रतिष्ठा भएकोले मंगला गाउँपालिका अन्तर्गत रहेका आम खेलप्रेमी यूवाहरुलाई गोलबद्ध गर्दै उनीहरुको चाहना र आवश्यकता अनुसारको खेलकुद र यस सँग सम्बद्धसवै पक्षको विकास, विस्तार एवम् व्यवस्थापन गर्न लागि खेलकुद पूर्वाधार विकासका लागि रकम रु. 13 लाख विनियोजन गरेकोछु ।
  • स्वास्थ्य विमालाई सबै नागरिकहरुका लागि अनिवार्य गरिने छ । मंगला गाउँपालिका अन्तरगत बसोबास गर्ने अति विपन्न गरीव परिवारलाई निःशुल्क स्वास्थ्य विमाको व्यवस्था गर्नका लागि आवश्यक वजेटको  व्यवस्था गरेकोछु ।
  • आगामि आर्थिक बर्षको लागी संयुक्त लगानीमा आयोजना कार्यान्वयनका लागि पोक सातविसे  वडा ३ देखि वडा ४ कार्यालयसम्मको मोटरवाटो को लागी  रकम रु. १ करोड ६७ लाख  समपुरक कोषको व्यवस्था गरेको छु ।
  • वडा न १ कुहु पुर्ण गाउ हुदै टोड्के सम्मको मोटर वाटो को लागी रकम रु ५० लाख समपुरक कोषको व्यस्था गरेको छु
  • अन्य सम्भावित संयुक्त लगानीमा आयोजना कार्यान्वयनका रु 42 लाख सम्पूरक कोषको व्यवस्था मिलाएको छू ।
  • मंगला गाउँपालिका क्षेत्र भित्रका गरीव, विपन्न, जेहन्दार तथा पछाडि पारीएका / अति विपन्न परिवारका विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री उपलव्ध गराउन र प्राविधिक शिक्षा हाँसिल गर्न छात्रवृति प्रदानका लागि दिइदै आएको  छात्रा वृद्धि कार्यक्रम निर्न्तरताको लागी रकम रु. 1 लाख 50 हजार विनियोजन गरेकोछु ।
  • कार्यालयको कामको चापको आधारमा कार्यालय समय वाहेक अतिरिक्त समय काम काज गर्ने कर्मचारीहरुलाइ मासिक प्रोत्साहन भत्ताको लागी आवश्यक वजेटको व्यवस्था मिलाएकोछु  ।
  • वजेट तथा कार्यक्रम कार्यान्वन गर्दा आउन सक्ने सम्भावित समस्या योजना कार्यन्वयन गर्दा समयमा योजना सम्पन्न नभइ म्याद थप भएका योजन तथ कोरना प्रकोपको कारण संघिय सरकारवाट हस्तातरण हुने वजेटमा कमि आइ रकम अभाव भइ भुक्तानी नपुग हुन सक्ने सम्भावित योजनाहरुको भुक्तानीका लागी वितिय व्यवस्थापन खर्च शिषकमा रकम रु 5० लाख रकम विनियोजन गरेको छु ।
  • वजेट तथा कार्यक्रम कार्यान्वन गर्दा आउन सक्ने सम्भावित समस्या समाधानको लागि भैपरि आउने पुर्वाधार विकासमा रकम रु. 10 लाख र मर्मत सम्भारका लागि रकम रु. 26 लाख गरी कुल 36 लाख विनियोजन गरेकोछु ।
  • हस्तान्तरीत भइ आउने सर्सत पछि थप भइ आउने योजनाहरुको कार्यवन्वयन हस्तान्तरीत भइ आए वमोजीम नै हुने गरी व्यवस्था मिलाएको छु ।
  • मंगला मा.वि लाइ नेपाल सरकारवाट नमुना मा.वि घोषणा गरेको जानकारी गराउदै मंगला मा.वि लाइ नमुना मा.वि घोषणा गर्न सहयोग पुर्याउनु हुने  सवैलाइ मंगला गाउपालीकाको तर्फ वाट धन्यवाद दिन चाहान्छु ।
  • नमुना विद्यालय घोषण सग सगै भौतिक संरचना निर्माण को लागी संघिय सरकार हस्तान्तरीत सर्सत अनुदानको रुपमा रकम रु १ करोड ५० लाख विनियोजन भएको सम्मानित सभामा समक्षे जानकारी गर्दछु   ।

गाउँसभाका सदस्यज्यूहरु
अव म बजेटमा उल्लिखित नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न आवश्यक पर्ने बजेट विनियोजन र स्रोत अनुमान प्रस्तुत गर्न चाहन्छु ।

  • आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सामाजीक सुरक्षा भत्ता वाहेक जम्मा रु 3९ करोड 3३ लाख 25 हजार 5 सय 60खर्च हुने अनुमान गरेकोछु । कुल विनियोजन मध्ये चालुतर्फ रु 21 करोड 34 लाख 40 हजार (54.27 प्रतिशत) र पुँजीगततर्फ रु 17 करोड 98 लाख 85 हजार 5 सय ६० (45.73 प्रतिशत) रहेको छ ।
  • आगामी आर्थिक वर्षको व्यय अनुमानको विवरण (उपशिर्षकगत तथा खर्च शीर्षकगत समेत) गाउँपालिकाको विनियोजन विधेयक,२०७७ संगै पेश गरेको छु । यस विवरणमा पदाधिकारी र कर्मचारी तलव भत्ता, पानी तथा विजुली महसुल, घर भाडा, करार सेवा शुल्क,सवै कार्यक्रम खर्च,‍औषधि व्यवस्थापन खर्च,राहत उद्धार खर्च, शैक्षिक संस्थालाई अनुदान जस्ता प्रशासनिक प्रकृतिका चालु खर्चको लागि चालु खर्च शिर्षकमा  गत वर्षको तुलना रु 5 करोड 8१ लाख विनियोजन  गरीएकोमा आ.व ०७७/०७८को  चालु खर्चमा अत्यधिक कटौती गरी रु 4 करोड 87 लाख ४० हजार  रुपया मात्र विनियोजन गरेको छू । कुल बजेटको 28.64 प्रतिशत हुन आउँछ ।आगामी वर्षको वजेटमा  सामाजिक सुरक्षा भत्ता समावेश गरिएको छ ।
  • आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु ८ करोड ०२ लाख, संघिय सरकार पुजीगत सम्पुरक अनुदान वाट रु १ करोड ६७ लाख विषेश अनुदान वाट रु १ करोड ६० लाख प्राप्त हुने सिमा प्राप्त भएको छ । त्यसै गरी संघीय विभाज्य कोषबाट प्राप्त हुने राजश्व वाँडफाँड रु 5 करोड 9९ लाख ३ हजार ५ सय ६०, सशर्त अनुदान रु. १८ करोड १२ लाख, रुपयाको सिमा प्राप्त भएको छ । प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु १ करोड 2० लाख १२ हजार, प्रदेश राजश्व वाँडफाँड रु ३2 लाख 1१ हजार, प्रदेश सशर्त अनुदान रु. ९० लाख सम्पुरक अनुदान रु ५० लाख रुपयाको सिमा प्राप्त भएको छ । ,आन्तरिक राजस्वबाट प्राप्त हुने रु ५६  लाख ५० हजार प्राप्त हुने अनुमान गरिएको छ ।व्यहोर्दा रु ४4  लाख न्यून रहनेछ । सो न्यून पूर्ति गर्न चालु आर्थिक वर्षको असार मसान्तसम्म खर्च भई बाँकी रहने अनुमानित  नगद मौज्दात रु ४4 लाख  उपयोग गरिनेछ ।

सभाका सदस्यज्यूहरु,
अव  म आर्थिक वर्ष २०७७/७८ को लागि राजस्वका नीति प्रस्तुत गर्न चाहन्छु,

  • स्थानीय सरकारको क्षेत्रभित्रका करको आधार फराकिलो पार्दै आन्तरिक राजस्व वृद्धि गर्न कर तथा गैरकर राजस्वको अधिकतम परिचालन गर्ने नीति लिएकोछु ।
  • कर तथा गैरकर राजस्व संकलनलाई प्रभावकारी बनाउन कानुनी तथा संस्थागत सुधार गरिनेछ ।कर तथा गैरकरका दरलाई प्रगतिशील बनाई राजस्व परिचालन गर्ने व्यवस्था मिलाएको छु साथै कर सहभागिता वर्ष घोषणा गरीएको छ ।
  • रोडा, ढुङ्गा, गिटी, बालुवा, लगायतका दहत्तर बहत्तर शुल्क, विज्ञापन कर र मनोरञ्जन कर स्थानीय तहबाट संकलन गरी ग-४-२ राजश्व बाँडफाँड खातामा जम्मा गरी ६० प्रतिशत स्थानीय तहमा राखी ४० प्रतिशत प्रदेश सञ्चित कोषमा जम्मा हुने कानुनी व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ ।
  • गाउँपालिका भित्रका व्यापारिक र व्यावसायिक प्रकृतिका मनोरञ्जनका महोत्सव, उत्सव तथा मेला आदिमा मनोरञ्जन करको व्यवस्था मिलाईनेछ ।
  • गाउँपालिका भित्रमा परिवर्तित करका दरहरु आर्थीक एन २०७७ यसै साथ पेश गरेको छु
  • कर सम्वन्धी प्रस्ताव आर्थिक विधेयक,२०७७ यसै साथ प्रस्तुत गरेको छु । कर सम्वन्धी प्रस्ताव सम्वत २०७7 साल साउन १ गतेबाट लागू हुने व्यवस्था मिलाएकोछु ।

सभाका सदस्यज्यहरु,

  • यो बजेटको कार्यान्वयनमा नागरिक सहभागितालाई नागरिकको अधिकारको रुपमा स्थापित गरी स्वशासन र जनताद्वारा शासनको चरितार्थ गरी  जनताप्रति पूर्ण जिम्मेवारपूर्वक भूमिका निर्वाह गर्ने कार्यमा मंगला गाउपालीका  पूर्ण प्रतिवद्ध छ ।
  • यो बजेटको सफल कार्यान्वयनमा सवै पक्षको पूर्ण सहयोग रहने अपेक्षा गरेको छु ।साथै मुलुक भित्र र वाहिर रहनु भएका सवै नेपालीलाई समृद्ध मंगला, सुखी मंगलावासी निर्माणको हाम्रो महान यात्रामा सहभागी हुन आब्हान गर्दछु ।

गाउँसभा सदस्यज्यूहरु
५८.  उपरोक्तानुसारका योजना तथा कार्यक्रमहरु सफलतापूर्वक कार्यान्वयन भै पर्याप्त उपलब्धिहरु हासिल हुने अपेक्षा गरेको छु । अपेक्षित उपलब्धिहरुलाई समग्ररुपमा निम्न अनुसार उल्लेख गर्न चाहन्छु ।

  • मंगला गाउँपालिका अन्तर्गतका भौतिक पूर्वाधार विकासमा स्थानीय समुदायले विकासको अपनत्व ग्रहण गर्न र दिगोपनाको लागि कम्तिमा १५ प्रतिशत योगदान गरेका हुनेछन्,
  • मंगला गाउँपालिका अन्तर्गतका हरेक गाउँवस्तिमा पुग्नको लागि ग्रामिण सडकको निर्माण तथा सडकको स्तरोन्नती भएको हुनेछ,
  • गाउँपालिकाको आन्तरिक आय बढाउनको लागि विद्यमान श्रोतको पहिचान गरी व्यवस्थापन कार्यको शुरुवात हुनेछ,
  • कृषि, पशुपालन तथा वन क्षेत्रबाट आय–आर्जन वृद्धि हुनेछ,
  • एक वडा एक कर्षि / पशु पकेट श्रेत्र कायर्क्रम धोषणा वाट मगला गाउपालीकाका भित्रका युवा तथा जनशक्तिले पूर्ण रोजगारी प्राप्त गरी कृषिमा आत्म निर्भर गाउपालीका हुने छ ।
  • एक वडा एक वाल उधान निर्माण कार्क्रमले वाल वालिकामा सकरात्मक उर्जा को विकास हुनुको साथै स्वच्छ र भए रहित  सुन्दर नमुना गाउपालीका हुने छ ।
  • वन, वातावरण तथा विपद् व्यवस्थापनमा आम नागरिक सचेत भएर लाग्ने छन्,
  • ४० विद्यालयहरु तथा शैक्षिक संस्थाहरुका भवन निर्माण, मर्मत, कोठा थप, पुस्तकालय व्यवस्थापन आदि कार्य सम्पन्न भै शैक्षिक गुणस्तरमा थप सुधार आउनेछ
  • यूवा, महिला, अपाङ्गता भएका व्यक्तिहरु लगाएतका नागरिकहरुको सहभागितामा बैठक/भेला सञ्चाल हुने, विकासका क्रियाकलापमा जनसहभागिता बृद्धि भई सामाजिक सद्भाव कायम राख्ने जस्ता सामाजिक क्रियाकलापहरु एकीकृत सामुदायिक भवनबाट सञ्चालन हुनेछन,

गाउँसभाका सदस्यज्यूहरु !
माथि प्रस्तुत गरिए अनुसार आगामी आर्थिक वर्ष २०७७।२०७८ को आय तथा व्यय तर्फका योजना तथा कार्यक्रमहरु कार्यान्वयन गर्न मिति २०७७।०३।09 गतेको गाउँ कार्यपालिकाको बैठकले पारित गरेका निम्न नीतिगत निर्णयहरु निर्णयार्थ पेश गर्दछु ।

  • संघीय सरकारबाट प्राप्त सशर्त अनुदान तर्फका बजेट कार्यक्रम र संघीय एवम् प्रदेश सरकारबाट प्राप्त वित्तिय समानीकरण, राजश्व बाँडफाँड तथा आन्तरिक आय (राजश्व र यस चालु वर्षको संचित हुने रकम समेत गरी) समेतबाट विनियोजन गरिएका कार्यक्रमहरु कार्यान्वयनका लागि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७३ अनुसार गाउँपालिका अध्यक्षलाई अधिकार दिने ।
  • उपभोक्ता समिति समावेशी, पदाधिकारी नदोहोरिने गरी एवम् अध्यक्ष, सचिव वा कोषाध्यक्ष पदहरुमा कम्तिमा १ जना महिला सदस्य रहने गरी ५ देखि १३ जना सदस्य हुने गरी गठन गर्ने । साथै उपभोक्ता समिति, वडा समिति र गाउँपालिका स्तरबाट समेत अनुगमन हुने गरी प्रचलित मान्यता कायमै राखी तोकिए अनुसार समिति गठन गरिनेछ । संघीय आर्थिक कार्यविधि नियमावली ,२०६४ को दफा ९७ को उपदफा ५ बमोजिम द्विपक्षिय वा बहुपक्षिय सम्झौतामा उल्लेख भएकोमा बाहेक उपभोक्ता समितिलाई बढीमा ३0 प्रतिशत पेश्की दिने तथा रु. ३ लाख भन्दा कमका योजनाहरुका लागि पेश्की नदिने तथा कामको प्रकृति र अवस्था हेरी वोल पत्रको माध्यम वाट योजनाको कार्य सञ्चालन गरीने गरी व्यवस्था मिलाएकोछु ।
  • काबु बाहिरको परिस्थितिमा बाहेक उपभोक्ता समितिले तोकिएको समयमा कार्य सम्पन्न नगरी म्याद थपको लागि अनुरोध गरेमा प्राविधिक प्रतिवेदनका साथै सम्बन्धित वडा समितिको निर्णय सहितको सिफारिसका आधारमा योजना अवधिमा १ पटक बढीमा २१ दिन सम्म म्याद थप्न सकिने ।
  • द्विपक्षिय वा बहुपक्षिय सम्झौतामा उल्लेख भएकोमा बाहेक र क्रमागत योजना तथा कार्यक्रमहरु बाहेक टाई बिम पिल्लर ढलान सहितका घर अथवा कोठाहरुको निर्माण संरचनाका योजना तथा कार्यक्रमहरु चैत्र मसान्त सम्ममा मात्र सम्झौता गर्ने ।

गाँउ सभा सदस्यज्यूहरु
अन्तमा, यो बजेट तर्जुमाका लागि मार्गदर्शन गर्नुहुने गाउँपालिका अध्यक्ष, गाउँसभाका सदस्यहरु, विभिन्न राजनीतिक दल, निजी क्षेत्र, वैक वित्तिय सस्थान सहकारी क्षेत्र र नागरिक समाजका व्यक्तित्वहरु तथा पत्रकार जगतबाट प्राप्त सुझाव, सहयोग र सल्लाह दिनुहुने सवै प्रति हार्दिक आभार प्रकट  गर्दछु । मंगला गाउँपालिकाको योजना तथा बजेट तर्जूमाको सन्दर्भमा अहोरात्र खटी सहयोग पुर्र्याउनु हुने मंगला गाउँपालिकाका वडा अध्यक्ष तथा सदस्यज्यूहरु प्रति विशेष आभार व्यक्त गर्न चाहन्छु । यसै गरी मंगला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री कृष्ण प्रसाद गौतम लगाएत सम्पूर्ण कर्मचारीहरु प्रति धन्यवाद दिन चाहन्छु । यस कार्यमा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा सहभागि हुनु भएका सम्पूर्ण नागरिकहरु प्रति समेत कृतज्ञता व्यक्त गर्न चाहन्छु ।
धन्यवाद!