- Loading...
कोरना भेटिएपछि मुस्ताङको तिब्बती शरणार्थी क्याम्प सील
- पुनहिल डट कम
- ४ साल अघि
- १६३ पटक पढिएको

हिमालपारीको जिल्ला मुस्ताङ्गमा शनिवार एक बृद्ध तिब्बती शरणार्थीमा कोरना संक्रमण पुष्टी भएपछि कन्ट्याक ट्रेसिङ गर्न घरपझोङ गाउँपालिका, १ छैरो तिब्बती शरणार्थी क्याम्प सील गरिएको छ ।
हिउँदमा जाडो छल्न झरेका ८३ बर्षिय बृद्ध समेत छैरो क्याम्पका २० जना शरणार्थीको टोली लकडाउनले काठमाण्डौ रोकिएकोमा खुकुलो भएपछि जेठ ३१ गते मुस्ताङ्ग प्रवेश गरेका थिए । मुस्ताङ प्रवेश गर्नेक्रममा आरडिटी परिक्षण गर्दा बृद्धमा पोजेटिभ देखिएपछि जोमसोम स्थित आईसोलेसनमा राखिएको थियो ।
सुगर तथा प्रेसरका विरामी समेत रहेका बृद्धलाई क्वारेन्टाईनमा नराखी आईसोलेसनमा राखिएको कोरना भाईरस संक्रमण प्रकोप कन्ट्रोल कमाण्ड पोष्ट मुस्ताङले जनाएको छ । पोष्टका अनुसार बृद्ध र उनका सुसारे बसेका ज्वाई समेत दुई जनाको २ गते स्वाब संकलन गरी पठाईएको र पोखरामा पिसिआर गर्दा बृद्धमा कोरना संक्रमण पुष्टी भएको हो । उनका सुसारे बसेका ज्वाईको पिसिआर रिपोर्ट भने नेगेटिभ छ ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार घरपझोङ गापा, १ छैरो तिब्बती शरणार्थी क्याम्पमा १ सय ६० जना बस्दै आएकोमा लकडाउनले केही पोखरा, काठमाण्डौ मै अड्केकोले हाल क्याम्पमा ९० जना रहेका छन । यी मध्य कोरना संक्रमित बृद्ध, उनकी छोरी, ज्वाई समेत २० जना जेठ ३१ गते मात्र मुस्ताङ आएर क्याम्प बसेका हुन ।
‘तिब्बती शरणार्थी क्याम्प सीलगरी कन्ट्याक ट्रेसिङ सुरु गरेका छौं । कन्ट्याक ट्रेसिङपछि उनीहरुको स्वाब संकलन गरी पिसिआर टेष्ट गर्ने तयारीमा छौं’ प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले भने, ‘संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
