FLASH NEWS
  • Loading...

७१ बर्षपछि शुन्य रह्यो अन्नपूर्ण हिमाल

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १२९ पटक पढिएको
७१ बर्षपछि शुन्य रह्यो अन्नपूर्ण हिमाल

जुन ३ अर्थात अन्नपूर्ण दिवस । फ्रान्सेली पर्वतारोही मौििस हार्जोगले सन् १९५० जुन ३ गते ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा मानव पाईला परेको दिनलाई अन्नपूर्ण दिवस मनाउने गरिन्थ्यो ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरना भाईरस संक्रमणको त्रासले अन्नपूर्ण हिमाल आरोहण तथा अन्नपूर्ण चक्रिय मार्ग ७१ बर्षपछि शुन्य छ । अन्नपूर्ण हिमाल वरपरका वस्तीमा पर्यटक नआएका माक्र होईन कोरना संत्रमणको त्रास र लकडाउनले गर्दा गाउँले समेत वल्लो–पल्लो गाउँमा आवत–जावन गर्देनन ।
मौरिसले अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्न जाँदा प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले ‘मौरिस हर्जोग पदमार्ग’ नामाकरण गरी भ्रमण वर्ष २०२० मा धेरै पर्यटकलाई ल्याउने योजना बनाएको थियो ।
‘यो बर्ष अन्नपूर्णमा धेरै पर्यटक ल्याउने तयारीमा थियौं । कोरना महामारीले अन्नपूर्ण दिवस मात्र होईन, हाम्रा सपना पनि खाईदियो । विहान छ्याङ्ग खुलेको अन्नपूर्ण हिमाल हेरेर प्रथम आरोहण र दिवसको स्मरण गरियो’ मौरिस हर्जोग पदमार्ग निर्माण समितिका अध्यक्ष तेजबहादुर गुरुङ्गले भने, ‘आज विहान अन्नपूर्ण–धौलागिरी हिमालमाथी बादल थिएन ।  खुव हाँसेका थिए, छिट्टै कोरना संकट अन्त्य होला, पर्यटक फेरी फर्किन्छन भन्ने लागेको छ ।’

फान्सेली पर्वतारोही मौरिस हार्गोजको टोलीले नर्थ वेस क्याम्पहुँदै ७१ बर्ष अघि जुन ३ तारेखमा ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका थिए । उनै पर्वतारोही मौरिसले हिंडेको बाटोलाई सुधार तथा मर्मतपछि छोटो र सजिलो बनाई अन्नपूर्ण गाउँपालिकाले पदमार्ग पहिचान, सुधार र प्रर्वद्धनगरी प्रचलनमा ल्याएको हो ।
अन्नपूर्ण आरोहणको तीन बर्षपछि मात्र सगरमाथा आरोहण भएकोले पर्वतारोहणको हिसावले अन्नपूर्णलाई जेठो हिमाल भन्ने गरिन्छ । अन्नपूर्ण गाउँपालिका वडा नं ४ मा अन्नपूर्ण हिमश्रखलाका अन्नपूर्ण प्रथमसहित निलगिरी साउथ र बराह शिखर हिमाल अवस्थित छन ।
अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्न मुस्ताङ्गको घाँसाहुँदै जाने प्रचलित नर्थ वेस क्याम्पको कठिन, जोखिमपूर्ण र १४ दिन लामो  पदमार्गको विकल्पमा सहज, सुविधा युक्त, ६ छोटो अझ हिमाल फेदीसम्म गाडी चढेरै जाने हो भने ३ दिनमा अन्नपूर्ण नर्थ वेस क्याम्प सजिलै पुग्न सकिन्छ । अन्नपूर्ण नर्थ वेस क्याम्प निलगिरी साउथको पनि साझा वेस क्याम्प हो ।
पोखराबाट ७६ किलोमिटर गाडीमा बेनी र बेनी–जोमसोम सडकको २४ किलोमिटर कालीगण्डकी नदी पछ्याउँदै उत्तर लागेपछि पुगिन्छ, नारच्याङ वेंशी (१३३० मी) । नारच्याङ अन्नपूर्ण नर्थ वेस क्याम्प पुग्ने मौरिस हर्जोग पदमार्गको पहिलो र अन्तीम वस्ती हो । अन्नपूर्ण नर्थ वेस क्याम्प पुग्न नारच्याङबाट दुई वटा विकल्प छन, पैदल वा गाडी ।
कच्ची सडकमा निलगिरीखोला जलविधुत आायोजनाको मुहान रहेको छोटेपासम्म गाडीमा गै त्यहाँबाट निलगिरी र अन्नपूर्ण हिमालबाट झर्ने हुमखोला दोभान (२८८३ मी) मा बास बस्न पुगिन्छ । हुमखोलाबाट दोस्रो दिन भुस्केटमेला (३६५९मी) तेस्रो दिन अन्नपूर्ण र निलगिरीको संयुक्त वेस क्याम्प पुग्न सकिन्छ । चौंथा दिन अन्नपूर्ण नर्थको हाई क्याम्प पुग्न सकिन्छ ।