FLASH NEWS
  • Loading...

सरकारको ऐतिहासिक निर्णय, अब नेपालको लिपुलेकसहित नयाँ नक्सा

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १७६ पटक पढिएको
सरकारको ऐतिहासिक निर्णय, अब नेपालको लिपुलेकसहित नयाँ नक्सा

मन्त्रिपरिषद्‍ बैठकले लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको नेपालको नयाँ नक्सा पारित गरेको छ । सोमबारको मन्त्रिपरिषद्‍को बैठकले नक्शा पारित गरेको भूमि व्यवस्था, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‌मा अर्यालले बताइन्। हिजो बसेको मन्त्रिपरिषद्को बैठकमा मन्त्री अर्यालले नक्शा प्रस्तुत गरेकी थिइन्।
भूमि व्यवस्था मन्त्रालयले तयार पारेको नयाँ नक्सामा औपचारिक रुपमा छलफल सोमबारको बैठकमा भएको थियो । सरकारको नीति तथा कार्यक्रमा पनि नयाँ नक्सा जारी गर्ने विषय उल्लेख थियो ।