FLASH NEWS
  • Loading...

बास नपाएर अलपत्र चिनियाँ पर्यटकको उद्घार

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ७३ पटक पढिएको
बास नपाएर अलपत्र चिनियाँ पर्यटकको उद्घार

बास नपाएर अलपत्र परेका दुई जना चिनियाँ पर्यटकलाई रघुगंगा गाउँपालिका, १ बेगबाट प्रहरीले उद्धार गरी सदरमुकाम बेनीमा ल्याएको छ ।

महिनादेखी नेपाल भ्रमणमा रहेका दुई चिनियाँ पर्यटक बेनी–जोमसोम सडकको १५ किमी माथी बेगखोलाबाट माथी बेगगाउँमा पुगेका थिए । चैत १० गते स्थानीय खाजा घरमा आफ्नो पहिचान सहित बास बसेका चिनियाँ पर्यटक मंगलवार गाउँ निक्लेपछि स्थानिय त्रसित भै रघुगंगा गापा, २ भगवती स्थित प्रहरी चौकीलाई खवर गरेका थिए ।

चीन महामारीको रुपमा विश्वभर फैलिएको कोरना भाईरसको उद्गमस्थल भएकोले चिनियाँ पर्यटकदेखी स्थानीय त्रसित भएका हुन । कोरना भाईरस संक्रमण रोक्न नेपाल सरकारले देशभर लक डाउन गरेपछि यातायातका साधन नचलेको र स्थानीयले बास बस्न नदिंदा अलपत्र परेका चिनियाँ पर्यटकलाई प्रहरीले बुधवार उद्धार गरी सदरमुकाम ल्याई एक होटलमा सुरक्षित बस्ने ब्यवस्था मिलाएको हो ।

‘कोरना भाईरसको उद्गम थलो चीन भएकोले चिनियाँ पर्यटक भन्ने वित्तिकै स्थानिय त्रसित भै प्रहरीलाई खवर गरेकोले हामीले बुधवार उनीहरुको उद्धार गरी बेनी ल्याएका हौं । उनीहरु होटलमा सुरक्षित गरिएको छ’ प्रहरी नायव उपरिक्षक किरणजंग कुँवरले भने, ‘दुई महिनादेखी नेपालमा रहेका उनीहरु स्वस्थ्य छन, उनीहरु कोरना भाईरस संक्रमित होईनन । डराउनु पर्दैन ।’