FLASH NEWS
  • Loading...

कालीगण्डकीमा र्‍याफ्टिङ्ग भन्दै क्याकिङ संञ्चालन

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १०९ पटक पढिएको
कालीगण्डकीमा र्‍याफ्टिङ्ग भन्दै क्याकिङ संञ्चालन

कालीगण्डकी नदीको गलेश्वर–बेनी ३ किलोमिटर क्षेत्रमा साहसिक जलयात्रा र्‍याफ्टीङ संञ्चालन संभावना अध्ययन गर्न खोजिएकोमा ‘क्याकिङ्ग’ मात्र गरिएको छ ।

म्याग्दी होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघको पहलमा ब्यवसायी कम्पनी रेजिङ रिभर रनर प्रालिका ब्यवसायीक चालकलाई बोलाईएकोमा कम्पनीले र्‍याफ्ििटङ भन्दै कायकिङगरी फर्केको हो ।

अघि म्याग्दी उद्योग वाणिज्य संघले म्याग्दी महोत्सवमा गलेश्वर–बेनी ब्यवसायीक नौकाविहार (र्‍याफ्टिङ्ग)को सफल प्रयोग गरेको हो । जलयात्रा बेनीबाट शुरु हुने भएपनी यात्राको दिन लम्बाउन कालीगण्डकीको बेनी–गलेश्वर खण्डमा छोटो तर रमाईलो र्‍याफ्ििटङ संञ्चालन गर्न संघले प्रयास थालेको हो ।

‘कालीगण्डकीको बेनी–गलेश्वर खण्डमा छोटो जलयात्राको ब्यवसायीक ब्यवसायीक संभावन अध्ययन गर्न प्राविधिक टोली बोलाएका हौं’ होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष बाबुराम (ताराप्रसाद) आचार्यले भने  तर कम्पनीले क्यायकिङ पठाएछ । नदीमा ब्यवसायीक र्‍याफ्टिङको टेक्निकल पाटो अध्ययन भैरहेको छ । छिट्टै टुङ्गोमा पुग्छौं ।’

सामान्यतः सलल बग्ने नदीमा १२–१५ जना एउटै हावा भरिएको रवरको विशेष बोटमा बसेर सवैले वा २ जनाले प्याडल चलाउँदै जलयात्रा गरिने माध्यमलाई र्‍याफ्टिङ भनिन्छ । तर लामो अघि र पछि चुच्चो परेको वलियो र कडा प्लास्टिकबाट बनेको क्यायकिङ सामान्यत ः एक जना यात्रु बसेर बुर्कुसी मार्ने र छाँगा परेको नदीमा गरिने साहसिक जलयात्रा हो । क्याकिङ र र्याफिटीङ उही नदीमा गरिने जलयात्रा भएपनी नदीको बहाव फरक फरक हुन्छ ।

सन् १९९१ देखी बेनीबाट कालीगण्की नदीमा ब्यवसायीक जलयात्राको शूरु भएको हो । बेनीदेखी स्याङ्जाको मिर्मीसम्म ६० किलोमिटर कालीगण्डकी नदीमा र्‍याफ्टिङ्ग तथा क्याकिङ्ग गर्ने गरिन्छ । यो सिजन नदीमा र्‍याफ्टिङ्ग तथा क्याकिङ्गकालागी उपयुक्त सिजन हो । साहसिक जलयात्रा गर्ने बढी विदेशी पर्यटक हुन्छन ।

पर्यटकहरुले गलेश्वरबाट शुरु गरेका छन् । र्‍याफ्टीङ ब्यवसायीका अनुसार जलपर्यटककालागी भिरालो पहाडबाट बुर्कुसी मार्दै झरेको कालीगण्डकी उपयोगी र रमाईलो नदी हो । कालीगण्डकी र म्याग्दी नदीमा जलपर्यटक बढेपनी नदी किनाराका बस्तीबाट सोझै मिसाईएका ढल तथा फोहोरले नदी प्रदुसित बन्दै गएको जलयात्रीले गरेका छन् ।

कालीगण्डकी जलयात्राकालागी पहिलोदिन बेनीदेखी मोदीखोलासम्म, दोस्रो दिन पुर्तिघाट र तेस्रो दिन मिर्मीसम्म जलयात्रा गर्ने गरिन्छ । यसरी कालीगण्डकीमा जलयात्रा गर्दा पहिलो दिन नदीको छाल तरङ्गको आधारमा पहिलो, दोस्रो, तेस्रो र चौथो छलाङ्गको छुट्टाछुट्टै नामले चिन्ने गरिन्छ ।