FLASH NEWS
  • Loading...

सागमा इतिहास रच्दै महिला भलिबल टोली फाइनलमा

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३४५ पटक पढिएको
सागमा इतिहास रच्दै महिला भलिबल टोली फाइनलमा

नेपाल घरेलु भूमिमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) प्रतिभा मालीको उत्कृष्ट प्रदर्शनप्रेरित नेपालले आज श्रीलंकालाई  हराउँदै फाइनलमा स्थान बनाएर इतिहास रचेको छ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार भएको दोस्रो सेमिफाइनलमा श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल स्वर्ण नजिक पुगेको हो ।
नेपालले श्रीलंकामाथि २५-१४, २५-१८ र २५-२१ को जित निकाल्यो । नेपालको जितमा प्रतिभा मालीले सर्वाधिक २० अंक जोडिन । यस्तै सरस्वती चौधरीले १७ अंक जोडिन ।
श्रीलंकालाई हराएसँगै नेपालले ऐतिहासिक रजत पदक पाउने पक्का भएको छ । नेपालले अहिलेसम्म सागमा कास्य पदक मात्र जितेको छ ।
अब नेपालले स्वर्णको लागि भारतसँग खेल्नेछ । भारत पहिलो सेमिफाइनलमा माल्दिभ्सलाई ३-० को सेटमा हराएर फाइनल पुगिसकेको छ ।