FLASH NEWS
  • Loading...

हर्षबढाई सहित फुलपाती भित्राईयो

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ९४ पटक पढिएको
हर्षबढाई सहित फुलपाती भित्राईयो

म्याग्दी, १८ असोज ।
वडा देशैंको सप्तमीका दिन देशभरका दुर्गाभगवतीका मन्दीरमा धुमधामसाथ फुलपाती भित्राउने गरिन्छ । म्याग्दीको बेनी स्थित कोटमन्दिर लगाएत घारकोट, भागवतीकोट, घतानकोट, ज्यामरुककोट र ताकमकोट समेतका दुर्गाभगवती मन्दीरमा धुमधाम हर्षबढाई सहित फुलपाती भित्राईएको छ ।

शास्त्रीय नाम नवपत्रिका, संस्कृतको पत्रम् शब्दबाट पत्रिका भयो । बोलिचालीको भाषामा फूलपाती पनि भनिन्छ । दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन हिन्दु धर्मावलम्बीले घर–घरमा फूलपाती भित्र्याउँछन् ।
केरा, हलेदो, दारिम, अशोक, जयन्ती, माने, बेल, उखु, धानको बाला वा अन्य नयाँ पालुवासमेत फूलपातीका रूपमा शुभसाइतको प्रतीक मानी दसैंघर वा पूजाकोठामा भित्र्याउने चलन छ ।