FLASH NEWS
  • Loading...

कालीपुल युनाईटेड कप आयोजककै पोल्टामा

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १९५ पटक पढिएको
कालीपुल युनाईटेड कप आयोजककै पोल्टामा

शनिवार बेनीको खुल्ला मञ्चमा सम्पन्न तेस्रो कालीपुल युनाईटेड कप ९ ए साईड खुल्ला फुटवल प्रतियोगिताको उपाधी आयोजककै पोल्टामा परेको छ ।
आयोजक कालीपुल युटाईटेड र पर्वत वेनीको उत्साही युवा क्लव विचको फाईनल खेलको पहिलो र दोस्रो हाफमा १–१ गोल बाँडेपछि खेल बराबरीमा पुग्दा टाईव्रेकरमा गएको थियो ।

टाईब्रेकरमा कालीपुल युनाईटेडका गोल रक्षक आशिष थापाले उत्साही समुहका प्रविन शाहीले प्रहार गरेको वललाई जाली चुम्न रोकेपछि आयोजकको पोल्टामा कप परेको थियो ।
१७ टिम सहभागी कालीपुल युनाईटेड कप फुटवल प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ३५ हजार ५ सय ५५ र दोस्रोलाई ७५ हजार ५ सय ५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारे ।

त्यसैगरी अनुसाशित टिमलाई ७ हजार ७ सय ७७, उत्कृष्ट खेलाडी, डिफेण्डर, मिडफिल्ड, गोलकर्ता र गोलरक्षकलाई जनही ५ हजार ५ सय ५५ नगद पुरस्कार गरिएको क्लवका अध्यक्ष विकास पुनले बताए ।