FLASH NEWS
  • Loading...

कालीपुल युनाईटेड कप फुटवल सुरु

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १६३ पटक पढिएको
कालीपुल युनाईटेड कप फुटवल सुरु

म्याग्दी, ७ असोज ।
सदरमुकाम बेनीको खुल्ला मञ्चमा मंगलवारदेखी तेस्रो कालीपुल युनाईटेड कप ९ ए साईड खुल्ला फुटवल प्रतियोगिताको सुरु भएको छ ।

विकास र शान्तिकालागी युवा नेतृत्व मुल नारासहित सुरु प्रतियोगिताको प्रतिनिधी सभा सदस्य भुपेन्द्रबहादुर थापाले उद्घाटन गरे । प्रतियोगिता असोज ११ गतेसम्म संञ्चालन गर्ने योजना छ ।

१७ टिम सहभागी कालीपुल युनाईटेड कप फुटवल प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ३५ हजार ५ सय ५५ र दोस्रोलाई ७५ हजार ५ सय ५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र राखिएको छ ।

त्यसैगरी अनुसाशित टिमलाई ७ हजार ७ सय ७७, उत्कृष्ट खेलाडी, डिफेण्डर, मिडफिल्ड, गोलकर्ता र गोलरक्षकलाई जनही ५ हजार ५ सय ५५ नगद पुरस्कार गरिएको क्लवका अध्यक्ष विकास पुनले बताए ।