FLASH NEWS
  • Loading...

वियर एउटाले पिउँछ, गरिवलाई सास्ती

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ३०३ पटक पढिएको
वियर एउटाले पिउँछ, गरिवलाई सास्ती

२१ भदौ ।
मदिरा खानेले स्वाद र मनोरन्जन लिए, वेच्नेले पैसा कमाए । स्थानियले सास्ती भोग्दैछन । कसरी ?
वस्ती देखी केही परेको बारीमा घाँस काट्ने क्रममा अन्नपूर्ण गाउँपालिका, ६ चित्रेका भक्तबहादुर पुनको खुट्टामा सिसा गाडियो । सिसाले काटेको घाउ विसायो (इन्फेक्सन) र पाक्यो । गाउँको उपचारले भएन । पोखरा पुग्नु पर्‍यो । सवै उपचार गर्दा उनको ५० हजार खर्च भयो । भक्तबहादुरको खुट्टामा गाडिएको सिसा फुटेको टुवोर्ग वियरको वोटल थियो ।
भक्तबहादुर उदाहरण मात्र हुन । वर्षेनी खेतवारी काम गर्दा वा वनमा घाँसदाउरा गर्दा यत्रतत्र फालिएका सिसा गाडिएर घाईते हुने गाउँलेको संख्या धेरै छ । गाउँगाउँ पुगेका वियर र अन्य मदिराका रिक्ता बोटलहरु ब्यवस्थित नहुँदा गाउँलेका बारी र वनजंगलमा पुगेका छन । एउटाले सेवन गरेको अर्कोले वेचेर पैसा कमाएको मदिराको खाली वोटलबाट भने निर्दोष कृषक पीडित भैरहेका छन ।
‘वस्ती क्षेत्रमा यत्रतत्र थुप्रो लागेका वोटलहरुले प्रदुषणमात्र गरेको छैन, फुटेका सिसाका टुक्राहरु खेतवारी तथा वाटोमा पुगेकोले स्थानियको खुट्टामा गाडिने समेतका दुर्घटना भैरहेका छन’ अन्नपूर्ण गाउँपालिका, ६ पोखरे स्थित होटल ह्वाईट माउण्टेनकी विष्णु गर्वुजाले भनिन, ‘यस्ता सिसा र पल्यास्टीकजन्य फोहोर उत्पादकले नै फिर्ता गर्न आवश्यक छ । स्थानीय सरकारले वातावरण कर लिएर यस्ता फोहोर ब्यवस्थापन आवश्यक छ ।’
जिल्लाका प्रायःसवै वस्तीमा वियर समेतका सिसाजन्य मदिराका वोटलहरु समस्या भएका छन । गाउँ गाउँ पुर्‍याईएका यस्ता सिसा वोटलहरु यत्रतत्र फालिँदा फुटेर दुर्घटना मात्र निम्त्याएको छैन, पुरै वस्तीलाई प्रदुषण बढाएको छ । फोहोरको थुप्रोले कुरुप बन्न थालेका छन ।
सडक संञ्जालमा जोडिएका सवै दुर्गम भेगका वस्तीहरु झन बढी मदिराका सिसा जन्य बोटल र कोकाकोला, फेन्टा, स्पाईट लाएत चिसो पेयपदार्थ, पानीका बोटल, चाउचाउ, विस्कुट, चकलेटका प्लाष्टिकजन्य फोहोरबाट बढी प्रदुषित भएका छन ।
वस्ती तथा पदमार्ग यत्रतत्र सिसाको बोटलहरुको थुप्रो लाग्न थालेपछि पर्यटकिय वस्ती घोडेपानीका ब्यवसायीले ठूला ठूला खाल्डोमा पुर्न थालेका छन । सिसाजन्य बोटलहरु खच्चड तथा मान्छेले बोकेर पर्यटकिय वस्तीका होटलहरुमा पुर्‍याईने भएपनि पुनःप्रयोगकालागी फिर्ता लैजाने ब्यवस्था नहुँदा समस्या भएको हो । वियरसमेत विभिन्न मदिराका सिसाजन्य बोटलले प्रदुषण बढाएपछि पर्यटकीय क्षेत्रमा खाडल खनेर बोटललाई पुर्ने गरिएको छ ।
पर्यटकीय वस्तीमा मात्र होईन वस्ती भन्दा माथिल्लो क्षेत्रका हिमाली पदमार्ग र वेस क्याम्पमा पनि यस्ता सिसाजन्य बोटलहरु समस्याको रुपमा छन । यस्ता सिसा र टिनका बोटलहरुले हिमाली पर्यावरणमा गम्भीर प्रभाव परिरहेको छ । धौलागिरी वेस क्याम्प लगाएत अन्नपूर्ण, निलगिरी, चुरेन समेतका हिमाली क्षेत्रमा यत्रतत्र सिसाका बोटल र क्यानका बोटलले फोहोर भएका छन ।
फोहरमैला ब्यवस्थापन ऐन ०६८ ले हानीकारक, स्वास्थ्य संस्थाजन्य फोहरमैला, रसायनिक फोहरमैला, औधोगिक फोहरमैलाको ब्यवस्थापन भने संवन्धित ब्यक्ति वा संस्थालाई नै तोकेको भएपनि अनुगमन नहुँदा कार्यान्वयन भएको छैन । नसड्ने र जोखिमयुक्त यस्ता सिसाजन्य फोहोर उत्पादक कम्पनीहरुले नै फिर्ता लैजानु पर्ने हो तर वास्ता गरिएको छैन ।