FLASH NEWS
  • Loading...

आहा, नारच्याङ

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ३३७ पटक पढिएको
आहा, नारच्याङ

म्याग्दी, २७ साउन ।
अन्नपूर्ण र निलगिरी हिमालको फेदीमा अवस्थित छ, दलित मिश्रित मगर वस्ती नारच्याङ्ग ।
नारच्याङ्ग वस्तीको शिरमाथीबाट झर्ने छहराको सौन्दर्यलाई गाउँको पुछारबाट हेर्दा कुनै षोडषीले ‘सावरथाथ’ गरे झै कामुक देखिन्छ । गाउँका दुई कोखामा थुम्का हरिया डाँडाले सौन्दर्यमा मादकता थपेका छन । पर्यटकले नारच्याङ्गको सौन्दर्यलाई क्यामेरामा कैद गरेपछि पनि धित नमर्दा दोहोर्‍याएर हेर्ने गर्छन ।
धौलागिरी र अन्नपूर्ण, निलगिरी हिमालको विचमा कालीगण्डकी नदीको निरन्तर कटानले बनेको संसारकै सर्वाधिक गहिरो ‘अन्धगल्छी’ नारच्याङ्ग गाउँमै पर्छ । परम्परागत अन्नपूर्ण पदमार्ग सडक निर्माणले धुलो र ध्वनीबाट प्रदुषित बनेपछि प्रस्ताव गरिएको तातोपानी–घाँसा–जोमसोम–मुक्तिनाथ बैकल्पिक पदमार्ग र तातोपानी–खोप्रा–महरे–नागी सामुदायीक पदमार्गको प्रस्थान विन्दु नारच्याङ्ग हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), अन्नपूर्ण गाउँपालिका र हिमालय संरक्षण संस्था (आईएचसी)ले नारच्याङ्गलाई ग्रामिण पर्यटन गन्तब्य बनाउन काम गरिरहेका छन ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले प्रस्ताव गरेको वैकल्पिक पदमार्गमा पछिल्लो पटक पर्यटकको चहलपहल बढेको छ । पर्यटक आउन थालेपछि स्थानियले उपयुक्त विसौनीमा टि हाउस, रेष्टुरेन्ट र होटल/लज खोल्न थालेका छन । बैकल्पिक पदमार्गका वस्ती पर्यटककालागी ‘भर्जिन गन्तब्य’ बनेका छन ।
‘गाउँमा आउने पर्यटक बढेका छन । हामीले पनि पूर्वाधार निर्माण तथा ब्यवस्थापन शुरु गरेका छौं’ पर्यटन ब्यवसायी तेजबहादुर गुरुङ्गले भने, ‘विभिन्न चोक र गल्लीमा पदमार्गका ठाउँ–ठाउँमा सूचना नक्सा राख्न थालेका छौं ।’
पदमार्गका रमणीय गन्तब्य नारच्याङ्ग पर्यटककालागी तातोपानीमा अन्धगल्छी, रुप्से, नारच्याङ्ग झरना, निलगिरी, टुक्चेपीक र धाौलागिरी दृष्यावलोकन गर्न र नजिकैको कालीगण्डकी नदी किनारामा रहेको प्राकृतिक तातोपानीको पोखरीमा डुबुल्कि लगाएर आनन्द लिनकालागी उपयुक्त छ ।
नारच्याङ्ग साँस्कृतिक पर्यटनकालागी पनि गज्जवको गन्तब्य हो । परम्परागत मगर भेषभुषा, नृत्य हेर्ने चाहने पर्यटककालागी आमा/बाबा समुह तयारी अवस्थामा हुन्छन । रोधीमा रस भएका आन्तरिक पर्यटककालागी स्थानिय आमा समुहलाई निश्चित शुल्य बुझाएर, रातमा रोधी/दोहोरी गाउन पाईन्छ ।
होटल/रेष्टुरेन्टमा मात्र होईन घरबास गर्ने पर्यटकको रुचि अनुसार कोदोको खोयविर्केदेखी अन्तराष्ट्रिय ब्राण्डका मदिराकालागी अर्गानिक तरकारी, च्याउ, सिस्नु, सिमी र रैथाने बोकाको मासु उपलब्ध छन । होटलको झ्यालबाटै झरझर गर्दै झर्ने पातले झरनाको सुन्दर दृष्यपान गर्दै अगेनोको छेउमा बसेर तीनपानेसँगै लोकल कुखुरा वा बोकाको माशुले दाँत माझ्नुको मज्दै छुट्टै ।
नारच्याङ्ग गाउँ क्षेत्रमा मात्र सानाठूलागरी एक दर्जनबढी जलविधुत आयोजना निर्माणाधिन र केही प्रकृयामा रहेकोले ‘हाईड्रो भिलेज’ भनेर पनि परिचित हुन थालेको छ । सदरमुकामबाट हिमालपारीको जिल्ला मुस्ताङ्ग जाने सडकबाट स्थानिय यातायातका सवारी वा निजी सवारी साधनबाट दुई घन्टामा पुग्न सकिने पर्यटकिय गन्तब्य नारच्याङ्गमा मध्यम स्तरका सुविधायुक्त ग्रामिण होटल/रेष्टुरेन्ट उपलब्ध छन । मुस्ताङ्ग भ्रमणमा आएका र ग्रामिण पर्यटनको स्वाद लिन चाहने पर्यटककालागी नारच्याङ् गज्जवको गन्तब्य हो ।