FLASH NEWS
  • Loading...

गुर्जा ः ‘एडभेन्चर इको ट्रेल हव’

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २०१ पटक पढिएको
गुर्जा ः ‘एडभेन्चर इको ट्रेल हव’

म्याग्दी, ३ साउन ।
एउटा वस्तीको कति वटा परिचय हुन्छ ? सायद एक दुई वटा । तर म्याग्दीको एक अल्पसंख्यक छन्त्याल जातीको बसोबास रहेको गुर्जा गाउँ एउटा भएपनि परिचय भने धेरै छन ।
जिल्लामा प्रचलित उखान नै छ, ‘टुप्पी देखी माथी ठाउँ छैन, गुर्जादेखी माथी गाउँ छैन’ । गुर्जा, चुरेन र पुथा हिमालको फेदीमा अवस्थित गुर्जा गाउँबाट सवै भन्दा नजिकको मानव वस्तीमा पुग्न कम्तीमा ८ घन्टा पैदल यात्रा गर्नु पर्ने भएकोले गुर्जालाई ‘लुकेको वस्ती’, ‘दुरवस्ती’, ‘एकल वस्ती’ तथा एउटा जिवित मानव संग्राहलय पनि भन्ने गरिएको छ ।

धौलागिरी गाउँपालिका, १ मा पर्ने परम्परागत शैलीका घर गुचुमुच्च परेको वस्ती गाउँ छन्त्याल जातीको जीवन, सभ्यता र संस्कृति हेर्ने सानो आँखी झ्याल पनि हो । धौलागिरि हिमश्रृखलामा पर्ने चुरेन, पुथा र गुर्जा हिमालको जरोमा असंख्य खोंच र गल्छीका विकटता भित्र लुकेका वस्ती, गुर्जाको जीवन शैली रोचक छ । गाई, भैसी, भेडा पालन र मकै, आलु र गहुँ/जौको खेतीबाट जीविकोपार्जन गर्ने गुर्जाबासीको मुख्य आम्दानीको श्रोत भने यार्चागुम्बा, जंगली च्याउ समेतका जडिबुटीको ब्यापार हो । यो गुर्जावासीको अनिवार्य बाध्यता पनि हो ।
हिमालमुनी लुकेको छन्त्याल जातीको सवैभन्दा ठुलो वस्ती गुर्जा खासमा ‘हर्वल हव’ पनि हो । सानो तर समथर हिमाली उपत्यका गुर्जा पुग्न कठिन भएपनि पुगेपछि भने मनोमोहक छ । ‘हर्वल हव, गुर्जा’ मा घरबास, सामुदायीक होटेल सहितको इको टुरिजम । गुर्जा विभिन्न बहुमुल्य जडिबुटी पाईने हर्वल हव मात्र होईन यो दर्जन पर्यावरणीय साहसिक पदमार्गको संगम थलो (इको एडभेन्चर ट्रेल हव) पनि हो ।

गुर्जाबाट ढोरपाटन, गुर्जा, पुथा र चुरेन हिमालको वेस क्याम्पको एउटै पदमार्गबाट छिचोल्दै रुकुम निक्लने यार्सा मार्ग, वेस क्याम्पबाटै डोल्पा, गुर्जाबाट धौलागिरी वेसक्याम्प पुग्न सकिने भएकोले पछिल्लो पटक एडभेन्चर ‘ट्रेल हव’ को रुपमा पनि परिचित हुन थालेको छ । म्याग्दीको बेनीबाट ताकम, गुर्जा, पुथा, चुरेन वेसक्याम्पहुँदै रुकुमको टकसरा निक्लने यार्सा ट्रेल पुरा गर्न सकिन्छ ।
‘गुर्जा एउटा साहसिक पदयात्राकालागी ट्रेल हव र अनगिन्ती हिमाली जडिबुटी पाईने भएकोले गुर्जा ‘हर्वल हव’ पनि हो’ धौलागिरी गाउँपालिका, १ गुर्जाका वडाध्यक्ष समेत रहेका पर्यटन तथा जडिबुटी ब्यवसायी झकबहादुर छन्त्यालले भने, ‘गुर्जाको पर्यटन प्रर्वद्धनकालागी ‘गरिवीकालागी पर्यटन अभियान’ र जडिबुटीको ब्यवसायीक खेती सुरु गरेका छौं ।’

गुर्जाबाट दलसिङ्गे खर्क, भुजुङ्गेखर्क, गुर्जा बेसक्याम, चुरेन वेसक्याम्प, पुथा वेसक्याम्प हुँदै रुकुमको टकसरासम्मको पदमार्ग यार्सागुम्बा पाईने मुख्य क्षेत्र पाईने भएकोले यस पदमार्गको नाम यार्सा ट्रेल राखिएको हो । छिमेकी वस्तीबाट समेत हत्तपत्त कोही नपुग्ने असंख्य खोंच र विकटतासंग विविध परिचय बोकेको लुकेको वस्ती गुर्जा पर्यटकको आर्कषण वन्न थालेको छ । गुर्जा विश्व प्रख्यात ढोरपाटन सिकार आरक्ष भित्र पर्ने मध्यवर्ती बस्ती पनि हो । गर्जालाई हव मानी पर्यटन विकास गर्न छन्त्यालसहितको टिमले पश्चिम धौलागिरी ट्रेक मार्फत नक्साङ्ढन गरेका छन । लुकेको वस्ती गुर्जा पदमार्गबारे वेभसाईट, म्याप बुक र गाईड बुक समेत तयार भएको छ । बनाई रहेका छौं ।’
समुद्र सतहबाट ३२ सय २० मिटर उचाईमा अवस्थित गुर्जा हिउँदा चार महिना बाक्लो हिउँले छिपिएपछि संसारको मानव सम्बन्धबाट विच्छेद हुन्छ । एक सय ४२ घरपरिवारले बसोबास गर्ने गुर्जा गाउँ छन्त्याल जीवन, सभ्यता र संस्कृति हेर्ने सानो आँखी झ्याल पनि हो । छन्त्याल जातीको सवैभन्दा ठुलो वस्ती गुर्जा जिल्लाको सवै भन्दा टाढाको यो वस्ती हो ।

गुर्जागाउँ पुग्न म्याग्दी जिल्लाकै लुलाङ्ग, मुदी गाउँ र बाग्लुङ्गको ढोरपाटन क्षेत्रबाट गरि जम्मा तिन वटा बाटाबाट झण्डै तीन हजार तीन सय देखी ४ हजार मिटर उचाईका घना जंगली भञ्जाङ छिचोल्नु पर्छ ।
‘ब्यक्तिगत रुपमा आउने एड्भेन्चर र कल्चरल पर्यटकलाई गुर्जा सेन्चुरी पदमार्ग उफयुक्त छ । तर ब्यत्तिगत रुपमा आउने शौखिन पर्यटककालागी होटल रेष्टुरेन्ट लगाएतका आधारभूत पूर्वाधार आवश्यक छ’ धौलागिरी पर्यटन विकास परिषदका अध्यक्ष अमर बानियाँले थपे, ‘ठूलो कुरा केही छैन । खाली पदमार्गमा पर्ने ताकम, मुना, लम्सुङ्ग, गुर्जाका वस्तीका केही घरमा पर्यटककालागी आधारभूत खाना र बस्ने बेडको लागी तालिम दिए पुग्छ ।’

फोटो सौजन्य ः चित्रलाल विश्वकर्मा, गुर्जा