FLASH NEWS
  • Loading...

महरेडाँडामा गेष्टहाउस थपियो

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १७३ पटक पढिएको
महरेडाँडामा गेष्टहाउस थपियो

म्याग्दी, २० असार ।
सरकारले घोषणा गरेको सय नयाँ गन्तब्य मध्यको एक  महरेडाँडामा २० बेड क्षमताको गेष्ट हाउस र २० बेड क्षमताको गाईड/पोटरहाउस थप भएको छ । त्यसैगरी पुनहिलबाट महरे जोड्न पदमार्ग चौडा बनाई सिंढी राख्ने, झाडी फाँड्ने, विचविचमा विसौनी, खानेपानी समेतका पूर्वाधार थप भएका छन ।

पर्यटन मन्त्रालयको सय नयाँ गन्तब्यमा समेटिएको पुनहिलमहरेनागी पदमार्गमा विनियोजित ५० लाख बजेटबाट ३ हजार ३ सय १३ मिटर अग्लो महरेडाँडामा गेष्टहाउस, गाईड/पोटर हाउस तथा पदमार्ग निर्माण भएको हो ।
महरेमा २० लाखको लागतमा २०२० बेड क्षमताका दुई वटा गेष्टहाउस निर्माण भै सक्यो, भित्र बेड राख्ने र वायरिङ्गको माम भैरहेको छ महरे सामुदायीक हेष्ट हाउस निर्माण समिति सदस्य पोकमायाँ पुर्जाले भनिन, ‘वस्तीदेखी धेरै माथी जंगल क्षेत्रमा भएकोले निर्माण सामाग्री जुटाउन कठिनाई विच काम गरेका छौं ।

सामुदायीक लगानी र ब्यवस्थापनमा सुरु गरिएको अन्नपूर्णधौलागिरी पर्यापदमार्गमा पर्ने, महरे, खोप्रा लगाएतका गन्तब्यमा पर्यटकको चाप बढेपछि वास नपाउँदा पर्यटकले भकारीको गोठमा समेत बास वस्नु परेको थियो ।

पर्यटन मन्त्रालयको बाँकी ३० लाख रुपैयाँमा घोडेपानीमहरे एक दिनको पैदल मार्गमा सिँढीसहितको पदमार्ग बनाउने, विसौनी थप्ने लगाएतका काम भैरहेको छुट्टै पदमार्ग निर्माण समितिले जनाएको छ ।
सरकारले सय नयाँ गन्तब्य त थप्यो तर पर्यटन पूर्वाधार नहुँदा समस्या भएकोले पर्यटन मन्त्रालयको बजेटबाट काम गरिएको हो । भैरहेको कामबाट सन्तुष्ट छु योजना अनुगमनबाट फर्केका प्रतिनिधी सभा सदस्य भुपेन्द्रबहादुर थापाले भने, ‘बेनीनागीमहरेघोडेपानीखोप्रा पदमार्ग नयाँ गन्तब्य मात्र होईन, समुदायले ब्यवस्थापन गरेको देशको नमुना पदमार्ग पनि हो ।

पर्यटनको लाभ समुदायमा पुर्‍याउन सुरु गरिएको पर्यावरणीय गाउँ र सामुदायिक पदमार्गमा पर्यटकको भीड अधिक बढेपछि उपलब्ध होटल बास समेतका पूर्वाधार अपुग हुन थालेको छ । पदमार्ग टि हाउस, क्यम्प ट्रेकको मिश्रण हो ।

पदमार्गमा पर्ने वस्तीमा भने होमस्टे सहित बेनीनागीमहरेपुनहिलखोप्रा सामुदायीक पर्यापदमार्गका प्रायः सवै लज/होटलको क्षमताले थेग्न छोडेको हो । पदमार्गको उत्कृष्ट गन्तब्य महरे स्थित सामुदायीक लज/होटेलको ४० बेड, खोप्रामा ४० बेड, डाँडाखर्कमा १६ बेड, सिस्तीवाङ्ग सामुदायीक लजमा ३० बेड क्षमता छन । पदमार्गका वस्तीमा भने होमस्टे संञ्चालन गरिएको छ ।

पदमार्ग क्षेत्रका पर्यटन पूर्वाधार बनाउनु पर्ने खोप्रा समेतका गन्तब्य एक्यापमा पर्ने भएकोले पनि पूर्वाधार थप्न समस्या भएको छ । नयाँ पदमार्गमा छोटो समयमै पर्यटकको आकर्षण बढेपछि गाउँपालिकाले पनि पर्यटन पूर्वाधार थप्न कानुनी तथा भौतिक सहयोग थालेको छ ।
पदमार्गका महरे, खोप्रा जस्ता उत्कृष्ट गन्तब्यमा पर्यटकको घुईचो लागेपनि गासबासको समस्या भएको चर्को गुनासो आएपछि होटल पूर्वाधार थप्न एक्यापसँग कानुनी प्रकृया सुरु गरेका छौं पदमार्ग पुरै समेटिएको अन्नपूर्ण गाउँपालिका प्रमुख डमबहादुर पुनले भने, ‘गाउँपालिकाले वन तथा वातावरण ऐन बनाईन राष्ट्रिय तथा सामुदायीक वन क्षेत्रमा पर्यटन पूर्वाधार थप्न र वातावरण संरक्षण गर्न अध्ययन गरिरहेको छ । पदमार्ग सुधार गर्न बजेट समेत खर्च गर्ने गरेका छौं ।

सामुदायीक पदमार्गका वस्तीमा घरबास र वस्ती नभएका वन तथा हिमाली क्षेत्रमा सामुदायीक लज, रेष्टुरेन्ट तथा क्याम्पिङ साईटहरु पनि निर्माण गरिएका भएपनि पर्यटन पूर्वाधार अपुग भएको छ ।

पदयात्रीको भीडभाड नभएको शान्त, जंगलको पदयात्रा दर्जनौ हरेक गन्तब्यबाट सूर्योदय र सुयास्तको दृष्यपान गर्न सकिने, ग्रामिण जनजीवनमा रमाउँदै चौरी गोठसम्म यात्रा गर्न सकिने यस पदमार्गको मुख्य आकर्षण हुन । हाईस्पीड क्षमताको फ्रि वाईफाई इन्टरनेट सुविधा उपलब्ध छन । पर्यटनबाट निश्चित ब्यक्तिबाहेक समुदायले कुनै लाभ लिन नसकेपछि पाँचदेखी अन्नपूर्णधौलागिरी सामुदायीक पर्यापदमार्ग शुरु भएको हो ।

मगर जनजाति बाहुल्य वस्ती छिचोल्दै घना जंगल र हिमालफेदीका वुक्यान क्षेत्रमा यात्रागर्न सकिने पदमार्ग सौन्दर्यको अनुपम रहेछ पदयात्राबाट शनिवार मात्र फर्केका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले भने, ‘बेनीनागी,–महरेघोडेपानी पदमार्ग अति सजिलो तर रोमाञ्चक छ । माछापुच्छ्रे, अन्नपूर्ण, निलगिरी, धौलागिरी हिमश्रृखलाका हिमाल हातैले छुन सकिएला झै लाग्छ ।

फोटा ः पोकमाया पुर्जा, देवी मायर