FLASH NEWS
  • Loading...

कालीगण्डकी रिसोर्टमा स्वीमिङ पुल

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २३० पटक पढिएको
कालीगण्डकी रिसोर्टमा स्वीमिङ पुल

म्याग्दी, २४ वैशाख ।

गर्मी वढेसँगै जिल्लाका मध्यम वर्गलाई लक्षितगरी पहिलो स्वीमिङ पुल संञ्चालनमा आएको छ । रघुगंगा गाउँपालिका, ३ घुमाउनेताल स्थित कालीगण्डकी रिसोर्टले स्वीमिङपुल संञ्चालनमा ल्याएको हो ।

सदरमुकाम बेनीदेखी ४ किमी उत्तरतर्फ बेनी–जोमसोम सडक किनारामा मुस्ताङ्ग भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटक र गर्मि छल्न भौतारिएका जिल्लाका धनाढ्य समुदायलाई लक्षितगरीे २ करोड ५० लाख लागतमा स्वीमिङ पुलसहितको रिसोर्ट सुरु भएको हो ।

‘राम्रो कमाई भएका नवधनाड्य समुदाय पौडि पोखरी खोज्दै पोखरासम्म पुग्ने गरेका थिए । अर्को तर्फ धेरै युवा विद्यार्थीहरु गर्मी छल्न म्याग्दी, रहुगंगा र कालीगण्डकी नदीको भेलमा पौडी खेल्ने गरेको देखेपछि जिल्लामै पौडी पोखरी आवश्यक देखेको हुँ’ संञ्चालक हरी चन्दले भने, ‘अव पौडी खेल्न पोखरा पुग्नु पर्ने वा नदीको भेलमा हेलिनु पर्ने छैन । सिकारुलाई समेत सस्तो मुल्य तोकेका छौं ।’

पाँच वर्ष देक्षिण कोरियामा काम गर्दा सिकेको सीप र पुँजीलाई संञ्चालक हरी चन्द ठकुरीले पुखौली थलोमा लगानी गरेका हुन । जिल्लामा ब्यवस्थित स्वीमिङ पुल नहुँदा सदरमुकाम बेनीका बोडिङ् स्कुलले गर्मीमा विद्यार्थीलाई पोखरा सम्म पुर्‍याएर स्वीमिङ गराउने गरेका छन ।

२८ मिटर लम्बाई र १० मिटर चौडाई रहेको स्वीमिङ पुल युवा, वयस्क र सिकारु वालबालिकाले पौडी खेल्न मिल्नेगरी एउटै पोखरीलाई दुई भागमा बनाईएको छ । पोखरीमा एक सय ५० जनाले एकैपटक पौडी खेल्न मिल्ने संञ्चालक कालीगण्डकी रिसोर्टले जनाएको छ ।

स्वीमिङ पुल बाहेक रिसोर्टमा माछा पालन पनि गरिएको छ । लौकाट, हाँस पालन पनि गरिएको छ । हाँसको पोखरीमा छुट्टै २ वटा डुङ्गा राखेर सयर गराउने गरिएको छ । विवाह समेतका पार्टी स्थल, रेष्टुरेन्ट, लजका सेवा उपलब्ध गराउने रिसोर्टले ६ जना परिवारका सदस्यसहित १८ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । रिसोर्टमा कोठा र टेन्टमा गरी ७० जनाले बास वस्न सक्ने क्षमता छ ।

‘कालीगण्डकी रिसोर्ट अर्गानिक र हाईजनिक परिकारको केन्द्र हो । यहाँ हाँस, कुखुरा, खोरबाट ग्राहकले रोजेर ल्याई खान सक्छन । आफैले फिसिङ्गगरी माछाका विभिन्न परिकारको स्वाद लिन सक्छन’ संञ्चालक चन्दले थपे, ‘विदेशमा सिकेको शिप र पुँजी लगानी गरी स्वरोजगार बन्न र अरुलाई रोजगारी दिने अवसर स्वदेशमा प्रसस्त भएको सन्देस दिन चाहन्छु ।’