FLASH NEWS
  • Loading...

ओमकुमारी शान्ति कोषलाई ५ लाख सहयोग

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २६३ पटक पढिएको
ओमकुमारी शान्ति कोषलाई ५ लाख सहयोग

आर्थिक अभावकै कारण श्वास्थ्य उपचार नपाई हुने अकालको मृत्यु रोक्ने सकृय परोपकारी संस्था ओमकुमारी शान्ति कोषकालागी अन्नपूर्ण गाउँपालिका, ८ नागी घर भै हङकङमा कार्यरत देवमायाँ पुन (सेती)ले ५ लाख रुपैयाँ सहयोग गरेकी छिन ।

ओमकुमारी शान्ति कोषले संञ्चालन गरेको १ करोड ५० लाख रकमको अक्षय कोष स्थापना गर्न हालै हङकङमा गरेको क्याम्पेनिङ अभियान अर्न्तगत २ लाख रुपैयाँ वाकदानलाई विहिवार बेनीमा देवमायाँका श्रीमान मोना हङकङका सल्लाहकार एव मगर इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष राजु पुनले थप ३ लाख थप गरेका हुन ।

‘ओमकुमारी शान्ति कोषको अक्षय कोषमा हामीले गरेको ५ लाख रुपैयाँ मृगौला पीडित श्रीमति, छोराछोरीको गास काटेर दिएका हौं । यति रकम जोहो गर्न हामीलाई बर्षोै लाग्ने छ तर हामी उपचार नपाएर छट्पट्याएका विपन्न विरामीलाई उपचार गराउन पाउँदा सन्तुष्ट छौं’ मोना हङकङका सल्लाहकार एव मगर इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष राजु पुनले भने, ‘दिन जान्यो भने बाँच्न सकिन्न भन्ने कुरामा हामी विश्वास गर्छौं ।’कोषले विभिन्न अभियान सञ्चालन गरेर हालसम्म जटिल रोगबाट थलिएर बिरामी र आर्थिक अभावका कारण औषधी उपचारबाट बञ्चित १०१ जना म्याग्देलीहरुलाई एक करोड ८२ लाख रुपैयाँ सहयोग जुटाएको छ ।
ाइपो पलास्टिक एनिमिया रोगबाट थलिएर ज्यान गुमाएकी बेनपा ४ की ओमकुमारी पुन (शान्ति)को स्मृतिमा चार वर्षअघि कोष स्थापना भएको थियो । मुटु, मृगौला, क्यान्सर, लगायत जटिल रोगबाट थलिएका म्याग्देलीहरुलाई सघाउन डेढ करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने उद्देश्यले तीन वर्षयता सहयोग संकलन अभियान सञ्चालन गरिदै आएको छ ।