FLASH NEWS
  • Loading...

मगर संघ म्याग्दीको सातौं अधिवेशन सुरु

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १६६ पटक पढिएको
मगर संघ म्याग्दीको सातौं अधिवेशन सुरु

मगर संघ म्याग्दीको सातौ जिल्ला अधिवेशन बुधवारदेखी बेनीमा सुरु भएको छ ।

३७ औं मगर दिवसको अवसर पारेर आयोजना गरिएको अधिवेशनको नेपाल सरकारका महिला, वालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममायाँ थापाले उद्घाटन गरिन । दर्के पानीमा भिज्दै जातिय भेषभुषामा सजिएका मगर समुदायले झाँकी सहित बजार परिक्रमा सहित अस्पताल चोक नजिकको मगर संघ हलमा पुगी सभामा परिणत भएको थियो ।

‘गण्डकी प्रदेशको पश्चिम भेगमा बस्ने हामी खामभाषी मगर समुदाय शासकको दमनमा पर्दा अवसरबाट मात्र बन्चित भएनौं, भाषा समेत गुमाएका छौं’ मन्त्री थापाले भनिन, ‘हामी अध्ययनमा भन्दा मेलाजात्रा र लाहुरमा भुलेका कारण राजनिती र कर्मचारी प्रशासनमा पहुँच विहिन छौं । राजनैतिक अधिकारको आन्दोलन सकिएकोले अव आर्थिक, सामाजिक र सांस्कृतिक आन्दोलनलाई उठाउनु आवश्यक छ ।’

संघको उद्घाटन कार्यक्रममा जिल्लाका विभिन्न जातिय संघ/संगठन, राजनैतिक दल, सामाजिक अगुवा र विभिन्न जिम्मेवारीमा रहेका मगर अगुवाले शुभकामना ब्यक्ति गरे ।

मगर जातिमा मुख्य तिन सम्प्रदायहरु ढुट भाषी मगर (१२ मगरात), काईके भाषी मगर (तराली) र खाम भाषी मगर (१८ मगरात) मध्य म्याग्दीमा पुन, तिलिजा, खोरजा, गर्वुजा, पाईजा, शेरपुजा, थापा, राना लगाएतका उपथरका मगरको ४० प्रतिशत बसोबास छ ।