FLASH NEWS
  • Loading...

रघुगंगा राष्ट्रपति शिल्ड रघुगंगा माविको पोल्टामा

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १४९ पटक पढिएको
रघुगंगा राष्ट्रपति शिल्ड रघुगंगा माविको पोल्टामा

प्रथम रघुगंगा गाउँपालिका   स्तरिय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड रघुगंगा माध्यामिक विद्यालय पिप्लेको पोल्टामा गएको छ ।

भलिबल र एथलेटिक्स खेलको २४ वटा बिधाका प्रतिर्स्प्धामा १० स्वर्ण, ५ रजत र ४ कास्यपदक सहित रघुगंगा माविले शिल्ड उचालेको हो । ६ स्वर्ण, ४ रजत र ४ कास्य पदकसहित मुक्तिधाम माविले दोस्रो स्थानमा चित्त बुझायो । महेन्द्र मावि झिंले ३ स्वर्ण, २ रजत र ६ कास्यपदकले पछ्याउँदै तेस्रो स्थामा पुग्यो ।

प्रतिस्पर्धाका उत्कृष्ट पुरस्कृत रघुगंगा माविका रुविना कार्कीले २ ब्यक्तिगत तथा २ सामुहिक सहित ४ स्वर्ण, २ रजत र तोपन्द्र मल्लले २ स्वर्ण, २ रजत र १ कास्य पदक हात पारी शिल्ड उचाल्न योगदान पुर्‍याए । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यालयले शिल्ड, पदक र प्रमाणपक्र बाहेक त्रमश ः ३०, २०, १० हजार नगद पुरस्कार पनि जिते । गाउँपालिका प्रमुख भवबहादुर भण्डारी अक्षय कोषले उत्कृष्ट छात्रा/छात्रलाई जनही ५ हजार ५ सय, विद्यालयलाई १० हजार, रघुगंगा गापा, ५ झिंका वडाध्यक्ष मनप्रसाद शेरपुञ्जा, स्थानिय मनप्रसाद पाईजाले विजेता विद्यालयलाई क्रमश ५, ३ र २ हजार तथा रत्नवीर थजालीले ३, २ र १ हजार नगत पुरस्कार प्रदान गरे ।

प्रतियोगितामा एथलेटिक्स छात्रा/छात्र दुर्व तर्फ रघुगंगा मावि पहिलो, मुक्तिधान दोस्रो भए । त्यसैगरी छात्र भलिवलमा मुक्तिधाम मावि भगवती पहिलो, ज्ञानोदय मावि मौवाफाँट दोस्रो र रघुगंगा मावि तेस्रो भए । छात्रा भलिवल तर्फ अमर मावि चिमखोला पहिलो, रितुङ मावि घासीखर्क दोस्रो र अमरमावि पाखापानी तेस्रो भए । छात्र/छात्रा भलिबल र एथलेटिक्समा प्रथम, दृतीय र तृतीय हुने विद्यालयलाई ८ हजार, ६ हजार र ४ हजार पुरस्कार तथा एथलेटिक्सको प्रत्येक बिधामा प्रथम, दृतीय र तृतीय हुनेलाई प्रत्येक खेलाडीलाई नगद पाँच सय, तीन सय र दुई सय रुपैयाँ नगद गाउँपालिका प्रमुख भववहादुर भण्डारी, उपाध्यक्ष कमला तिलिजा र प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले प्रदान गरे ।