FLASH NEWS
  • Loading...

मोना कुवेतको पहलमा चमबहादुर घर फिर्ता

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १६६ पटक पढिएको
मोना कुवेतको पहलमा चमबहादुर घर फिर्ता

म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले कुवेतको खैतान स्थित एक रेष्टुरेन्टमा कार्यरत अन्नपूर्ण गाउँपालिका, ५ किन्दुका चमबहादुर रन्तिजालाई उद्धार गरेको छ ।

कार्यस्थलमा वेहोस भै ढलेपछि अस्पताल भर्ना गरिएका रन्तिजालाई २१ दिन लामो उपचारपछि मोनाको पहलमा घर फिर्ता गरिएको हो । २२ बर्षदेखी कुवेतमा कार्यरत रन्तिजालाई रेष्टुरेन्ट मालिकले लामो समयदेखी विना तलव काममा लगाएका थिए ।

मोना कुवेतका कोषाध्यक्ष कृष्ण खड्काका अनुसार रेष्टुरेन्ट मालिकसँग दुतावासको सहयोगमा वातागरी ४ महिना २० दिनको तलव र राहदानी उपलब्ध गराई घर फिर्ता गरिएको हो । खड्का र रन्तिजा दुवै अन्नपूर्ण गाउँपालिका साविक शिख गाविसका वासिन्दा हुन । रन्तिजालाई सोमबार एयर अरिेवियाको उडानबाट नेपाल पठाईएको हो ।

‘पत्थरी समेतको रोगबाट ग्रसित रन्तिजालाई काम गर्न नसकेको भन्दै तलव नदिएको रहेछ । कार्यस्थलमा वेहोस भएको थाहा पाएपछि हामीले उनलाई अस्पताल पु¥याई उपचार गराएका हौं’ मोना कुवेतको कोषाध्यक्ष कृष्ण खड्काले भने, ‘नेपाली राजदुतावाससँगको सहकार्यमा रन्तिजाको बाँकी तलव पाउने ब्यवस्था मिलाएका हौं ।’

तस्वीर सौजन्य कृष्ण खड्का