FLASH NEWS
  • Loading...

मगर विद्यार्थीमा विजय घर्ती

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २५५ पटक पढिएको
मगर विद्यार्थीमा विजय घर्ती

नेपाल मगर विद्यार्थी संघ म्याग्दीको अध्यक्षमा धौलागिरी गाउँपालिका, ४ मुदीका विजय घर्ती निर्वाचित भएका छन ।

शनिवार वेनीमा सम्पन्न संघको आठौं जिल्ला अधिवेशनबाट घर्तीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति निर्वाचन गरेको हो । अधिवेशनबाट उपाध्यक्षमा दलबहादुर रोका (दर्पण), सचिवमा धनबहादुर रोका (समिर) कोषाध्यक्षमा भरत अर्मजा र सहसचिवमा लक्ष्मी पुन निर्वाचित भएका छन ।

त्यसैगरी अधिवेशनबाट सदस्यमा कुसुम पुर्जा, निर्मल पुर्जा, नरु थजाली, भरत बुढाथोकी, अनिष अर्मजा, लालकुमार रोका, प्रतिक्षा पुन, ज्योति पुन, थबहादुर पुन, रञ्जना गर्वुजा, बेगप्रसाद घर्ति, लीला पुर्जा, रविना पुन र दिवाना पुर्जा चयन भएका छन ।

केन्दीय सदस्य प्रेम रोकाको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोहका बक्ताले मगर संस्कृति संरक्षणमा युवा विद्यार्थीको भुमिकाबारे चर्चा गरे ।