FLASH NEWS
  • Loading...

खेलाडी सम्मानित

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २३० पटक पढिएको
खेलाडी सम्मानित

जिल्ला खेलकुद विकास समितिले अन्र्तराष्ट्रिय स्वर्ण पदक विजेता निर्मल केसीलाई सम्मान गरेको छ ।

रघुगंगा गाउँपालिका, २ भगवतीका निर्मण खत्रीले हालै भारतमा सम्पन्न अन्र्तराष्ट्रिय क्याकोसिन फुल कन्ट्याक्ट कराँते प्रतियोगितामा नेपालका तर्फबाट स्वर्ण पदक जितेका थिए ।

स्वर्ण पदक विजेता केसीलाई प्रमुख अतिथि जिल्ला समवन्य समितिका प्रमुख देवेन्द्रबहादुर केसी, प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, बेनी नगरपालिका ६, ७ र ८ का वडाध्यक्ष क्रमश कृष्णबहादुर बानियाँ, राजेन्द्र श्रेष्ठ, रामकृष्ण बराईली, रघुगंगा गापा, २ का वडाध्यक्ष रिम केसी, प्रहरी नायव उपरिक्षक वीरबहादुर बुढासमेतले फुलमालासहित नगद, सम्मान पत्र र खादाले सम्मान गरेका थिए ।

‘आर्थिक जीवनमा भन्दा खेलाडीको आत्मगौरव बढाउन सम्मान गरेका हौं’ खेलकुद विकास समितिका जिल्ला अध्यक्ष कृष्ण विकाले भने, ‘खेलकुदमा लगानी गरे, खेलाडीले देशको गौरव बढाउँछन ।’