FLASH NEWS
  • Loading...

अन्नपूर्ण राष्ट्रपति शिल्ड प्रभा माविलाई

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २५४ पटक पढिएको
अन्नपूर्ण राष्ट्रपति शिल्ड प्रभा माविलाई

अन्नपूर्ण गाउँपालिका स्तरिय अन्तर माध्यामिक विद्यालय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रभा माध्यामिक विद्यालय नारच्याङले हात पारेको छ । प्रतियोगितामा कवड्डी छात्र तथा छात्रा दुवै विधामा पहिलो भै कुल २ सय १७ अड्ढ जोड्दै प्रभा माविले नगद ५० हजार, रनिङ शिल्ड, मेडेल हात पारेको हो ।

भलिवल छात्र तर्फ प्रथमसमेत कुल १ सय ५४ अड्ढ जोड्दै मुक्तिमार्ग माविले दोस्रो स्थानमा चित्त बुझाएको छ । त्यसैगरी एथेलेटिक्स तर्फको खेलकुदमा दवदवा राख्दै १ सय १६ अड्ढसहित टिकोट मावि हिस्तानले तेस्रो स्थान सुरक्षित गरेको प्रतियोगिताको मुख्य रेफ्री तथा रिमा श्रोत केन्द्रका श्रोत ब्यक्ति भरत पुनले बताए ।

शुक्रवार सम्पन्न प्रतियोगितामा अन्नपूर्ण गाउँपालिका क्षेत्रका १० वटा विद्यालयले सहभागिता जनाएका थिए । कवड्डीमा छात्र तर्फ सर्वोदय मावि र छात्रा तर्फ कैलाश मावि दोवा दोस्रो भए । भलिवल छात्रा तर्फ ज्ञान प्रकाश मावि पहिलो र छात्र तर्फ दोस्रो रह्यो ।

प्रतियोगिताका विजयी टिमलाई जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिताका संयोजक तथा कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक ओमप्रकाश फगामी, प्रमुख प्रशासकीय अधिकृत सन्तोष पौडेल, जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाले पुरस्कार वितरणमा सहकार्य गरे ।

प्रतियोगितामा कवड्डीमा प्रभा माविकी गिता थजाली, सर्वोदय माविका रोजन जोहारचन, भलिबलमा ज्ञानप्रकाश माविका निशान पुर्जा र शिख माविका दुर्गा पाइजा, एथलेटिक्समा तीन वटा गोल्ड मेडल जितेका हिमाञ्चल माविका खेमबहादुर खोरजा र टिकोट माविका बर्षा फगामी उत्कृष्ट खेलाडी घोषित भए ।