FLASH NEWS
  • Loading...

धौलागिरीमा राष्ट्रपति कप शुरु

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २७६ पटक पढिएको
धौलागिरीमा राष्ट्रपति कप शुरु

जिल्लाको दुर्गम धौलागिरी गाउँपालिकामा अन्तर माध्यामिक विद्यालय प्रथम राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता विहिवारदेखी शुरु भएको छ ।

विद्यालय तहको ठूलो खेल प्रतियोगिता मानिएको राष्ट्रपति शिल्ड प्रतियोगितामा धौलागिरी गाउँपालिका भित्रका १० माध्यामिक विद्यालयले सहभागिता जनाएका छन । प्रतियोगिताको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले उद्घाटन गरे । प्रतियोगिता उद्घाटनमा गाउँपालिका प्रमुख थमसरा पुन, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण विकसमेतले सुभकामना ब्यक्त गरे ।

यस बर्षदेखी स्थानिय गाउँ÷नगरपालिकाबाट जिल्लास्तरिय, प्रदेशहुँदै केन्द्रीय स्तरमा राष्ट्रपती रनिङशिल्ड प्रतियोगिता हुने भएकोले गाउँपालिका स्तरमा प्रतियोगिता आयोजना भएका हुन । प्रतियोगिता संञ्चालन गर्न राष्ट्रिय खेलकुद परिषदले एक लाख, आयोजक गाउँपालिकाले ५ लाख र बाँकी विद्यालयहरुले ब्यहोर्ने भएका छन ।

प्रतियोगितामा छात्र तथा छात्रा भलिवल, छात्रा÷छात्र एथेलेक्सि तर्फका हाईजम्प, लङजम्प, ट्रिपलजम्प, सटपुट, एक–दुई–चार, आठ, १५ सय तथा पाँच हजार मिटर दौड खेल समावेश छन ।