FLASH NEWS
  • Loading...

गाउपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड सुरु

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २३५ पटक पढिएको
गाउपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड सुरु

अन्नपूर्ण गाउपालिका अन्र्तगत प्रथम अन्तर माध्यामिक विद्यालय स्तरिय छात्र÷छात्रा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

देशभरका स्थानीय सरकारलाई उछिन्दै अन्नपूर्ण गाउपालिका, ३ दाना स्थित ज्ञानप्रकाश माविमा आयोजित प्रतियोगितामा गाउपालिका भित्रका १० माध्यामिक विद्यालयबाट एक सय ५० बढी विद्यार्थीले प्रतिस्पधा गर्दै छन ।

प्रतियोगितामा छात्रा÷छात्र भलिवल, एथलेटिक्स तर्फ १५००, ८००, ४००, २००, १०० र १०० चार रिले दौड, लङजम्प, हाईजम्प, ट्रिपलजम्प, ज्याभलिन थ्रो, सट पुट समेत ३० विद्यामा खेल सहभागी गराईएको गाउपालिका सामाजिक विकास समितिले जनाएको छ ।

प्रतियोगिता संञ्चालन गर्न राष्ट्रिय खेलकुद परिषदबाट एक लाख र गाउपालिकाबाट ५ लाख गरी ६ लाख रुपैयाबजेट विनियोजन गरिएको छ । प्रतियोगितामा अपुग खर्च स्थानिय वडा र विद्यालय ब्यवस्थापन समितिले ब्यहोर्ने भएका छन ।

अन्नपूर्ण गाउपालिका, ३ स्थित ज्ञानप्रकाश माविमा आयोजित स्तरिय अन्तर माध्यामिक सामाजिक विकास समिति अध्यक्ष ओमप्रकास फगामीको अध्यक्षतामा आयोजित छात्रा÷छात्र प्रथम राष्ट्रपति शिल्ड प्रतियोगिता उद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, उपप्रमुख केसमाया मगर, जिल्ला खेदकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विकले आआप्mना धारणा राखे । प्रमुख अतिथि प्रजिअ अधिकारी र गापा उपाध्यक्ष मगरले विद्यालय स्तरिय खेल महोत्सवमा भट्टीपसल राखिएकोमा आयोजक र शिक्षक, अभिभावकलाई सचेत गराए ।