- Loading...
उपचार नपाएर मर्नु पर्ने छैन
- पुनहिल डट कम
- ६ साल अघि
- ६०१ पटक पढिएको

राजेश शाक्य, उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष रहेका युवा ब्यवसायी शाक्य परोपकारी संस्था ओमकुमारी शान्ति कोषका अध्यक्ष हुन । आर्थिक रुपमा विपन्न जिल्लाबासीको उपचारमा सहयोग जुटाउँदै आएको ओमकुमारी शान्ति कोषले २ करोड भन्दा बढी रकम रहेको जिल्लाको सर्वाधिक ठूलो ‘अक्षय कोष’ निर्माणमा जुटेको छ । कोषले संञ्चालन गरेको ‘दिन जान्यो, बाँच्न जान्यो’ भन्ने नारासहित कोषले संञ्चालन गरेको अक्षय कोष अभियान र ओमकुमारी शान्ति कोषका विषयमा राजेश शाक्यसँग पुनहिल डिजिटल पत्रिकाले गरेको कुराकानी ः
१, ओम कुमारी शान्ति कोष बारे बताई दिनुस न ?
शाक्य ः हाडभित्र मासी उत्पादन नहुने (हाईपोलास्टीक एनीमिया) रोगबाट ग्रसित साविक सिङ्गा–१ थामडाँडाकी ओमकुमारी पुन (शान्ति)को उपचार गर्न २०७० सालमा ओमकुमारी (शान्ति) बचाउ अभियान सुरु गरेका थियौं । आर्थिक रुपमा विपन्न शान्ति पुनलाई भारतको एपोलो हस्पिटल पु¥याएर बोन म्यारो ट्रान्सप्लान्ट गरियो । तर १ बर्ष मात्र बचाउन सकियो । उपचारक्रममा संकलन भएको ५६ लाख मध्य बचेको १३ लाख रुपैयाँलाई ओमकुमारीको स्मृतिमा ‘ओमकुमारी शान्ति कोष’ बनाईएको हो ।
२, आर्थिक अभावले कोही पनि जिल्लाबासी ओछ्यानमै मर्नु पर्दैन भन्नु भएको छ कसरी संभव छ ?
शाक्य ः म्याग्दीे ‘मनकारी मान्छे’ हरुको थलो हो । अरुको दुःख देख्न नसक्ने, गास काटेर सहयोग गर्ने हाम्रो संस्कृति नै हो । ओमकुमारी वैनीको उपचारकालागी संञ्चालन गरेको ‘शान्ति बचाउ’ अभियानबाट हामीले मनकारी मान्छेहरुसँग साक्षत बन्ने अवसर पायौं । त्यसैले ‘दिन जान्यो, बाँच्न जान्यो’ भन्ने भावनासहित ‘ओमकुमारी शान्ति कोष’ मार्फत आर्थिक अभावकै कारण अस्पताल पुग्न नपाएर ज्यान गुमाउन बाध्य विपन्न जिल्लाबासीको उपचारमा सहयोग जुटाउँन थाल्यौं ।
अभियानबाट संञ्चालन गरी उपचार गरिएकामध्य दुवै मृगौला फेल भएका मंगला गाउँपालिका, १ कुहुँका डकबहादुर रोकाको मृगौला प्रत्यारोपण गर्न सकियो । रोकाको उपचारमा ३० लाखबढी सहयोग जुटेको थियो । हाल रोका एक निजी विद्यालयमा शिक्षण पेशामा संलग्न छन । अहिलेसम्म अभियानबाट एक सय ५ जना विरामीको उपचारमा १ करोड ८५ लाख २४ हजारबढी सहयोग जुटायौं । एउटा निश्चित कोष भयो भने कम्तीमा ओछ्यान परेको विरामीलाई अस्पतालसम्म पु¥याउन सक्छौं । र सवै गरिव विरामीको उपचार गर्न संभव छ ।
३, ओमकुमारी शान्ति कोष अक्षय कोष के हो ? अक्षय कोष स्थापना गर्न चलाएको अभियान कहाँ पुग्यो ?
शाक्य ः हामीले अहिलेसम्म सवै विरमीको उपचार खर्च विरामी पिच्छे सहयोग संकलन अभियान (क्याम्पेन) चलायौं । यसो गर्दा कोही विरामीको पहुँच पुग्ने र कुनै विरामीको उपचारमा कम सहयोग जुट्ने भयो । सहयोगमा एक रुपता आएन । पक्षधरता जस्तो भयो । त्यसैले सवै विरामीलाई आवश्यकताको आधारमा उपचार खर्च गर्न छुट्टै कोषको आवश्यकता महसुस गरियो ।
ओमकुमारी शान्ति कोषले २ करोडबढीको अक्षय कोष स्थापना गर्ने अभियान चलाएको हो । अक्षय कोष भए भविश्यमा हरेक विरामीकालागी पटक–पटक सहयोगको हात फैलाउनु पर्ने छैन । कोषबाट निश्चित मापदण्ड बनाई विरामीको उपचारमा खर्च गर्न सकिने छ ।
४, अक्षय कोष निर्माण अभियान कहाँ कहाँ चल्यो ? कति रकम जम्मा भएको छ ?
शाक्य ः कतार, बहराईन, जापान, फ्रान्स, वेल्जियम, नेदरल्याण्ड, पोर्चुगलमा अक्षय कोष बृद्धी अभियान (क्याम्पेन) संञ्चालन गरियो ।
अभियानबाट अक्षय कोषमा ६० लाख नगद जम्मा भएको छ । थप ५० लाख रुपैयाँको वचन प्रतिवद्धता सहयोग जुटेको छ । हङकङ, युएई, अष्ट्रेलिया र युकेमा पनि क्याम्पेन तयारीमा छौं । विदेशमा बाहेक स्वदेशमा पनि सहयोग जुटेको छ । अक्षय कोष बृद्धीकोलागी संस्थागत ३ लाख, ब्यक्तिगत २ लाख सहयोग लिएर संरक्षक सदस्य बन्ने ब्यवस्था छ । हाल २१ जना ब्यक्ती÷संस्थाले संरक्षक सदस्य बनेका छन । यस बाहेक ५ सयबढी जिल्लाबासी ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरी आजिवन सदस्य बनेका छन । कोष जन्म, विवाह उत्सव तथा मृतकको तिथी मनाउने अवसर बनेको छ । सवै सहयोगी हातहरुलाई मुरीमुरी धन्यवाद । उपचार पाएका आत्मको आर्शिवाद ति दातालाई अवश्य लाग्ने छ ।
५, गरिव र आर्थिक अवस्था कमजोर भएको विरामीको पहिचान कसरी गर्नु हुन्छ ?
शाक्य ः विरामी (निकटतम आफन्त)को निवेदन, फोटो, नागरिकता, सम्बन्धीत वडा कार्यालयको शिफारिस, चेक अप भएको अस्पताल, स्पेशलिष्ट डाक्टरको प्रिकेप्सन राखेपछि कार्यसमितिको निर्णयबाट सहयोग यकिन गर्ने अभ्यास छ ।
कतिपय विरामी घरमा सिकिस्त छ । पैसा नभएर अस्पताल पुग्न सकेको छैन भन्ने जानकारी आएमा स्वसेवी परिचालनगरी विरामीलाई अस्पताल पुर्याउँछौं । अनि उपचार र खर्चको प्रवन्ध गर्छौं । आजभोली हरेक नागरिकको हातहातमा फेसवुक समेतका सामाजिक सँजाल पुगेको कारण विरामीको यथार्थ विवरण प्रमाणित हुने गरेको छ ।
६, ओमकुमारी शान्ति कोषको अधिवेशन गर्ने कुरा पनि सुनिन्छ, कहिले हुन्छ ?
शाक्य ः कुनै पनि संस्था जीवित रहन, प्रजातान्त्रिक र पारदर्शी हुन, सयम सीमा भित्र आप्mनो साधारण सभा र अधिवेशन गर्नु पर्ने हुन्छ । संस्था स्थापनाको ५ बर्ष पुग्दैछ । आगामी चैतमा संस्थाको तेस्रो अधिवेशनको तयारीमा छौं । अधिवेशनमा नयाँ नेतृत्व चयन गर्ने छ ।
७, ओमकुमारी शान्ति कोषको नेतृत्व गरी सयौं विरामीको उपचार खर्च जुटाउँदाको अनुभव कस्तो रह्यो ?
शाक्य ः हामी ठिक काम गरिरहेका छौं । ओमकुमारी शान्ति कोषको अक्षय कोष स्थापना गर्न विदेशमा संञ्चालन गरिएको क्याम्पेन होस वा जिल्ला भित्र संञ्चालन गरेका कोषका कुनै पनि कार्यक्रममा कोषको रकम खर्च गरेका छैनौं । हामी आप्mनै निजी खर्चबाट यतिका काम गरिरहेका छौं ।
काम गदौ सवैको अपेक्षा अनुसार त हुन्न । आजसम्म कसैले नराम्रो बोलेको छैन । सवै सहयोगका दुरुस्त अभिलेख राखेका छौं । हामीमाथी प्रश्न उठे, छानविनकालागी हिसाव किताव ब्यवस्थित गरी राखेका छौं । टिमले निर्णय गर्ने भएकोले रौं रौं आम्दानी र खर्च पारदर्शी गरेका छौं । संस्थालाई दिगो र संस्थागत गर्न अक्षयकोष एउटा माध्यम बन्ने छ । म ब्यक्तिगत रुपमा उत्साही र आप्mनो काममा सन्तुष्ट छु ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
