FLASH NEWS
  • Loading...

सुरेश वचाउन युकेबाट एक लाख

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २३१ पटक पढिएको
सुरेश वचाउन युकेबाट एक लाख

दुवै मृगौला फेल भै राजधानीमा उपचाररत  मंगला गाउँपालिका, ५ अर्मन नेटाका २० बर्षिय सुरेश छन्त्याललाई युकेबाट १ लाख ३ हजार नगद सहयोग संकलन भएको छ ।

शनिवार ‘सुरेश बचाउ अभियान’ युकेबाट शेरबहादुर छन्त्यालको अगुवाईमा संकललित उक्त रकम अभियानकर्ता ओमकुमारी शान्ति कोषले आमा सीता छन्त्याललाई हस्तान्त्रण गरेको छ । अल्का अस्पतालमा डायलासिस र टिचिङ अस्पतालमा फलोअप उपचार गरिरहेका छन्त्याललाई उनका बाबु सकप्रसाद छन्त्यालको मृगौला प्रत्यारोपण गरिने भएको परिवारले जनाएको छ ।

विपन्न र आर्थिक अवस्था कमजोर जिल्लाबासीको श्वास्थ्य उपचारमा सहयोग जुटाउँदै आएको ओमकुमारी शान्ति कोषको संञ्चालन गरेको ‘सुरेश बचाउ अभियान’ मार्फत यो रकम संकलन भएको हो । छन्त्यालको उपचारमा हालसम्म २७ लाखबढी नगद सहयोग जुटेको अभियानकर्ता ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले बताए ।