FLASH NEWS
  • Loading...

माघे संक्रान्ति सार्वजनिक विदा माग

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २१३ पटक पढिएको
माघे संक्रान्ति सार्वजनिक विदा माग

मगर, छन्त्याल र गुरुङ्ग समदायले मुख्य चाड माघे संक्रान्तिमा राष्ट्रिय सार्वजनिक विदा गरेका छन ।

सरकारले माघ संक्रान्तिमा दिँदै आएको सार्वजनिक विदा कटौति गरिएको भन्दै मगर संघ म्याग्दीले विहिवार सहायक जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन । गुरुङ्ग समाजले छुट्टै विरोध र्‍याली गरेको छ ।

परमपरागत भेषभुषामा आएका मगर समुदायले र्‍यालीसहित प्रशासन कार्यालयमा पुगी सहायक प्रमुख जिल्ला अधिकारी लिलादेवी अर्यालाई ज्ञापन पत्र बुझाएको थियो । मगर संघका सचिव लोकेश पुनले ज्ञापन पत्र बाचन गरेका थिए । ज्ञापन पत्र बुझ्दै सहायक प्रजिअ अर्याले तत्काल गृह तथा प्रधानमन्त्री कार्यालयमा पठाउने प्रतिवद्धता ब्यक्त गरिन ।

‘माघीमा दिईने सार्वजनिक विदा कटौटी सांस्कृतिक अतिक्रम बुझेका छौं । संविधानले आत्मसाथ गरेको बहुलतालाई स्वीकार गरी माघे संक्रान्तिमा सार्वजनिक विदा पुनस्थापना गर्न माग गरेका छौं’ मगर संघ म्याग्दीका अध्यक्ष मनप्रसाद थजालीले भने, ‘माघे संक्रान्ती मौलिक चाड हो । विकास र समृद्धिको नाममा माघे संक्रान्ति विदा कटौति मान्य छैन ।’

प्रकृति पुजक मगर जातिको माघे संक्रान्तिपछि उभौली सुरु हुन्छ । माघीमा म्याग्दीका मगरहरुले तरुलको परिकार बनाई सामुहिक भोजन गर्छन । मगर बाहुल्य जिल्ला भएपनि यहाँका मगर आफ्नो मातृभाषा बोल्न जान्दैनन ।