FLASH NEWS
  • Loading...

ओमकुमारी शान्ति कोषमा ३ लाख

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २२८ पटक पढिएको
ओमकुमारी शान्ति कोषमा ३ लाख

विपन्न र आर्थिक अवस्था कमजोर जिल्लाबासीको श्वास्थ्य उपचारमा सहयोग जुटाउँदै आएको ओमकुमारी शान्ति कोषको अक्षय कोषमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) नेदरल्याण्डले ३ लाख १ हजार नगद सहयोग गरेको छ ।ओमकुमारी शान्ति कोषको बेनी स्थित सचिवालयमा पत्रकार सम्मेलनगरी मोना नेदरल्याण्डका अध्यक्ष जंगबहादुर पुन, उपाध्यक्ष सोम भण्डारी र मोना अन्र्तराष्ट्रिय कार्यकारी समितिका अध्यक्ष चक्रबहादुर थापाले कोषका अध्यक्ष राजेश शाक्यलाई नगद हस्तान्त्रण गरे ।

‘आर्थिक अभावले अस्पताल पुगेर उपचार गराउन नसक्ने विरामीलाई अस्पताल पुर्‍याई उपचार गराउने संस्थाको अभियानमा हामी विश्वास राखेका छौं । अरु सयौं विरामीले अस्पतालमा पुगेर उपचार गर्न र पैसा नभएकै कारणले मर्नु पर्ने छैन’ मोना नेदरल्याण्डका अध्यक्ष जंगबहादुर पुनले भने, ‘विदेशमा मजदुरहरुले थोपाथोपा संकलन गरेको पसिनाले दिनदुखी र विपन्न विरामीको उपचारमा सलाईन पानीको काम गर्न सकोस ।’

 ‘दिन जान्यो, बाँच्न जान्यो’ भन्ने मुल भवनासहित गठन भएको ओमकुमारी शान्ति कोष आर्थिक अभवाकै कारण अस्पताल पुग्न र ज्यान गुमाउन बाध्य विपन्न जिल्लाबासीको उपचारमा सहयोग जुटाउँदै आएको छ । साविक सिङ्गा–१ थामडाँडाकी हाडभित्र मासी उत्पादन नहुने (हाईपोलास्टीक एनीमिया) रोगबाट ग्रसित ओमकुमारी पुन (शान्ति)को उपचार गर्न संसारभरी संञ्चालन गरिएको ओमकुमारी बचाउ अभियानबाट बचेको १३ लाख रुपैयाँलाई उनै स्व.ओमकुमारी शान्ति कोष बनाईएको हो ।

‘हामीले शान्ति वैनीलाई बचाउन नसकेपनि उनको नाममा संकलित रकम आर्थिक अभावले उपचारन नपाएका विरामीको उपचारमा खर्च गर्ने निर्णय गर्‍यौं । र हालसम्म एक सय ५ जना विरामीको उपचारमा १ करोड ८३ लाख २४ हजारबढी सहयोग जुटाएका छौं । केही जटिल रोगबाट ग्रसित विरामीको उपचार सफल भएको छ’ ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले भने, ‘हामीलाई विश्वासगरी गरेको सहयोगको एक रौंपनि दुरुपयोग गर्ने छैनांै । अभियानमा हुने सवै खर्च हामीले ब्यक्तिगत गरेका छौं । सदयागदाताको एक पैसा अन्यत्र खर्च गर्ने छौनौं । विश्वासमा कुनै घात हुन दिन्नौं, दिन्नौं ।’