FLASH NEWS
  • Loading...

गलेश्वरमा विहानैदेखी सतबिज छर्नेको भिड

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २७२ पटक पढिएको
गलेश्वरमा विहानैदेखी सतबिज छर्नेको भिड

पुनहिल– वालाचर्तुदशीको अवसरमा हिन्दुहरुको पबित्र तिर्थस्थल गलेश्वरधाममा सतबिज छर्नेको विहानै देखि भीड लागेको छ ।

मुक्तिद्वारको रुपमा परिचित कालीगण्डकी नदी किनाराका चार प्रमुख तीर्थस्थल मध्यको एक गलेश्वरमा बिहान ४ बजे देखिनै कालीगण्डकी नदीमा नुहाएर सेलेस्मान्तक वन, गलेश्वर मन्दिर क्षेत्रमा सतबिज छर्नेको घुईचो लागेको हो । विहानहुँदै जाँदा गलेश्वरमा भक्तजनको भीड पनि बढ्दै गएको छ ।

सतविज छर्न जिल्लाबाहेक बाग्लुङ्ग, मुस्ताङ्ग, पर्वत, कास्की, पोखरा,बाट समेत विहानै देखी ठुलो संख्यामा भक्तजन आईरहेका छन् । टाढाका केही भक्तजनहरु भने अघिल्लो बुलुका नै गलेश्वरमा आएका छन् । गलेश्वर शिवालय क्षेत्र विकास कोषले १ लाख भन्दा बढी भक्तजनले गलेश्वरधामको दर्शन गर्ने र सतविज छर्ने अनुमान गरेको छ ।

वालाचतुर्दशीमा गलेश्वरमा ‘रोट’ चढाए आफ्नो मनोकांक्षा पुरा हुन्छ भन्ने जनविश्वास रहेको छ । स्कन्दपुराणमा सतीदेवीको मृत्यु पश्चात उनको मृत शरीर लिएर शिव कालीगण्डकी नदी किनारै किनार कैलाश पर्वंत तर्फ हिंडिरहेका बेलामा सतीदेवीको गलापतन भै त्यहाँ गलेश्वर महादेव उत्पन्न भएको उल्लेख छ ।

गलेश्वरधाममा धार्मिक महत्वको बोकेको एउटै विशाल शालिगग्रामको ढुङ्गामाथी रहेको छ । शालिगग्राम एउटा कालो रंगको ढुङ्गा हो । हिन्दुधर्मालम्बीहरुले यस्लाई भगवान विष्णुको प्रतिक मानी पुजा गर्छन् । शालिगग्राम कालिगण्डकी नदी बाहेक संसारको अन्यत्र नपाईने हिन्दुधर्मालम्बीहरुको दावी छ ।