FLASH NEWS
  • Loading...

मोना कतार अनलाईन वक्तृत्वकलामा प्रज्वल मल्ल भए प्रथम

  • पुनहिल डट कम
  • २ साल अघि
  • १८५ पटक पढिएको
मोना कतार अनलाईन वक्तृत्वकलामा प्रज्वल मल्ल भए प्रथम

म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले आयोजना गरेको अन्तर माध्यामिक विद्यालय स्तरीय अनलाईन वक्तृत्वकला प्रतियोगितामा न्यू वेष्टपोईन्ट आवसीय माविका प्रज्वल मल्ल प्रथम भएका छन ।
त्यसैगरी प्रतियोगितामा बेनी सामुदायीक माविकी सुमित्रा पौडेल दोस्रो र न्यू वेष्टपोइन्ट आवसीय मावि बेनीकी शिल्पीका जिसी तेस्रो भईन । जामुनाखर्क माविकी विनिता सुवेदीले सान्तोना पुरस्कार पाईन । प्रतियोगिताका विजयी छात्रा/छात्रले मोना आइसिसीको चौंथो महाधिवेशन उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधी सभा सदस्य भुपेन्द्रबहादुर थापाले पुरस्कृत गरे ।


तेस्रो चरणसम्म अनलाईनबाट प्रतिस्पर्धा गरेका वक्तृत्वकलाका सहभागीले अन्तिम प्रतिस्पर्धा भने असोज २३ गते सदरमुकाम बेनीमा भौतिक रुपमा गरेका थिए । भौतिक रुपमा वक्तित्वकला प्रतियोगिताको भिडियो रेकर्ड युट्युवमा अपलोड गरी भर्चुअल माध्यमबाट निर्णायकसम्म पठाईउको थियो । युट्युवमा दर्शक, श्रोताले पनि कमेन्टलाई आधार मानिएको थियो ।
प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्तोना हुने दुई जना सहभागीले क्रमश: नगर २० हजार, १५ हजार, १० हजार र पाँच हजार तथा प्रमाण प्राप्त गर्ने पनि मोनाले जनाएको छ ।