FLASH NEWS
  • Loading...

राष्ट्रिय दलित पत्रकार संघ म्याग्दीको अध्यक्षमा अमित चयन

  • पुनहिल डट कम
  • १ हप्ता अघि
  • ६० पटक पढिएको
राष्ट्रिय दलित पत्रकार संघ म्याग्दीको अध्यक्षमा अमित चयन

राष्ट्रिय दलित पत्रकार संघ म्याग्दी शाखाको अध्यक्षमा दलबहादुर विश्वकर्मा (अमित) चयन भएका छन ।

बुधबार बेनी स्थित पत्रकार महासंघ म्याग्दी शखा कार्यालयमा सम्पन्न संघको प्रथम जिल्ला भेलाबाट अध्यक्ष पदमा सर्वसम्मत विश्वकर्मा चयन भएका हुन।

कार्यसमितिको उपाध्यक्षमा गोकुल सुनार, सचिवमा बादल शाही, सह सचिवमा राजकुमार परियार, कोषाध्यक्ष सुप्रेना किसान, सदस्यहरुमा दुर्गा श्रीपाली र श्रेया किसान चयन भएका छन ।

त्यस्तै, भुपेन्द्र नेपाली र विमला परियार केन्द्रीय प्रतिनिधि चयन भएकाे नव गठित समितीका अध्यक्ष अमित विश्वकर्माले बताए छ ।