FLASH NEWS
  • Loading...

म्याग्दीका एक सय बढी वनमा डढेलो, धुँवाले अाकास ढुम्म

  • पुनहिल डट कम
  • १ हप्ता अघि
  • ५७ पटक पढिएको
म्याग्दीका एक सय बढी वनमा डढेलो, धुँवाले अाकास ढुम्म

|fire@myagdi forest

लामो खडेरीले सुस्क बनेको वनजंगलमा दैनकि डढेलो लाग्दा धुँवाले आकास पुरै ढाकएिको छ । डभिजिन वन कार्यालय म्याग्दीका अनुसार राष्ट्रय वन, सामुदायीक वन तथा संरक्षित क्षेत्रका वनमा गरी एक सयबढी वन जंगलमा डढेलो लागेको छ ।

जिल्लामा रहेका तीन सय ११ सामुदायिक वनसंगै निजी वन, धार्मिक वन र अन्नपूर्ण संरक्षण क्षेत्र (एकयाप) अन्तर्गत रहेका वनजंगलहरुमा हरेक दिन आगजनीका घटना बढेका छन् । गत फागुनदेखि नै जिल्लामा वन जंगलमा डढेलो लाग्न थालेको थियो । वनमा लागेको डढेलोले बायु प्रदुषण भएर निदहुँ तुँवालो लाग्ने र मानव स्वास्थ्यमा समेत प्रत्येक्ष असर गरेको छ ।

वन डढेलो नियन्त्रण तथा रोकथामका लागि सनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएपनि घाँस राम्रो हुने भन्दै वन जंगलमा आगो लगाउने प्रचलनका कारण हरेक बर्ष डढेलोको समस्या बढ्दै गएको छ । जिल्लाको बेनी नगरपालिका सहित मंगला, मालिका, धवलागिरि, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा रहेका विभिन्न वन क्षेत्रमा दिनहुँ आगजनी भैरहेको छ ।

आगलागीले वनजंगलहरु उजाड र नांगो देखिन थालेका छन् । आगजनीबाट वनस्पती, बन्यजन्तु र बन्यजन्तुको वासस्थानलाई नष्ट गर्ने र मानव स्वास्थ्य र वातावरणमा समेत असर पर्ने भएकाले डढेलो लगाउने कार्यलाई रोक्न र डढेलोलाई नियन्त्रणमा ल्याउन सक्रिय हुन डिभिजन वन कार्यालयले आह्वान गरेको छ ।

वन ऐन २०७६ को दफा ५० को उपदसफा ४ बमोजिम वनजंगलमा आगलागी गर्ने कार्यलाई फौजदारी अभियोग मानिने र यस्तो कार्य गर्नेलाई ३ बर्ष कैद, ६० हजार जरिवाना र दुबै सजाय समेत हुनसक्ने कानुनी व्यवस्था रहेको छ । तर अहिलेसम्म जिल्लामा वन डढेला लगाउने घटनामा संलग्नहरुको पहिचान र कानुनी कारबाही हुन सकेको छैन् ।