FLASH NEWS
  • Loading...

फोनपेले सुरु गर्‍यो डोमेस्टिक क्रेडिट कार्ड सञ्जाल

  • पुनहिल डट कम
  • १ हप्ता अघि
  • ५२ पटक पढिएको
फोनपेले सुरु गर्‍यो डोमेस्टिक क्रेडिट कार्ड सञ्जाल

फोनपे पेमेन्ट सर्भिस लिमिटेडले नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात गरेको छ ।

डोमेस्टिक क्रेडिट कार्ड सञ्जाल अन्र्तगत यस संस्थाले नेपालमा पहिलो पटक पुर्णरुपमा डिजिटल क्रेडिट कार्डको सुरुवात सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड संगको सहकार्यमा सुरुवात गरेको जनाएको छ ।

नेपालका बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई फोनपे कार्ड स्कीम अन्र्तगत रहि पुर्णरुपको डिजिटल क्रेडिट कार्ड आफ्नो मोबाइल बैंकिङ एप मार्फत उपलब्ध गराउन सक्नेछन्।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड यस्तो कार्ड जारी गर्ने नेपालको पहिलो बैंक भएको छ। सिटिजन्स बैंकका ग्राहकहरुले यसक्रेडिट कार्डको सुविधासिटिजन्स बैंकको मोबाइल बैंकिङ एपमार्फत लिन सकिने जनाएको छ।

नेपाल राष्ट्र बैंकले परिकल्पना गरेको नेपालको आफ्नै डोमेष्टिक कार्ड सिस्टम परियोजनाअन्र्तगत नेपाल राष्ट्र बैंकबाट यस संस्थालाई प्राप्त अनुमति बमोजिम फोनपे क्रेडिट कार्ड स्कीम सञ्चालनमा ल्याउन लागिएको हो।

यस फोनपे क्रेडिट कार्डले नेपालको कार्ड भुक्तानीउद्योगलाई पुनः परिभाषित गर्ने विश्वास फोनपेले लिएको छ । उक्त क्रेडिट कार्ड पुर्णरुपमा डिजिटल अनबोर्डिङ्ग र जारी हुने तथा हाल फोनपे क्युआरमा आबद्ध करिब १४ लाख व्यावसायीहरुको स्थानहरुमा निर्बाध रुपमा प्रयोग गर्न सकिने फोनपेले जनाएको छ ।