FLASH NEWS
  • Loading...

पाठ्यक्रम विकास केन्द्रको पाठ्यपुस्तकमा त्रुटी, तीन वर्षदेखी त्रुटीपूर्ण पाठ अध्ययन/अध्यापन गराइदै

  • पुनहिल डट कम
  • १ महिना अघि
  • १३२ पटक पढिएको
पाठ्यक्रम विकास केन्द्रको पाठ्यपुस्तकमा त्रुटी, तीन वर्षदेखी त्रुटीपूर्ण पाठ अध्ययन/अध्यापन गराइदै

शिक्षा विकास तथा प्रविधी मन्त्रालय पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरले प्रकाशन गरेको कक्षा चारको पाठ्यपुस्तकमा गम्भीर त्रुटी फेला परेको छ । सामुदायीक विद्यालयहरूले पछिल्लाे तीन वर्षदेखी त्रुटीपूर्ण पाठ अध्ययन/अध्यापन गराउँदै अाएका छन ।
कक्षा चारको ‘सामाजिक अध्ययन तथा मानव मुल्य शिक्षा’ पाठ्यपुस्तकको पाठ चार ‘हाम्रा पूर्वज’ पाठ शिर्षकको पेज नं ९३ मा म्याग्दी जिल्लामा रहेका नदी, हिमाल तथा पर्यटकीय स्थल समेतका भुगोललाई कास्की जिल्लामा पर्ने लेखिएको छ । पाठ्यपुस्तकका लेखकले म्याग्दी र कास्कीको भुगोल वारे शुन्य अध्ययन, अनुसन्धान गरी अनुमानको भरमा स्थानहरु उल्लेख गरेको पार्ईएको छ ।


पाठ्यपुस्तकको पेज ९३ मा ‘सीताको घर अन्नपूर्ण गाउँपालिका कास्कीमा पर्दछ । यसको पूर्वमा माछापुच्छ्रे गाउँपालिका, पश्चिममा म्याग्दी जिल्ला, उत्तरमा मनाङ जिल्ला पर्दछ । दक्षिणमा पोखरा महानगरपालिका पर्दछ । यसको नाम अन्नपूर्ण हिमालबाट राखिएको हो । यस गाउँपालिकामा प्रशस्त लागीगुराँश पाईन्छ । माछापुच्छ्रे, धौलागिरी, अन्नपूर्ण र निलगिरी जस्ता हिमालहरु र सूर्योदयको अवलोकन गर्न पर्यटकहरु आउने हुँदा यस क्षेत्रले पर्यटकीय महत्व राखेको छ । कालीगण्डकी नदी,रुप्से झरना तथा पुनहिल जस्ता पर्यटकीय धरोहरहरु रहेका छन् ।’ भनेर उल्लेख छ ।
यस अनुच्छेदमा उल्लेख भएका कालीगण्डकी नदी, रुप्सेझरना, पुनहिल, निलगिरी जस्ता, हिमाल, नदी र पर्यटकीय क्षेत्र म्याग्दी जिल्लामा पर्छन । अन्नपूर्ण हिमाल (प्रथम) पनि म्याग्दी जिल्लामा पर्ने दावी छ । कालीगण्डकी नदीले कास्की जिल्लालाई कतै पनि छुँदैन । संसारको सर्वाधिक गहिलो ‘अन्धगल्छी’ मा बाग्लुङ–बेनी–जोमसाोम सडक किनारामा अवस्थित छ ।


पाठ्यक्रम तयारकर्ताले म्याग्दी र कास्की जिल्लामा छुट्टाछुट्टै अन्नपूर्ण गाउँपालिका रहेका छन । र ति गाउँपालिकाहरु सीमावर्ती हुन भन्ने कुराको हेक्का नराखी गुगलमा ‘अन्नपूर्ण गाउँपालिका’ खोजेर पाठ्यक्रम तयार पार्दा यस्तो त्रुटी भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले जनाएको छ ।
‘सामुदायक विद्यालय तर्फ पढाई हुने कक्षा ४ को सामाजिक अध्ययन तथा मानव मुल्य शिक्षा पाठ्यपुस्तकको पाठ चार ‘हाम्रा पूर्वज’ पाठ शिर्षकको पेज ९३ को अनुच्छेदमा ‘कालीगण्डकी, रुप्सेछरना, पुनहिल, निलगिरी र अन्नपूर्ण हिमाल’ कास्की जिल्लामा पर्छ भनी उल्लेखित त्रुटी सच्याउन शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दी मार्फत शिक्षा विकास तथा प्रविधी मन्त्रालय पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरलाई पत्राचार गरेका हौं’ म्याग्दीको अन्नपूर्ण गाउँपालिका प्रमुख भारतकुमार पुनले भने, ‘यस वर्षको पाठ्यपुस्तकमा पनि उही त्रुटी दोहोरिएको छ’ यस्तो त्रुटी वारम्वार दोहोरिँदा स्थानीयवासी र कलिला विद्यार्थीको मनोविज्ञानमा राज्य र पाठ्यक्रम विकास केन्द्रको पाठ्यक्रमको विश्वासनीयतामा शंका उब्जन्छ । तुरुन्त सच्चिनु पर्छ ।’