FLASH NEWS
  • Loading...

गठवन्धन सरकार नै पोखरा अर्न्तराष्ट्रिय विमान स्थल असफल बनाउन सकृय – महाँसचिव पोख्रेल

  • पुनहिल डट कम
  • ३ महिना अघि
  • १२४ पटक पढिएको
गठवन्धन सरकार नै पोखरा अर्न्तराष्ट्रिय विमान स्थल असफल बनाउन सकृय – महाँसचिव पोख्रेल

नेपाल कम्युनिष्ट पार्टी एमाले महाँसचिव शंकर पोख्रेलले गठवन्धन सरकार नै गण्डकी प्रदेश राजधानी तथा पर्यटकीय हव रहेको पोखरामा निर्मित पोखरा अर्न्तराष्ट्रिय विमान स्थल चल्न नदिन र असफल देखाउन सकृय रहेको आरोप लगाएका छन ।
नेकपा एमाले नेतृत्वको सरकारले सुरु गरेका लोकप्रिय कार्यक्रमहरु श्वास्थ्य विमा कार्यक्रम, पूर्वपश्चिम जोड्ने, मध्यपहाडी, हुलाकी सडक तथा उत्तर–दक्षिण जोड्ने सडकहहरु प्रभावहीन र असफल देखाउन सरकार नै लागी पर्नुको साथै दक्षिणी छिमेकीलाई खुशी पार्न चिनियाँ लगानी रहेको पोखरा अर्न्तराष्ट्रिय विमाान स्थल नचलाउने र असफल भएको देखाउन ‘कर्न्फरटेवल सरकार’ लागेको पोख्रेलको दावी छ ।


‘विदेशीकोलागी स्वघोषित कर्न्फटेवन सरकारले एमाले सरकारका पालामा सुरु गरेका थुप्रो कार्यक्रमसँगै श्वास्थ्य विमा कार्यक्रम असफल बनाउने प्रपन्च भैरहेको छ । गण्डकी प्रदेशको गौरव पोखरा अर्न्तराष्ट्रिय विमान स्थल असफल भएको देखाउन सरकार नै सकृय छ’ नेकपा एमाले म्याग्दीको १० औं जिल्ला अधिवेशन उद्घाटन गर्न बेनी आएका एमाले महाँसचिव पोख्रेलले बताए ।
यो देशमा पुँजीवादी धारको नेतृत्व गर्ने नेपाली काँग्रेस र समाजवादी अर्थब्यवस्थाको पक्षपोषण गर्ने नेकपा एमाले विच नै मुख्य प्रतिस्पर्धा रहेको दावी गरेका नेपा पोख्रेलले नेकपा माओवादी केन्द्र तर्फ लक्षित गर्दै भने, ‘अरु कर्न्फटेवल पार्टी त जोकेर हुन, ग्याम्लरहरुले बाजी मार्न प्रयोग गर्ने ।’
देश संञ्चालन गर्ने प्रष्ट योजना, राजनैतिक, आर्थिक, समाजिक मार्गचित्र भएको र भिजनसहितको नेतृत्व भएको पार्टी एमाले मात्र भएको दावी गर्दै नेता पोख्रेलले नेपाल जस्तो भू–राजनितीक संवेदनशिल देश संञ्चालन गर्न सामाजिक संञ्जालका सेलिव्रेटीहरुबाट संभव छैन । समाजिक संञ्जालमा सेलिब्रेटी बन्नु र देश चलाउनु फरक कुरा भएको बताए ।
त्यसैविच अधिवेशन उद्घाटन सत्रलाई एमाले उपमहाँसचिव पृथ्वीसुब्बा गुरुङ, सचिवद्वय गोकर्ण विष्ट, पद्मा अर्याल नेताद्धय खगराज अधिकारी, थममायाँ थापा र गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा समेतका नेताहरुले सम्बोधन गरेका थिए ।
अधिवेशनको बन्द सत्र शनिवार जिल्ला समन्वय समितिको सभाहलमा सुरु हुने एमाले म्याग्दीका सचिव सुरत केसीले बताए ।