FLASH NEWS
  • Loading...

एमाले म्याग्दीको माघ १२ र १३ गते जिल्ला अधिवेशन हुने, लाेगाे सार्वजनिक

  • पुनहिल डट कम
  • ३ महिना अघि
  • ४१४ पटक पढिएको
एमाले म्याग्दीको माघ १२ र १३ गते जिल्ला अधिवेशन हुने, लाेगाे सार्वजनिक

नेकपा एमाले म्याग्दीले आफ्नो १० औं जिल्ला अधिवेशन आगामी माघ १२ र १३ गते सदरमुकाम बेनीमा आयोजना गर्ने भएको छ ।
एमाले म्याग्दीले शुक्रवार पार्टी कार्यालय हाँडेभीरमा पत्रकार सम्मेलन गरी अधिवेशनबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा एमाले म्याग्दीले ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौं, जवजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं’ भन्ने मुल नारासहित अधिवेशनको लोगो समेत सार्वजनिक गरिएको थियो ।


केन्द्रीय सदस्य भुपेन्द्रबहादुर थापा, प्रदेश सदस्य हरीकृष्ण श्रेष्ठ र जिल्ला उपाध्यक्ष बालकृष्ण सुवेदी तथा उपसचिव थमसरा पुनको उपस्थितीमा जिल्ला अध्यक्ष देवेन्द्रबहादुर केसीले पत्रकार सम्मेलन गरेका हुन । अध्यक्ष केसीका अनुसार जिल्लाका ३ हजार ४ सयबढी संगठित पार्टी सदस्यहरुबाट ४ सय १९ जना प्रतिनिधी छनौट जिल्ला अधिवेशनमा सहभागी हुने छन ।
थप ११ जनालाइ आवश्यकताको आधारमा जिल्ला कमिटीले मनोनयन गर्ने ब्यवस्था भएको अध्यक्ष केसीले बताए । अधिवेशनमा सवैभन्दाबढी बेनी नगरपालिकाबाट ७३ जना प्रतिनिधी छनौट हुने छन । प्रतिनिधी छनौट गर्दै वडा कमिटी, पालिका कमिटीहरुले प्रत्यक १० जना सदस्यमध्य एक जना ४० बर्षमुनीको युवा छान्नु पर्ने छ ।