FLASH NEWS
  • Loading...

म्याग्दीमा समाजवादी मोर्चा गठन, माकेका जुग्जाली संयाेजक

  • पुनहिल डट कम
  • ६ महिना अघि
  • १३३ पटक पढिएको
म्याग्दीमा समाजवादी मोर्चा गठन, माकेका जुग्जाली संयाेजक

म्याग्दीमा समाजवादी मोर्चाको जिल्ला संयोजन समिति गठन गरिएको छ ।

नेकपा माअाेवादी केन्द्र, नेकपा, जनता समाजबादी र एकिकृत समाजवादीगरी चार दल आवद्ध मोर्चाको शनिबार बसेको जिल्लास्तरीय बैठकले माओवादी केन्द्रका रेशम जुग्जालीको संयोजकत्वमा ८ सदस्यीय संयोजन समिति गठन गर्ने निर्णय गरेको हो । बैठकले हरेक तीन/तीन महिनामा चक्रिय प्रणालीमा पाटीहरुले मोर्चाको नेतृत्व गर्ने र संयोजन समितिमा हरेक पाटीबाट दुई/दुई जना सहभागि हुने निर्णय समेत गरेका छन् ।

माेर्चामा माओवादीबाट जिल्ला संयोजक जुग्जाली र विनोद केसी, नेकपाबाट मिनबहादुर सि र गोमा सि, नेकपा (एकीकृत समाजबादी)बाट बमबहादुर पाईजा र हरिकृष्ण पौडेल र जनता समाजबादी पाटीबाट जिवन खाती र इन्द्रबहादुर छन्त्याल  रहेका छन । माेर्चाले आगामी कात्तिक १८ गते बेनीमा चियापान तथा शुभकामना आदानप्रदान आयोजना गर्ने संयाेजक जुग्जालीले बताए ।