FLASH NEWS
  • Loading...

म्याग्दीका पर्यटकीय स्थलहरूको फोटो प्रदर्शनी

  • पुनहिल डट कम
  • ७ महिना अघि
  • १८६ पटक पढिएको
म्याग्दीका पर्यटकीय स्थलहरूको फोटो प्रदर्शनी

म्याग्दी प्रवासी नेपाली संघ (मोना)अस्ट्रेलियाको आयोजनामा शुक्रवार वेनीमा ‘नदेखिएको म्याग्दी’ फोटो प्रदर्शनी गरिएकाे छ । प्रर्दशनीमा म्याग्दी जिल्लाका विभिन्न धार्मिक, सांस्कृतिक सम्पदाहरु, पर्यटकीय स्थल तथा कला संस्कृति र मौलिकता झल्किने ४८ वटा फोटोहरु राखिएकाे छ ।

जिल्ला समन्वय समितिको सभाहलमा गरिएकाे फाेटाे प्रर्दशनीकाे जिल्ला समन्वय प्रमुख राजकुमार थापाले उद्घाटन गरे । साे अवसरमा मोना अस्ट्रेलियाको सञ्चालन गरेकाे अनलाइन फाेटाे प्रर्दशनी प्रतियाेगितामा प्रथम भएका अन्नपूर्ण गाउँपालिका ५ शिखका सुरेन गुरुङलाई प्रमुख अतिथी राजकुमार थापाले नगद रु २० हजार र ट्रफिले पुरस्कृत गरे । गुरूङले अन्नपूर्ण प्रथम हिमाल अाराेहणा एवं अन्नपूर्ण नर्थ वेस क्याम्प पुग्ने पद मार्गमा पनेर् फुतफुते झरनाकाे तस्वीर प्रतियाेगितामा सहभागी गराएका थिए ।

उक्त अनलाइन फाेटाे प्रतियाेगितामा सहभागी द्वितिय हुन सफल बेनी नगरपालिका ५ निवासी अनुप बानियाँले नगद रु १० हजार र ट्रफि प्राप्त गरेका छन । तृतिय रघुगंगा ३ पिप्लेका भविन्द्र शाही र शान्त्वना बेनी नगरपालिका ७ की रेन्जिसा श्रेष्ठले क्रमसः ५ हजार र ३ हजार पुरस्कार प्राप्त गरे ।