FLASH NEWS
  • Loading...

र्यालीमा सिमित संविधान दिवस

  • पुनहिल डट कम
  • ७ महिना अघि
  • ११२ पटक पढिएको
र्यालीमा सिमित संविधान दिवस

संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। देशभर जस्तै म्याग्दीमा पनि बुधवार विहान सदरमुकाम बेनीमा र्यालीगरी  संविधान दिवस मनाइएकाे छ। संविधान दिवसकाे अवसरमा मंगलवार गलेश्वर मन्दीर परिसर सरसफाइ गरिएकाे थियाे । बुधवार बेनीकाे विरेन्द्रचाेकबाट ब्यानरसहित कर्मचारी, सेना, प्रहरी र राजनैतिक दलका सिमित कार्यकर्ता र सिमित सामाजिक संस्थाका प्रतिनिधी सम्मिलित र्यालीले बजार परिक्रमागरी विरेन्द्रचाेकमा पुगेर काेण सभागरी संविधान दिवसकाे प्रमुख जिल्ला अधिकारीले समापन गरे ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए। संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ।

संघीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायतका नयाँ व्यवस्था राखिएको यो संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलका पाँच सय ३७ जना सभासदले हस्ताक्षर गरेका थिए। ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन्।

त्यसैविच, नेपालकाे संविधान २०७२ ले अंगिकार गरेकाे संघियताकाे माेडेल असफल रहेकाेले संविधान संशाेधन गरी प्रदेश संरचना खारेज गर्नु पर्ने र संघिय तथा स्थानीय सरकारकाे संरचना तथा निर्वाचन प्रणालीसमेतमा संशाेधनकाे माग ब्यापक उठ्न थालेकाे छ । संघियतामा प्रदेश संरचना अनावश्यक मात्र हाेइन बदनाम पनी बन्दै गैरहेकाे भएपिन नेताहरूले जनताका गुनासा स्वीकार गर्न तयार भएका छैनन ।