FLASH NEWS
  • Loading...

तिप्ल्याङ्ग–कालीगण्डकीले गर्‍यो पिपिए, हाईड्रो प्रोजेक्टको लर्को

  • पुनहिल डट कम
  • ७ महिना अघि
  • २७९३ पटक पढिएको
तिप्ल्याङ्ग–कालीगण्डकीले गर्‍यो पिपिए, हाईड्रो प्रोजेक्टको लर्को

जिल्लाको उत्तरी भेगमा भएर बग्ने कालीगण्डकी नदीमा आइएमई समुहद्धारा प्रवद्धित तिप्ल्याङ–कालीगण्डकी हाईड्रोपावर प्रालिले ५८ मेगावाटको जलविधुत आयोजना निर्माण गर्ने भएको छ ।
नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र तिप्ल्याङकालीगण्डकी हाईड्रोपावर प्रालिका अध्यक्ष चन्द्र ढकाल विच विधुत खरिदविक्री सम्झौता (पिपिए) गरेका छन । सम्झौता अनुसार प्राधिकरणले आयोजनाबाट उत्पादित विधुत सुख्खायाममा प्रति युनिट ८.४० र वर्षायाममा ४.८० रुपैयाँमा खरिद गर्ने तथा विधुतको ब्यवसायीक उत्पादन सुरु भएको मितिले बार्षिक ३ प्रतिशतका दररले ८ पटकसम्म मुल्य समायोजन गर्न (मुल्य बढाउन) प्राधिकरणले लिखित सहमती गरेको आयोजनाले जनाएको छ ।
कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडकको दायाँ–बायाँ भै बग्ने कालीगण्डकी नदीमा निर्माण हुने तिप्ल्याङ्ग कालीगण्डकी जलविधुत आयोजनाले अन्नपूर्ण गाउँपालिका वडा नं २ र ६ ठूलोबगर र रातोपानीमा बाँध बनाई रघुगंगा गाउँपालिका, १ तिप्ल्याङ्ग नजिक विधुत गृह बन्ने भएको छ ।
५८ मेगावाट क्षमताको तिप्ल्याङकालीगण्डकी आयोजना अध्यक्ष चन्द्र ढकाल नेतृत्वमा रहेको समुहले निर्माण गर्न लागेको अर्को एक सय ५० मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविधुत आयोजनाको क्यास्केट प्रोजेक्ट हो । ठूलो बगरमा बन्ने मध्यकालीगण्डकीको विधुत गृह र रातोपानीमा रहेको १४ मेवा घारखोला जलविधुतको पानी जोडेर तिप्ल्याङकालीगण्डकी बन्न लागेको हो ।
नदी प्रवाहमा आधारित (आरओआर) मोडेलको आयोजनाको जडित क्षमता ५८ मेगावाट रहने छ । आयोजनाको बहाव ५४ घनमिटर प्रतिसेकेण्ड र कुल हेड १ सय १३ मिटर रहने छ । आयोजनाबाट बार्षिक ३ सय ३५.३७ गिगावाट प्रतिघन्टा विधुत उर्जा उत्पादन गर्ने जनाईएको छ । आयोजनाको वातावरणीय प्रभाव मुल्याङकन प्रतिवेदन अनुसार कालीगण्डकी नदीमा मासिक बहावको १० प्रतिशत पानी अविछिन्न छोड्ने उल्लेख छ ।
बेनी–जोमसोम सडक किनारामा अवस्थित म्याग्दी जिल्लाको रघुगंगा र अन्नपूर्ण गाउँपालिका खण्डमा बग्ने कालीगण्डकी नदीमा कम्तीमा मझौला तथा ठूला आयोजना निर्माण हुन लागेका छन । चन्द्र ढकालको नेतृत्वमै हाईड्रो सपोर्ट प्रालिले बनाउन लागेको मध्यकालीगण्डकी जलविधुत आयोजना पनि प्राधिकरणले विधुत खरिद सम्झौता (पिपिए) गर्ने सुचिमा राखेको छ ।
मध्य कालीगण्डकी जलविधुत आयोजना अन्नपूर्ण गाउँपालिका, ३ सुकेवगरमा बाँधबनाई १ हजार ४ सय मिटर लामो सुरुङ्गमार्गबाट कालीगण्डकी नदीको पानी ल्याईन अन्नपूर्ण गापा, २ ठूलोबगरमा विधुत गृह बनाउने योजना छ ।
त्यसैविच ब्यवसायी चन्द्र ढकाल समेत टिमले अन्नपूर्ण गापामै कालीगण्डकीको सहायक मिस्त्रीखोलाबाट ४२ मेगावाट विधुत उत्पादन गरेको छ । भने ३८ र ६५ मेगावाटका दुई वटा निलगिरी खोला पहिलो र निलगिरीखोला क्यास्केट आयोजनाको निर्माण अन्तीम चरणमा छन ।
त्यसैगरी कालीगण्डकी नदीमै अर्को जलविधुत आयोजना निर्माण हुने भएको छ । अन्नपुर्ण गाउँपालिका वडा नं ३ दाना र ४ नारच्याङमा छुट्टै १ सय ६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविधुत आयोजना निर्माण हुने प्रस्ताव छ ।
तत्कालिन प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितीमा कालीगण्डकी गर्जमा चिनिया लगानी भित्राउने सम्झौता भएको हो । कालीगण्डकी गर्जका तर्फबाट हाईड्रो सोलुसनका ज्ञानेन्द्रलाल प्रधान र युनान सिन्ह्वा वाटर कन्जरभेन्सी एण्ड हाईड्रो इन्भेस्टमेन्ट कम्पनी विच संयुक्त लगानी गर्ने गरी सम्झौतामा भएको थियो । सरकारले निजी लगानीमा निर्माण हुने १ हजार ५ सय मे.वाट विधुत खरिद सम्झौता गर्दा कालीगण्डकी गर्ज पनि समावेश हुने भनिएको थियो ।
त्यस्तै, बेनी–जोमसोम सडकको दाया–बाँया किनाराबाट बग्ने कालीगण्डकी नदी मै ६५ मेगावाट क्षमताको अपर कालीगण्डकी जलविधुत आयोजना प्रस्तावित छ । ट्रेडलिङ्ढ ग्लोवल प्रा.लि.ले निर्माण प्रस्ताव गरेको अपर जलविधुत आयोजना रघुगंगा गाउँपालिका, १ बेगखोलामा बाँधबनाई सोही गापा, ३ घुमाउने तालमा विधुत गृह बनाउने लक्ष्य छ ।