FLASH NEWS
  • Loading...

नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको तयारी अन्तिम चरणमा, पाहुनालाइ स्थानीय खाद्यान्नकाे परिकार मात्र खुवाइने

  • पुनहिल डट कम
  • ७ महिना अघि
  • १६२ पटक पढिएको
नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको तयारी अन्तिम चरणमा, पाहुनालाइ स्थानीय खाद्यान्नकाे परिकार मात्र खुवाइने

म्याग्दीको सदरमुकाम बेनीमा आगामी असोज ३, ४ र ५ गते हुने नेपाल जेसीजको क्षेत्र ख सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको ब्यवस्थापक शाखा म्याग्दी जेसीजले जनाएकाे छ । शाखाले शनिवार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हाे ।

क्षेत्र ख सम्मेलनको तयारी सम्बन्धमा अायाेजित पत्रकार सम्मेलनमा नेपाल जेसीजकाे कार्यकारीणी उपाध्यक्षा तथा क्षेत्र ख सम्मेलनकी संयाेजक रजनी थापा, सम्मेलन निर्देशक तथा म्याग्दी जेसीजका पूर्व अध्यक्ष सुविन श्रेष्ठ, म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेश श्रेष्ठ तथा म्याग्दी अध्यक्ष सुमन बानियाँले सम्मेलनमा सहभागी संख्या, प्रतिनिधिहरुको आवास व्यवस्थापन, स्वागत तथा सत्कार, प्रचार प्रसार बारे जानकारी गराएका थिए ।

म्याग्दी जेसिज स्थापाना भएको २५ बर्ष पुरा गरेको अवसरमा क्षेत्र ख सम्मेलन गर्ने अवसर प्राप्त भएको र यसलाई जिल्लाको पर्यटन विकास, प्रवद्र्धन, उत्पादित बस्तु तथा उपजको बजारीकरणका साथै कला, संस्कृतिको संरक्षणसंग जोडिएको शाखा निर्देशक श्रेष्ठले बताए । साे अवसरमा म्याग्दी जेसीजले जिल्लाकाे विभिन्न क्षेत्रमा याेगदान पुर्याउने २५ जनाकाे याेगदानमा अाधारित ब्यक्तिचित्र तथा जिल्लाका पर्यटकीय क्षेत्रहरकाे ब्राेसर प्रकाशित गरिने भएकाे अध्यक्ष सुमन बानियाँले बताए ।

सम्मेलनमा सहभागी हुन आउने प्रतिनिधिलाई म्याग्दी उत्पादन हुने स्थानीय खाद्यान्नकाे परिकार र सेवन गर्न चाहनेलाइ स्थानीय घरपाला मदिरा उपलब्ध गराइनुकाे साथै पर्यटकीय र धार्मिक स्थलहरु लभ्लीहिल, गलेश्वरधाम, सिंगातातोपानी लगायत पर्यटकीय क्षेत्र घुमाइने छ । त्यसैगरी सम्मेलनका सहभागी प्रतिनिधीलाइ स्थानीय अल्लाे धागाेबाट बुनेकाे किटब्याक उपलब्ध गराइने र कालीगण्डकीकाे शालग्रामशिला मायाँकाे चिनाे दिइने भएकाे छ । तर कालीगण्डकी नदीबाट शालग्राम झिक्नु र लैजानु कानुनी रूपमा कति अनुकुल हाे भन्ने भने खुलाइएन ।

सम्मेलनमा अाउने सहभागीकाे स्वागतमा बेनी सजावट गरिनुकाेसाथी चाेक–चाेकमा विभिन्न जातजातीय संस्कृति झल्कने साँस्कृतिक साैगात देखाइने भएकाे छ । नेपाल जेसीजका क्षेत्र ख मा पर्ने ४१ शाखाबाट प्रतिनिधी, अन्य शाखाबाट पर्यवेक्षक र अायाेजक तथा अतिथीसमेत ५ सय ५० देखी ६ सय जनासम्म सहभागी हुने बताइएकाे छ ।