FLASH NEWS
  • Loading...

म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • पुनहिल डट कम
  • ८ महिना अघि
  • १८४ पटक पढिएको
म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

जनैपूर्णिमाको दिन खयरवराही समेत जिल्लाको उत्तरी भेगका वराहीमाता शक्तिपीठहरुमा भीड लागेको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ५ मा पर्ने ४ हजार ६ सय ३० मिटर उचाईमा अवस्थित खयरबराह तालको छेउमा खयरवाराही मन्दीर समेत प्यारीवराही, नागीवराही, मणीबराही, कान्छीवाराही समेत वराही शक्तिपीठमा सयौं भक्तजनहरु टाढाटाढाबाट खयरवाराह ताल र मन्दीर पुगेका छन ।
म्याग्दीको उत्तरी भेगका मगर/पुन समुदायमा प्रचलित किम्बदन्ती अनुसार बराहीका नौ बहिनीको विशेष पुजा हुन्छ । यस क्षेत्रमा बराह (बाजे)को कतै किम्बदन्ती फेला पर्दैन । किम्बदन्ती अनुसार वराहीका नौ बहिनीमध्य खयरबराही जेठी, पोखराको फेलाताल विचमा रहेकी तालबराही माईली, घोरेपानी, खिवाङ र घराम्दीको विचमा पर्ने प्यारीवराही साईली, दोवाको मणीबराही काईली, नागी बराही थाईली, ……. चिनिन्छ । म्याग्दीका अन्य स्थानमा पनि बराह तथा बाराही पुजा हुन्छ । रिखार वराह, गुर्जा वराह, निस्कोट वराह, काली बराह, श्रीखर्क वराह, दहखर्क बराह आदी हुन ।


हिन्दु शास्त्रिय मान्यता अनुसार बराहलाई भगवान विष्णुको दश अवतार मध्य एक तेस्रो अवतार मानिन्छ । बराह दाहृा निक्लेका बँदेल स्वरुपमा विष्णु अवतार भएको मानिन्छ । त्यसैगरी वराहीलाई देवी लक्ष्मीका स्त्री बँदेलको स्वरुप मानिन्छ । सोही अनुसार पुज्य रहेका छन । घोडामाथी चढेकी, दायाँका दुई हातमा खड्ग र अंकुश तथा बायाँका दुई हातमा ढाल र पाशा समातेकी बँदेल मुख भएकी, काली वर्णकी र दाहृाले पृथ्वी बोकेकी त्रि–नेत्र भएकी स्वरुपलाई बराहीदेवीको रुपमा मान्ने गरिएको छ ।
वाराही शक्तिपीठको दर्शन र पुजा गरे ‘मनोकामना पुरा हुने जनविश्वास छ । धेरै दुख, कस्ट सहेर हिमाली लेक उक्लेका भक्तजनले खयरवराही मन्दीरमा छोराछोरी, पढाई, विवाह, धनसम्पत्ति, वैदेशिक रोजगारी, वेलायती सेनामा भर्तीको वर माग्छन । वर माग्न तिर्थलुले खयरवराह तालमा उभिएका पुजारीलाई आफुले माग्न खोजेको ‘वर’ सुनाउँछन । अनि पुजारीले ताल तिर फर्केर भक्तजनको नाम पुकार्दै …मागेको वर देउरे खयरवाराहीमाता भन्दै चिच्याउँछन । र प्रसादस्वरुप डुबुल्कि मारेर तालको पींधबाट मुठीमा जे आउँछ, झिकेर भक्तजनले हातमा थापेको सेतो रुमालमा राखिदिन्छन । देवीको प्रसाद ग्रहणगरेपछि भक्तजन तल धोतीखोला पार नहुन्जेलद कोही, कसैसँग नबोली, पछि नफर्की जानु पर्छ ।


भाकल पुरा भएपछि भक्तजन जनैपूर्णिमाको दिन फेरी खयरता र वाराहीदेवीसँग पुगेर ‘वर’ माग्ने वेला के दिन्छु, भाकल पुरा गदिदेउ भनी मनमा संकल्प गरिएको थियो, सोही सामाग्री लिएर चढाउन आउने पर्छ । अधिकांश भक्तजनले भाकल पुरा भएपछि खयरवाराही देवीलाई भेडाको साँढ (थुमा)ले वली चढाउँछन । शाकाहारीहरुले जटाधारी नरिवाल, धजाअक्षता, गहना आदी चढाउँछन । सन्तान वर मागेकाले सन्तान नै देखाउन ल्याउने पनि चलन छ । खयरवराही मन्दीर पुजा ब्यवस्थापन समितिका अनुसार जनैपूर्णिमाका दिन ‘देवीसंग वर माग्दा गरिएको भाकल (संकल्प) अनुसार चार–पाँचसयसम्म भेडाको साँढे वली चढाउँछन ।

त्यस्तै, म्याग्दीका अन्य स्थानमा पनि बराह तथा बाराही पुजा हुन्छ । निस्कोट, विमको वराहीतालमा वैशाख र मंसिरको पूर्णिमामा भेडाको साँढे वली दिएर पुजा गर्ने चलन छ । अल्पसंख्यक छन्त्यालहरुका मुख्य वस्ती कुईनेमंगलेको रिखार वराहमा जनैपूर्णिमामा भेढाको वली दिएर पुजा गरिन्छ । त्यस्तै गुर्जाको कालीवराहमा भने असोजमा वराही पुजा गरिन्छ । बाग्लुङको ढोरवराहमा जनैपूर्णीमामा वराह पुजा गरिन्छ भने बाग्लुङ्कै भकुण्डे वराहीको भने कात्तिक पूर्णिमामा पुजा गर्ने चलन छ ।