FLASH NEWS
  • Loading...

काठमाडौँबाट बेनी आउँदै गरेको बस दुर्घटनामा ८ जनाको मृत्यु

  • पुनहिल डट कम
  • ८ महिना अघि
  • २१४ पटक पढिएको
काठमाडौँबाट बेनी आउँदै गरेको बस दुर्घटनामा ८ जनाको मृत्यु

काठमाडौंबाट म्याग्दी सदरमुकाम बेनी आउदै गरेको बस धादिङको गजुरीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

धादिङका जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी गौतम मिश्रका अनुसार दुर्घटनामा ८ जनाको मृत्यु भएको पुष्टी गर्नुभयो । मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन् ।
घाइते ८ जनाको उद्दार भइसकेको छ ।

काठमाडौंबाट म्याग्दीको बेनी आउँदै गरेको धौलागिरी गण्डकी यातायात सेवा प्रा.लि बाट सञ्चालित म्याग्दी कोरलाको ९९५२ नम्बरको बस बुधबार बिहान त्रिशुलीमा खसेको हो । बसमा २२ जना यात्रु सहित १ चालक र १ सहचालक सवार थिए ।

टिकट काउण्टरकाे चलानी विवरण अनुसार बसमा म्याग्दीका ६ जना, कुस्मा, ढिमुवाका ४ जना, पाेखराका ३ जना, बाग्लुङका १ जना छन । अरू खुलेकाे छैन ।