FLASH NEWS
  • Loading...

वैसरी पहिरोमा घाईते भएका जीप चालक चुक्चनको मृत्यु

  • पुनहिल डट कम
  • ८ महिना अघि
  • ५५०० पटक पढिएको
वैसरी पहिरोमा घाईते भएका जीप चालक चुक्चनको मृत्यु

बेनी–जोमसोम सडक अर्न्तगत रघुगंगा गाउँपालिका, २ बैसरी स्थित पहिरोमा माथीबाट खसेको ढुङ्गालागी घाईते जीप चालक चुक्चन शेर्पुन्जाको अाइतवार विहान मृत्यु भएको छ ।
बेनी–जोमसोम सडकमा गुडीरहेको गाडीमा माथीबाट खसेको ढुङ्गालागी गम्भीर घाईते शेर्पुन्जाको पोखरा स्थित मणीपाल शिक्षण अस्पताल पोखरामा उपचारक्रममा मृत्यु भएको अन्नपूर्ण गापा, ७ कावडाध्यक्ष मइलन पुर्जाले पुष्टी गरे ।

वडाध्यक्ष पुर्जाका अनुसार मृतक शेर्पुन्जाको शव जन्मस्थल महभीर नै लगी धार्मिक विधी पूर्वक दाहसंस्कार गरिने भएको छ । आफन्तका अनुसार टाउकोमा चोट लागेपछि वेहोस भएका शेर्पुन्जाको टाउको भित्र रगत जमेको भेटिएपछि शल्यक्रिया गरिएको थियो । उनीको होसमा नफर्कि मृत्यु भएको हो ।

गत साउन २४ गते सदरमुकाम बेनी जाँदै गरेको ग १ ज ६८२० नम्बरको बोलेरो जीप बैंसरीको पहिरो छिचोल्नेक्रममा माथीबाट ढुङ्गाखस्दा चालक अन्नपूर्ण गापा, ७ का चोक्चन शेर्पुन्जाको टाउकोमा चोट लागेको थियो । जीपमा सवार यात्रु भने सुरक्षित थिए । चालकलाई चोट लागेपछि यात्रु निक्लेर भागेका थिए । केही वेरमै पहिरो झरेर जीप पूर्ण रुपमा पुगेको थियो ।